बारा–२ उपनिर्वाचन, २०८०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वि. सं. २०८० बारा–२ उपनिर्वाचन

← २०७९ २०८० वैशाख १०

प्रतिनिधि सभाको बारा निर्वाचन क्षेत्र नं. २

मधेश प्रदेशमा बारा २

पदग्राही प्रतिनिधि सभा सदस्य

राम सहाय यादव
जसपा



वि.सं. २०८० वैशाख १० (तदनुसार २३ अप्रिल २०२३) मा नेपालको बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुनेछ।[१][२] वि.सं. २०७९ चैत्र ३ मा नेपालको उपराष्ट्रपति निर्वाचित भएका वर्तमान सदस्य राम सहाय प्रसाद यादवले उक्त सिट खाली गरेपछि उपनिर्वाचन हुन लागेको हो।[३]

सो उपनिर्वाचन चितवन २ र बारा २ मा हुने उपनिर्वाचनसँगै हुनेछ।[४]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

वि.सं. २०६४ मा मधेसी जनअधिकार फोरम, नेपालको समानुपातिक सूचीबाट निर्वाचित यादव वि.सं. २०७० मा भने पार्टीको सूचीमा परे पनि पुनः निर्वाचित भएनन्। त्यसपछि मजफोको उत्तराधिकारी पार्टी, संघीय समाजवादी फोरम, नेपाल बाट वि.सं. २०७४ मा बारा २ मा उम्मेदवारी दिंदै यादव विजयी भए। यादव शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वि.सं. २०७८ देखि २०७९ सम्म वन तथा वातावरण मन्त्री थिए। उनी वि.सं. २०७९ मा बारा २ बाट मात्र ३ सय ५४ मतको झिनो मतान्तरले पुनः निर्वाचित भएका थिए ।

यादव वि.सं. २०७९ को उपराष्ट्रपतिय निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल आवद्ध रहेको १० दलीय गठबन्धनका उम्मेदवार थिए र नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्यजनमत पार्टीकी ममता झालाई पराजित गर्दै वि.सं. २०७९ चैत्र ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए।[५][६] उनले वि.सं २०७९ चैत्र ६ मा सांसद पदबाट राजीनामा दिंदै उपराष्ट्रपतिको रूपमा पदभार ग्रहण गरे।[७]

२०७९ चुनावी परिणाम[सम्पादन गर्नुहोस्]

उम्मेदवारदलमत%
राम सहाय यादवजनता समाजवादी पार्टी, नेपाल१३,८२२21.68
शिवचन्द्र प्रसाद कुशवाहानेकपा (माओवादी केन्द्र)१३,४६८21.13
राम किशोर प्रसाद यादवस्वतन्त्र११,०४३17.32
रविन्द्रप्रसाद यादवस्वतन्त्र१०,७५०16.86
अरुणकुमार ज्ञवालीस्वतन्त्र७,६९८12.08
राजेश साहजनमत पार्टी२,७२५4.28
तेजबहादुर भगतनागरिक उन्मुक्ति पार्टी१,१११1.74
अन्य३,१२५4.90
जम्मा६३,७४२100.00
बहुमत३५४
जनता समाजवादी पार्टी, नेपाल जीत
स्रोत[८]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने सम्बन्धमा प्रेस विज्ञप्ति", Election Commission, Nepal (नेपालीमा), अन्तिम पहुँच २१ मार्च २०२३ 
  2. "Election Commission announces by-elections in Tanahun-1 and Bara-2 on April 23", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२० 
  3. "Ram Sahay Prasad Yadav elected Vice President", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  4. diwakar (२०२३-०३-२०), "By-elections in Tanahun 1 and Bara 2 on April 23, together with Chitwan 2 - OnlineKhabar English News" (en-GBमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  5. "Ruling alliance and UML pick vice presidential candidates", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  6. Republica, "Yadav elected as Nepal’s new Vice President", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  7. "Ram Sahay Prasad Yadav sworn in as Vice President", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०३-२१ 
  8. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal