सामग्रीमा जानुहोस्

बिगफुट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिगफुट
सन् १९६७ को प्याटरसन गिमलिन नामक चलचित्रमा, चलचित्र निर्माताहरूले महिला बिगफुटलाई चित्रण गर्ने दावी गरेका छन्।[]
उत्पत्ति
देश
क्षेत्रउत्तर अमेरिका

बिगफुट उत्तर अमेरिका, विशेष गरी प्रशान्त उत्तरपश्चिममा जङ्गलमा बसोबास गर्ने भनिएको ठूलो, रौँ भएको, पौराणिक प्राणी हो। बिगफुट अमेरिकी र क्यानेडिली लोककथा दुवैमा चित्रित छ, र २०औँ शताब्दीको मध्यदेखि एक सांस्कृतिक प्रतिमा बनेको छ। यसका साथै यो लोकप्रिय संस्कृतिमा व्याप्त छ र यसको आफ्नै विशिष्ट उपसंस्कृतिको विषय बनेको छ।[][]

बिगफुटका बारेमा खोजी गर्ने व्यक्तिहरूले, बिगफुटको अस्तित्वलाई समर्थन गर्न विभिन्न प्रकारका शङ्कास्पद प्रमाणहरू प्रस्तुत गरेका छन्। यसमा देखिने गरिएका मौखिक दावीहरूका साथै कथित तस्वीरहरू, भिडियो र अडियो रेकर्डिङहरू, रौँका नमूनाहरू, र ठूला पाइलाका छापहरू समावेश छन्।[][][][] यद्यपि, यी प्रमाणहरू लोककथा, गलत पहिचान, र ठगीको मिश्रण हुन्, र यो प्राणी कुनै वास्तविक जीवित जनावर भने होइन।[][][१०]

लोककथाविद्हरू बिगफुटको परिघटनालाई युरोपेली "जङ्गली मानव"को स्वरूप, लोककथाहरू, र आदिवासी संस्कृतिहरू जस्ता कारक र स्रोतहरूको मिश्रणको रूपमा हेर्दछन्।[११] संसारभरि नै रौँले भरिएका जङ्गली मानव स्वरूपका जीवहरूका यस्तै लोककथाहरू अवस्थित छन्, जस्तै दक्षिण-पूर्वी अमेरिकाको 'स्कङ्क एप', एसियाका 'अल्मास', 'येरेन' र 'यती, अस्ट्रेलियाको 'योवी', र आदिवासी जनजातिहरूका पौराणिक कथाहरूमा पाइने यस्तै प्राणीहरू पर्दछन्। मानिसको इच्छापूर्ण सोच, वातावरणीय चिन्ताहरूमा भएको सांस्कृतिक वृद्धि, र यस विषयमा समाजको समग्र सचेतनालाई यसका थप कारकहरूका रूपमा लिइएको छ।[१२]

बिगफुटको चित्रण

बिगफुटलाई प्रायः कालो, गाढा खैरो, वा गाढा रातो रौंले ढाकिएको, ठूलो, बलियो र दुई खुट्टाले हिँड्ने मानव वा वनमान्छे जस्तो प्राणीको रूपमा वर्णन गरिन्छ। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार यसको उचाई करिब ६ देखि ९ फिट (१.८–२.७ मिटर) अनुमान गरिएको छ, भने केही वर्णनहरूमा यसलाई १० देखि १५ फिट (३.०–४.६ मिटर) सम्म अग्लो भनिएको छ।[१३][१४] केही कथित अवलोकनहरूले बिगफुटलाई वनमान्छे भन्दा बढी मानव जस्तै, विशेष गरी अनुहारको बनावटमा, चित्रण गरेका छन्।[१५] सन् १९७१ मा, ओरेगन राज्यको 'द ड्यालेस' मा धेरै व्यक्तिहरूले एउटा "विशाल वनमान्छे" देखेको भन्दै प्रहरी उजुरी दर्ता गराएका थिए, जसमा एक जनाले आफ्नो राइफलको निशानाबाट उक्त प्राणीलाई देखेको तर "जनावर भन्दा बढी मानव जस्तो देखिएकाले" गोली चलाउन नसकेको दाबी गरेका थिए।"[१६]

सामान्य वर्णनहरूमा यसका चौडा काँध, नदेखिने घाँटी र लामा हातहरू हुन्छन्, जसलाई धेरै सन्देहवादीहरूले सीधा उभिएको भालुलाई गलत पहिचान गरेको मान्दछन्। रातको समयमा देखिएका केही कथित घटनाहरूमा यस प्राणीका आँखाहरू पहेँलो वा रातो रङमा "चम्किएको" बताइएको छ। यद्यपि, मानिस र अन्य कुनै पनि ज्ञात वनमान्छेहरूमा पनि आँखाको चम्किने गुण नहुने भएकाले जङ्गलमा देखिएका यस्ता चम्किला आँखाहरूको सम्भावित व्याख्यामा रूखका पातहरूमा बसेका लाटोकोसेरो, रकुन, वा ओपोसमहरू, अथवा सीधा उभिएका भालुहरू हुन सक्ने बताइएको छ।[१७]

यस प्राणीको नाम जुन विशाल पाइलाका छापहरूका कारण राखिएको हो, ती २४ इन्च (६१० मिमी) सम्म लामा र ८ इन्च (२०० मिमी) सम्म चौडा हुने दावी गरिएको छ। पाइलाका केही ढाँचाहरूमा नङ्ग्राका चिन्हहरू पनि भेटिएका छन्, जसले गर्दा ती छापहरू भालु जस्ता ज्ञात जनावरहरूबाट आएको हुनसक्ने सम्भावना बलियो देखिन्छ, जसका पाँचवटा औँला र नङ्ग्राहरू हुन्छन्।[१८][१९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "DNA tests to help crack mystery of Bigfoot or Yeti existence", The Australian, Associated Press, मे २४, २०१२, मूलबाट मे २७, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २१, २०१४ 
  2. Eliot, Krissy (जुन २८, २०१८), "So, Why Do People Believe In Bigfoot Anyway?", alumni.berkeley.edu, Cal Alumni Association, मूलबाट मार्च २, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०२१ 
  3. "Bigfoot's pop culture footprint", Los Angeles Times, मार्च २६, २०१२, मूलबाट अक्टोबर २०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०२१ 
  4. Rossi, Lorenzo (१८ डिसेम्बर २०१५), "A Review of Cryptozoology: Towards a Scientific Approach to the Study of "Hidden Animals"", Problematic Wildlife, पृ: 573–588, आइएसबिएन 978-3-319-22245-5, डिओआई:10.1007/978-3-319-22246-2_26 
  5. Regal, Brian (१३ Feb २००९), "Entering Dubious Realms: Grover Krantz, Science, and Sasquatch", Annals of Science 66 (1): 83–102, आइएसएसएन 0003-3790, डिओआई:10.1080/00033790802202421, पिएमआइडी 19831199 
  6. Daegling, David J. (२००४), Bigfoot exposed: an anthropologist examines America's enduring legend, Rowman Altamira, आइएसबिएन 0-7591-0538-3, मूलबाट फेब्रुअरी १६, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०२१ 
  7. Williams, Sarah C. P. (जुलाई १, २०१४), "'Bigfoot' samples analyzed in lab: First peer-reviewed genetic analysis looks at more than 50 samples believed to belong to elusive creatures", Science, मूलबाट फेब्रुअरी २८, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २०२३ 
  8. Frangou, Anna; Ladle, Richard J.; Malhado, Ana C.M.; Whitaker, Robert J. (२०१३), "Wildlife in a warming world", in Brooks, Anathea; Arico, Salvatore, Tracking Key Trends in Biodiversity Science and Policy: based on the proceedings of a UNESCO International Conference on Biodiversity Science and Policy, UNESCO, पृ: ५०, आइएसबिएन 978-92-3-001118-5 
  9. Pappas, Evan (अप्रिल ७, २०१४), "Bigfoot hoax exposed (again) and other infamous hoaxes", seattlepi.com, Seattle Post-Intelligencer, मूलबाट जुन १०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०२१ 
  10. Crair, Ben (सेप्टेम्बर २०१८), "Why Do So Many People Still Want to Believe in Bigfoot?", Smithsonian Magazine, मूलबाट डिसेम्बर १७, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २८, २०२३ 
  11. Blitz, Matt (अगस्ट ५, २०२१), "People Say They've Seen Bigfoot — Can We Really Rule Out That Possibility?", yahoo.com, Yahoo!, मूलबाट अगस्ट ६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ६, २०२१ 
  12. Munro, Kate (मे १४, २०१९), "North America's Sasquatch: finding fact within the fable", sbs.com, NITV, मूलबाट डिसेम्बर २७, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २७, २०२१ 
  13. "Bigfoot [a.k.a. Abominable Snowman of the Himalayas, Mapinguari (the Amazon), Sasquatch, Yowie (Australia) and Yeti (Asia)]", The Skeptic's Dictionary, मूलबाट सेप्टेम्बर १४, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १७, २००८ 
  14. "Sasquatch", Encyclopædia Britannica, २००८, मूलबाट मे १५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ७, २०१३ 
  15. "Sasquatch", merriam-webster.com, Merriam-Webster, मूलबाट अप्रिल २४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०२१ 
  16. Cahill, Tim (मे १०, १९७३), "Giant Hairy Apes in the North Woods: A Bigfoot Study", rollingstone.com, Rolling Stone, मूलबाट फेब्रुअरी २५, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २५, २०२२ 
  17. Nickell, Joe (सेप्टेम्बर २८, २०१७), "Bigfoot Eyeshine: A Contradiction", centerforinquiry.org, Center for Inquiry, मूलबाट जुन १६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १८, २०२१ 
  18. Nickell, Joe (जनवरी २००७), "Investigative Files: Mysterious Entities of the Pacific Northwest, Part I", Skeptical Inquirer, मूलबाट अगस्ट २८, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २०, २००९ 
  19. "SDNHM – Black Bear Sign", मे २४, २०१०, मूलबाट मे २४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]