बान्तेई मन्छेई
बान्तेई मन्छेई क्याम्बोडियाको उत्तरपश्चिमी भागमा रहेको एक महत्वपूर्ण प्रान्त हो। यसको राजधानी सेरेई साउफोन हो। यसैगरी पोइपेत सहरमा थाइल्यान्ड सङ्गको अन्तर्राष्ट्रिय सिमाना नाका भएको कारणले , यो सहर पनि अत्यन्तै महत्त्वपूर्ण नगरका रूपमा विकसित हुँदै आएको छ। [१]

नामको उत्पत्ति
[सम्पादन गर्नुहोस्]बान्तेई मन्छेई नामको अर्थ नेपालीमा “विजयको किल्ला” हुन्छ। छेय शब्द संस्कृतको "जय" बाट आएको हो, जसको अर्थ “विजय” हुन्छ, र मन शब्दले “हुनु” भन्ने जनाउँछ। यी शब्दहरूको संयोजनले “विजय भएको” भन्ने मूलभाव व्यक्त गर्छ। बान्तेई भनेको खमेर भाषामा “किल्ला” भन्ने अर्थमा प्रयोग हुने शब्द हो। यसरी पूरा नामले ऐतिहासिक रूपमा रक्षा र विजयको प्रतीकको भनेर यो नामले बुझाउछ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बान्तेई मन्छेई क्षेत्र प्राचीन खमेर साम्राज्यको महत्वपूर्ण हिस्सा थियो। यहाँका सबैभन्दा प्रसिद्ध अवशेषहरू मध्ये बान्तेई छ्मार मन्दिर १२औँदेखि १३औँ शताब्दीबीच निर्माण भएको मानिन्छ। मन्दिरको विशालता, कलात्मकता र वास्तुकलाले यस क्षेत्रको प्राचीन गरिमा झल्काउँछ। यसका अतिरिक्त बान्तेई नेअङ र बान्तेई तोर्प जस्ता मन्दिरहरू पनि स्थानीय इतिहासका रूपहरू भेटिन्छ।[३]
सन् १७९५ मा सियाम (हालको थाइल्यान्ड) ले पश्चिम क्याम्बोडियामाथि नियन्त्रण जमाएर यस क्षेत्रमा “भित्री क्याम्बोडिया” नामक सियामी प्रान्त स्थापना गरेको थियो। यसको प्रशासनिक केन्द्र फ्रा ताबोङ (हालको बताम्बाङ) थियो।
सन् १९०७ मा सियामले यो क्षेत्र फर्ता गरेको थियो। त्यसपछि यो भूभाग बताम्बाङ र सिआम रिप गरी दुई प्रान्तमा विभाजन गरियो।
दोस्रो विश्वयुद्धताका १९४१ मा थाईल्यान्डले फेरि पश्चिम क्याम्बोडिया कब्जा गर्यो र सेसोफोनलाई प्रशासनिक केन्द्र बनायो। तर १९४६ मा यो क्षेत्र पुनः फ्रेन्च नियन्त्रणमा फिर्ता आयो। पछि १९८८ मा बान्तेई मन्छेई बताम्बाङबाट अलग गर्दै पाँच जिल्लासहित स्वतन्त्र प्रान्तको रूपमा स्थापित गरियो।
१९७० र १९८० का दशकमा भएको क्याम्बोडियाली गृहयुद्धका क्रममा यो क्षेत्र केन्द्र बन्न पुग्यो। र भारी रूपमा बारूद माइन बिछ्याइएको क्षेत्र बनेको थियो।
भूगोल
[सम्पादन गर्नुहोस्]बान्तेई मन्छेई प्रान्तको उत्तर र पूर्वतिर केही पहाड छन्। यहाँका प्रमुख नदीहरू मोंग्कोल बोरेई र सेसोफोन हुन्। यी नदिहरूले कृषि उत्पादन र स्थानीयका लागि आवश्यक खानेपानी प्रदान गर्छन्। यस प्रान्तको सिमानामा दक्षिणतिर बताम्बाङ, पूर्वतिर सिआम रिप, उत्तरतिर ओदार मेआन्चे र पश्चिम तथा उत्तरपश्चिमतिर थाइल्यान्ड पर्छ।[४]
धर्म र सामाजिक जीवन
[सम्पादन गर्नुहोस्]यो प्रान्तमा धर्मले सामाजिक जीवनको संरचना र पहिचानलाई गहिरोसँग प्रभावित गरेको पाइन्छ। थेरवाद बौद्ध धर्म यहाँको राज्य धर्म हो, र प्रायः सम्पूर्ण जनसंख्या यसै धर्ममा आस्था राख्छ। २०१९ को जनगणनाअनुसार ९९ प्रतिशतभन्दा धेरै व्यक्ति बौद्ध धर्मावलम्बी छन्। सानो प्रतिशत मुस्लिम समुदाय, मुख्यतः चम जाति, यहाँ बसोबास गर्छन्। त्यस्तै केही इसाई समुदायको उपस्थिति पनि पाइन्छ, जसले स्थानीय सांस्कृतिक विविधतालाई थप समृद्ध बनाएको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]बान्तेई मन्छेई प्रान्तको अर्थतन्त्र कृषि, उद्योग, सिमा व्यापारमा आधारित छ। थाईल्यान्डसँगको सक्रिय सिमाना नाका भएकाले यो क्षेत्र क्याम्बोडियाको व्यापारिक प्रवेशद्वारका रूपमा चिनिन्छ।
पोइपेत अन्तर्राष्ट्रिय सिमाना नाका
[सम्पादन गर्नुहोस्]पोइपेत देशकै व्यस्त नाकामध्ये एक हो। दैनिक हजारौँ मानिस र सामान यहाँबाट आवतजावत गर्छन्। थाइल्यान्ड सँगको व्यापार वृद्धिका कारण स्टुङ बोट नामक नयाँ व्यापारिक नाका पनि निर्माण हुँदै छ, जसले भविष्यमै प्रान्तको आर्थिक गतिविधि अझ बढाउने अनुमान गरिएको छ।
विशेष आर्थिक क्षेत्र र उद्योग
[सम्पादन गर्नुहोस्]ओनिेङ विशेष आर्थिक क्षेत्र २००६ मा औपचारिक रूपमा स्थापना गरिएको थियो, र यहाँ धेरै कारखानाहरू सञ्चालनमा छन्। पछिल्ला वर्षमा जापानी र क्याम्बोडियाली लगानीकर्ताले संयुक्त रूपमा सान्को नामक नयाँ आर्थिक क्षेत्र स्थापना गरेका छन्, जहाँ टोयोटा आपूर्तिकर्ता एनएचके स्प्रिङ जस्ता उद्योगहरू संचालनमा छन्। टोयोटा त्सुसोले विभिन्न अटो पार्ट उत्पादन र आपूर्तिका लागि टेक्नो पार्क पोइपेत स्थापना गर्ने घोषणा गरेको थियो, जसले प्रान्तलाई भविष्यको औद्योगिक केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना देखिन्छ।[५]
थाइल्यान्ड बाट प्राप्त हुने सस्तो र स्थिर विद्युत आपूर्ति, कम मजदुरी लागत र बैंकक नजिक हुनाले यो क्षेत्रलाई विदेशी लगानीकर्ताका लागि आकर्षक मानिन्छ।
यातायात र पूर्वाधार
[सम्पादन गर्नुहोस्]राष्ट्रिय राजमार्ग, रेलमार्ग र प्रादेशिक सडक मार्फत देशका प्रमुख भागहरू सँग यो प्रान्त जोडिएको छ। २०१८ देखि सञ्चालनमा आएका रेल सेवाले पोइपेत, सेरेई साउफोन र बताम्बाङ जोडिएको छ। निकट भविष्यमा रेलसेवा फ्नोम पेन्हसम्म पूर्ण रूपमा विस्तार हुने अपेक्षा छ। राष्ट्रिय राजमार्ग - ५ लाई अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन जापानी सरकारको सहयोगमा ठूलो परियोजना सञ्चालनमा छ।
कृषि
[सम्पादन गर्नुहोस्]कृषि पनि यो प्रान्तको मुख्य आर्थिक आधार हो। धानखेती सबैभन्दा महत्वपूर्ण बाली हो। उपजाऊ माटो, पर्याप्त पानी स्रोत र विस्तृत मैदानी भूभागले यसलाई कृषि उत्पादनका लागि उपयुक्त क्षेत्र बनाएको छ।
प्रशासनिक संरचना
[सम्पादन गर्नुहोस्]बान्तेई मन्छेई प्रान्त सात वटा जिल्ला र दुई वटा नगरपालिका गरी विभाजित छ। यी प्रशासनिक एकाइहरू पुनः गाउँ र बस्तीतर्फ विभाजन गरिएका छन्। सेरेई साउफोन र पोइपेत यी दुई मुख्य नगरपालिका हुन्, जहाँ जनसंख्या बाक्लो र आर्थिक तथा प्रशासनिक गतिविधि अत्यन्त सक्रिय पाइन्छ। अन्य जिल्लाहरूमा मोंग्कोल बोरेई, फ्नोम स्रोक, प्रेह नेत्र प्रेह, ओ क्रोभ, थ्मा पुोक, स्भाय चेइक, र मालाइ समावेश छन्।
पर्यटन र सांस्कृतिक सम्पदा
[सम्पादन गर्नुहोस्]बान्तेई छ्मार मन्दिर
[सम्पादन गर्नुहोस्]प्रसिद्ध बान्तेई छ्मार मन्दिर जयवर्मन सातौँद्वारा १२औँ–१३औँ शताब्दीमा निर्माण गरिएको थियो। विस्तृत परिसर, कलात्मक मूर्तिकला र युद्धका दृष्यहरू उत्कीर्ण गरिएको भित्तिचित्र यसका विशेष आकर्षण हुन्। यद्यपि यो मन्दिर अन्य आङ्कोरि सम्पदाझैं संरक्षित नभएकाले युद्ध, लुटपाट र प्राकृतिक क्षतिका कारण धेरै भाग नष्ट भइसकेका छन्।
क्याम्बोडियाले यस मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गराउने उद्देश्यले प्रारम्भिक सूचीमा राखेको छ। अपेक्षाकृत कम पर्यटकहरूले भ्रमण गर्ने भएकाले यो सम्पदा शान्त वातावरणमा इतिहासको अनुभूति गर्न चाहनेका लागि उत्कृष्ट स्थान मानिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "General Population Census of the Kingdom of Cambodia 2019 – Final Results", National Institute of Statistics, Ministry of Planning (Cambodia), २६ जनवरी २०२१, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१। वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०२२ मिति
- ↑ Headley, Robert K; Chhor, Kylin; Lim, Lam Kheng; Lim, Hak; Chun, Chen (१९७७), Cambodian-English Dictionary, Washington, D.C.: The Catholic University of America Press Bureau of Special Research in Modern Languages, आइएसबिएन 0813205093।
- ↑ "Background of Battambang In the past and the present", Battambang town, मूलबाट २०१२-०२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०७-१२। वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-१७ मिति
- ↑ वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-२४ मिति
- ↑ "POSEZ", मूलबाट २०१५-०५-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-११-०५।