बालकृष्ण खाण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रूपन्देही क्षेत्र नं.३ बाट निर्वाचित बालकृष्ण खाण नेपाली कांग्रेसका सभासद हुनुहन्छ। विद्यार्थी राजनीति मार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाण हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ। २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित उहाँ संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि हुनुहुन्छ । यस अघि रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री रहिसकेका खाणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसक्नुभएको छ। २०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी खाण २०५१ मा समेत संसदका उम्मेदवार हुनुहुन्थ्यो।

राजनीतिक यात्राका क्रममा उहाँले पञ्चायतकालमा करीब २ वर्ष जेलजीवन बिताउनुभएको छ। उहाँले ने.वि. संघको अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी वर्गको नेतृत्व गर्नुभएको थियो। उहाँ ३ छोरी र १ छोराका पिता हुनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]

समानुपातिकमा निर्वाचित उम्मेदवार