बायोग्याँस

बायोग्याँस कृषि अवशेष, गोबर, नगरपालिका फोहोर, बोटबिरुवा, ढल, फोहोर पानी, हरियो फोहोर र खाद्य फोहोर जस्ता जैविक सामग्रीबाट उत्पपादान हुने नवीकरणीय ग्याँस ईन्धन हो। बायोग्याँस औद्योगिक रूपमा एनारोबिक डाइजेस्टर वा अन्य प्रकारको बायोरिएक्टर भित्र एनारोबिक जीवहरू वा मेथेनोजेनहरू एनारोबिक पाचन माध्यमबाट उत्पादन गरिन्छ।[१] ग्याँस संरचना मुख्यतया मिथेन (CH4) र कार्बन डाइअक्साइड (CO2) हुन्छ र सानो मात्रामा हाइड्रोजन सल्फाइड (H2S) हुन्छ गरिन्छ।
बायोग्यासलाई नवीकरणीय ऊर्जा स्रोत मानिन्छ । यसबाट उत्पादित मिथेन बालेर ऊर्जाको प्रयोग गर्न सकिन्छ। त्यहीबाट बायोग्यासलाई इन्धन रूपमा प्रयोग गर्न सकिन्छ। बायोग्यास र यसका उत्पादन खाना पकाउन, बिजुली उत्पादन, र वाहन ईन्धनको रूपमा ताप सहित धेरै उद्देश्यका लागि प्रयोग गरिन्छ।[२] बायोग्यास एक कार्बन-तटस्थ ईन्धन हो किनभने वायुमण्डलबाट खिचेको कार्बनडाइअक्साइड नै यसको दहनबाट उत्सर्जन हुन्छ।[३] व्यवहारमा, बायोग्यासको कार्बन मात्रा बायोमासको उत्पादनबाट हुने उत्सर्जन र बायोग्यास उत्पादन गर्न प्रयोग हुने वस्तु र प्रक्रियाहरूमा निर्भर गर्दछ।[४]
उत्पादन
[सम्पादन गर्नुहोस्]बायोग्यासको उत्पादन मेथानोजेन्स र सल्फेट रिड्युसिङ ब्याक्टेरिया जस्ता सूक्ष्मजीवहरूद्वारा गरिन्छ। बायोग्यासले प्राकृतिक र औद्योगिक रूपमा उत्पादित ग्यासलाई जनाउन सक्छ।
बायोग्यास प्लान्ट
[सम्पादन गर्नुहोस्]बायोग्यास प्लान्ट प्रायः एक एनारोबिक डाइजेस्टरलाई दिइएको नाम हो।[५] यसले खेतको फोहोर, नगरपालिका जैविक फोहोर र/वा ऊर्जा बालीहरूमा रहेको जैविक पदार्थ लाई बायोग्याँसमा परिणत गर्छ। औद्योगिक बायोग्यास प्लान्टमा जैविक सामग्रीलाई अक्सिजन रहित ट्याङ्कमा जम्मा गरिन्छ ।
ती वस्तुलाई मेसोफिलिक (३८ °से (१०० °फे) °C (100 °F) वा थर्मोफिलिक (५५ °से (१३१ °फे) °C (131 °F)) तापक्रममा दुई देखि तीस दिनको लागि राख्दा यसबाट बायोग्याँस बन्छ।[६] यो ग्याँस तातोको लागि, बिजुली उत्पादन, सवारी साधन वा प्राकृतिक ग्यास वितरण प्रणालीहरूमा प्रयोगका लागि हुन्छ।
बायोग्याँस प्लान्टमा कुहिने प्रकृतिका फोहोर जस्तै कृषि अवशेष, गाईवस्तुको गोबर, भान्साको फोहोर, खाद्य फोहोर, मलमुत्र हाल्न सकिन्छ।
यस प्रक्रियाको क्रममा, सूक्ष्म जीवहरूले जैविक पदार्थ फोहोरलाई बायोग्यास र डाइजेस्टेटमा रूपान्तरण गर्छ। दुग्ध उद्योग, चिनी उद्योग, वा ब्रुअरी उद्योगका अन्य सहित फोहोर पानी हाल्दा उच्च मात्रामा बायोग्यास उत्पादन गर्न सकिन्छ। उदाहरणका लागि, बियर कारखानाको ९०% पानीलाई १०% गाईको गोबरसँग मिसाउँदा, बायोग्यासको उत्पादन बियर कारखानाको पानीबाटमात्र भन्दा २.५ गुणा बढी भएको थियो।[७]
ल्यान्डफिल ग्यास
[सम्पादन गर्नुहोस्]मानव मलमुत्र
[सम्पादन गर्नुहोस्]खतराहरू
[सम्पादन गर्नुहोस्]विषाक्त हाइड्रोजन सल्फाइड ले अतिरिक्त जोखिम सिर्जना गर्दछ र गम्भीर दुर्घटनाहरूका लागि जिम्मेवार रहेको छ। मिथेनको चुहावट एक अतिरिक्त जोखिम हो, किनभने मिथेन एक शक्तिशाली हरितगृह ग्यास हो। बायोग्याँस प्लान्टबाट २% समम मिथेनको चुहावट हुन सक्छ।[८]
संरचना
[सम्पादन गर्नुहोस्]| यौगिक | सूत्र | मात्रा अनुसार प्रतिशत |
|---|---|---|
| मिथेन | CH4 | ५०-८० |
| कार्बन डाइअक्साइड | CO2 | १५-५० |
| नाइट्रोजन | N2 | ०-१० |
| हाइड्रोजन | H2 | ०-१ |
| हाइड्रोजन सल्फाइड | H2S | ०-०.५ |
| अक्सिजन | O2 | ०-०.२५ |
| स्रोतः www.kolumbus.fi, 2007 [९] | ||
बायोग्याँसको संरचना, सबस्ट्रेटको प्रकृति र एनारोबिक रिएक्टर भित्रको स्थिति (तापक्रम, पिएच, र सबस्ट्रेट मात्रा)को आधारमा अलग-अलग हुन्छ।[१०] इथियोपियामा २०२५ मा भएको एक अध्ययनको नतिजा अनुसार एग्रोइकोलजी (जो आस-पासको तापक्रमलाई प्रभावित गर्छ), बायोग्याँस प्लान्टको डिजाइन र तापक्रमले बायोग्याँसको उत्पादन र गुणस्तरमा उल्लेखनीय प्रभाव पार्छ।[११]
प्रयोग
[सम्पादन गर्नुहोस्]ताप
[सम्पादन गर्नुहोस्]बिजुली
[सम्पादन गर्नुहोस्]यातायात
[सम्पादन गर्नुहोस्]यदी यसलाई कम्प्रेस गरियो भने यसलाई गाडीको इन्धनको रुपम प्रयोग गर्न सकिन्छ। कम्प्रेस्ड बायोग्याँसको प्रयोग स्विडेन, स्विट्जरल्यान्ड,र जर्मनीमा निकैइ धेरै भइरहेको छ। बायोग्याँसबाट चल्ने ट्रेन, जुनको नाम बायोग्यास्टागेट अमांडा (द बायोग्याँस ट्रेन अमांडा)हो, २००५ देखि स्विडेनमा चलिरहेको छ।[१२][१३] बायोग्यासबाट गाडीहरू चल्छन्। १९७४ मा, स्वीट ऐज ए नट नामको एक ब्रिटिश डकुमेन्ट्री फिल्ममा सुँगुरको मलबाटबायोग्याँस बनाउने तरिकाको बारेमा विस्तारमा बताइएको थियो। र कसरी यसलाई एक कस्टम-अडप्टेड कम्बशन इन्जिनको रुपमा प्रयोग गत्ने देखाइएको थियो। [१४][१५] २००७ मा विश्वभर, धेरैजसो युरोपमा, लगभग १२,००० गाडीहरू अपग्रेडेड बायोग्यास इन्धनबाट चलिरहेका थिए।[१६]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Webdesign, Insyde, "How does biogas work?", www.simgas.com (अङ्ग्रेजीमा), मूलबाट १० मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-१६।
- ↑ "Biogas & Engines", clarke-energy.com, अन्तिम पहुँच २१ नोभेम्बर २०११।
- ↑ "Are Biofuels Carbon Neutral? Feedstocks & Applications" (en-GBमा), २०२५-०७-२९, अन्तिम पहुँच २०२५-१०-२०।
- ↑ Government of Canada, Canada Energy Regulator (२०२३-११-२४), "CER – Market Snapshot: Two Decades of Growth in Renewable Natural Gas in Canada", www.cer-rec.gc.ca, अन्तिम पहुँच २०२५-१०-२०।
- ↑ "An introduction to biogas and biomethane – Outlook for biogas and biomethane: Prospects for organic growth – Analysis", IEA (en-GBमा), अन्तिम पहुँच २०२५-१०-२७।
- ↑ "Anaerobic Digesters: Frequently Asked Questions", Alberta Department of Agriculture, मे २०१४, अन्तिम पहुँच २७ अक्टोबर २०२५।
- ↑ Appels, Lise; Baeyens, Jan; Degrève, Jan; Dewil, Raf (२००८), "Principles and potential of the anaerobic digestion of waste-activated sludge", Progress in Energy and Combustion Science 34 (6): 755–781, आइएसएसएन 0360-1285, डिओआई:10.1016/j.pecs.2008.06.002, बिबकोड:2008PECS...34..755A, मूलबाट २५ जुन २०२१-मा सङ्ग्रहित।
- ↑ Michael Fredenslund, Anders; Gudmundsson, Einar; Maria Falk, Julie; Scheutz, Charlotte (फेब्रुअरी २०२३), "The Danish national effort to minimise methane emissions from biogas plants", Waste Management 157: 321–329, डिओआई:10.1016/j.wasman.2022.12.035, पिएमआइडी 36592586, बिबकोड:2023WaMan.157..321M।
- ↑ Basic Information on Biogas अभिलेखिकरण ६ जनवरी २०१० वेब्याक मेसिन, www.kolumbus.fi. Retrieved 2.11.07.
- ↑ Hafner, Sasha (२०१७), "Predicting methane and biogas production with the biogas package", CRAN।
- ↑ Habte, Henok; Ulsido, Mihret Dananto; Nigatu, Shemelis (२०२५-०५-२२), "Determinant and Characterization of Biogas Product at Different Agroecological Zones of Ethiopia", Environmental Health Insights 19, आइएसएसएन 1178-6302, डिओआई:10.1177/11786302251334727, पिएमआइडी 40416822, पिएमसी 12099135, बिबकोड:2025EnvHI..1934727H।
|article-number=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Biogas train in Sweden", मूलबाट २९ सेप्टेम्बर २०११-मा सङ्ग्रहित। अभिलेखिकरण २९ सेप्टेम्बर २०११ वेब्याक मेसिन
- ↑ Friendly fuel trains (30 October 2005) New Straits Times, p. F17.
- ↑ "Bates Car – Sweet As a Nut (1975)", BFI, मूलबाट २३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मे २०१५। अभिलेखिकरण २३ जुलाई २०१३ वेब्याक मेसिन
- ↑ National Film Board of Canada, "Bate's Car: Sweet as a Nut", NFB.ca, मूलबाट ६ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मे २०१५।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "What is biogas" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन