बाह्रदशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

झापा जिल्लाको डागीवारी गाविस वडा नं. ८मा समुद्र सतहबाट लगभग ३०० मिटको उचाइमा अवस्थित अग्लो डाडाँको रमणीय फाँटमा कचनगढ अवस्थित छ कंचनगढ नजीकैको होचो भागमा चिया वगान र सालको जंगल पनि छ। कंचनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको समेत मन्दिर रहेको छ। धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको कंचनगढ क्षेत्रमा प्रत्येक वर्ष शिवरात्री, बालाचर्तुदर्श मेला लाग्ने गरेका पाइन्छ। विभिन्न धार्मिक ग्रन्थहरूमा समेत व्यख्या गरिएको कंचनगढ क्षेत्रको विषेशगरी महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथामा र।ीमद्भगवतको अष्टम स्कन्धमा चर्चा भएको पाइन्छ। समुद्र मन्थनको क्रममा भगवान शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्यपतन हुन जाँदा उक्र स्थानको निर्माण भएको र वीयपतन सँगसँगै सुनचाच्दी, हीरामोती आदि समेत पतन भएको किम्बदन्ती रहेको पाइन्छ।

वि.सं. १९९० सालतिर एकजना साधु आप्mना दुई चेलाहरूसहित यस स्थानमा बस्न आउँदा यो स्थान जंगलमुलक थियो। यहाँ बसेपछि ती साधु कहिले बाघम चढी जंगलको सयर गर्ने त कहिले अपैm बाघको रूप धारणा गर्ने सिद्धपुरुष भएको र निजले बसोबास गरेको स्थान भएको हुनाले यस स्थानलाई साधु कुटी समेत भन्ने गरिएको जनश्रुती रहेको पाइन्छ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "बाह्रदशी", birattourism.org.np