बिजयपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बिजयपुर बर्तमान धरानको पूर्वमा रहेको डाडा र त्यसमा रहेको बस्ती हो | नेपाल एकिकरण पूर्व यो सेन बंशी राजा हरूको राज्य मध्ये प्रमुख थियो र यो हालको कोशी र मेची अञ्चलले समेटेको भूभागको सदर मुकाम पनि थियो|

हालका यस विजयपुरका जम्मा चारवटा नामहरू रहेका कुरा पुराण र लोकोक्तिहरूबाट स्पष्ट हुन्छ। ती नामहरू रुद्राक्षारण्य वेदीपुर, विजयपुर र शीतशैल हुन्। रुद्राक्षारण्यमहात्म्यले विजयपुर क्षत्रलाई धेरै रुद्राक्ष पाइने वन भएको हुँदा "रुद्राक्षारण्यनाम" दिएर यसको धार्मिक महात्म्यको बढाई गरेको छ। त्यस्तै एउटा लोकआहानले मकवानपुरे सेनवंशी विजयसेन राजाद्वारा शासित भएको हुँदा यसलाई विजयपुर भनिएको हो भन्ने गरेको पाइन्छ। यसलाई शीतशैल चािहं शीतल हावा बहने ठाउँको रूपमा रुद्राक्षारण्यमहात्म्यमा वर्णन गरिएको पाइएको छ। यसलाई लोकआहानहरूले कतैपनि उल्लेख गरेको पाइएको छैन। अनि वेदीपुर किन भनियो भन्ने सम्बन्धमा यसको कथा महाभारतसँग जोडिएको प्राप्त लोककथाले जनाउँछ। तर यस कथाको उल्लेख महाभारतमा नै नपाइएको हुँदा यो कथाको आमुख कहाँ र कुन हो भन्ने कुरा यसतिर छानवीनमा लागेका विद्वानहरूले आजसम्म किटेर लेखेको पाइएको छैन। पुराण र लोकोक्तिहरूका आधारमा विजयपुरको इतिहासको विश्लेषण निम्नानुसार छ।

पुराणमा विजयपुर : रुद्राक्षारण्यको उल्लेख वैदिक कालदेखि नै हुँदै आएका प्रमाणहरू यथेष्ठ छन्। ऋषितर्पनी पूर्णिमामा गरिने स्नानको सन्दर्भमा जम्मा चौधवटा मुख्य वनहरूको उल्लेख भएको पाइन्छ यीनै चौधमध्ये रुद्राक्षारण्य एक छन्। यस बाहेक स्कन्दपुराणको हिमवतखण्ड अन्तर्गत "रुद्राक्षारण्यमहात्म्य" भन्ने एउटा िसँगै अध्याय यसैकोबारेमा छ।१

प्रश्न उठ्छ- के रुद्राक्षारण्य यसै ठाउँमा थियो त कुनै पनि वेद तन्त्र उपनिषद वा पुराणहरूले यसको ठीक ठीक स्थान बताएको पाइएको छैन। रुद्राक्षारण्य विजयपुरमा नै थियो भन्ने कुरा सर्वप्रथम योगी नरहरीनाथले प्रकाशनमा ल्याउनु भयो। उहाँले धनकुटा कुरुलेगाउँ बस्ने तारिणी प्रसाद बरालको घरमा रुद्राक्षारण्य माहात्म्य लगायत केही अन्य प्राचीन ग्रन्थहरू प्राप्त गर्नुभएको थियो र तिनै ग्रन्थहरूमा उल्लेख भएको आधारमा उक्त कुराको पुष्टी गर्नु भएको हो।२

त्यस ग्रन्थले कथा हाल्द छ कि महाशिव त्रिपुरासुरलाई मारी थकान मेटन कोशीदेखि दश योजन क्षेत्रमा फैलिएको क्षत्रमा आराम गर्न आए। त्याहाँ आराम गरेको क्षणमा महाशिव हर्षले रोमािाचत भए र उनका हर्षाश्रु टप्कन गयो। ती हर्षाश्रु भूईंमा खस्नेवित्तिकै रुद्राक्षमा परिणत भए। यीनै चार रुद्राक्षहरूबाट वीजाङ्कुरण भई रुद्राक्षका रुखहरू र कालान्तरमा रुद्राक्षका वननै वन्न गयो।

रुद्राक्षारण्य माहात्म्य अध्याय १०मा यो पनि भनिएको छ कि महाशिवको पवीत्र चरणको स्पर्श पाउने यो स्थान तुरुन्तै सुनको बन्यो। यहाँ शीतल हावा बहने हुँदा यसले महाशिवको थकान मेटाएको थियो। यसै सन्दर्भमा यस माहात्म्यले विजयपुर पर्वतलाई शीतशैल भनी उपमा दिएको पाइन्छ। अर्को उल्लेख अनुसार विजयी महारुद्रको बास भएको कारणले यसलाई विजयपुर भनिएको हो भन्ने पनि पाइन्छ।

रुद्राक्षारण्यमहात्म्यमा अमृतको खातिर देव र दानवहरूद्वारा गरिएको समुद्रमन्थनको प्रशंग पनि आउँछ। अमृतभन्दा पहिले हलाहल विष निस्कदा जगत कल्याणकारी महाशिवले जगतको कल्याणार्थ त्यस विष खाए र विषको प्रभावलाई शान्त गर्न याहाँ नै लमतन्न सुतेर आराम गरेका थिए। यसै प्रशंगमा याहाँका प्रख्यात धाम पिण्डेश्वरको उत्पतिकथा पनि जोडिएको छ। भनिएको छ कि समुन्द्रमन्थनको सफलतापश्चात समुन्द्रमा थेगि्रएका जडिबुटीहरूको अवशेषहरूलाई देवताहरूले पिण्डाकार दिई शिविलंग बनाएर पुजे र त्यही िलंग अद्यापि याहाँ पूजित छ।

विजयपुरलाई शिवजीका कथासँग याहाँ स्थित दंतकाली मन्दिरको कथाले पनि जोड्दछ। स्कन्दपुराणले भन्दछ कि महादेवले मृत सतीदेवीको लाशलाई बोकेर भौंतारिएर िहण्ड्दै जाँदा मृत सतीदेवीको लाश सडी ठाउँ ठाउँमा अंगहरू पतन भए र दाँत चाहिँ विजयपुरमा खस्न गई शक्ति स्वरूपले रहन लागे। हीमवत खण्डले पनि यही कथा दोहोर् याउँदछ।

लोकआहानमा विजयपुर

यीनै पुराणमा वर्णित प्रशंगहरूलाई लोकआहानहरूमा आयात गरी थरीथरीका कथाहरू भनिने गरेका पनि पाइएका छन्। एउटा आहानले भन्छ कि शिवजी यहाँ एक युगसँग तनक्क तन्केर निदाएका थिए र उन्का शरीरले छोएजत्ति भाग सुनको भएको थियो। यसै सिलसिलामा अर्को कथा यसको उत्तरतिर पर्ने छाँगोकोबारेमा छ। भनिन्छ शिवजी यहाँ सुतेको वेलामा उनका जटा उत्तरतिर पहरामा अडिएका थिए। त्यसबखत जटाबाट प्रवाहित हुने गंगा यसै पहराबाट झर्ना भई झरेको थियो र आज त्यसलाई सेवतीखोला भनिन्छ। तीर्थको रूपमा रहेको यस खोलालाई शिवगंगाको नाम पनि दिइएको छ२। यस क्षेत्रलाई हाल पनि शिवजटा भनिन्छ। यहाँ टाढा टाढादेखि तीर्थयात्रीहरू गङ्गास्नान गर्न आउँछन्।

एउटा प्रचलित लोकोक्तिको भनाइ छ कि पाण्डवहरूले राजसुय यज्ञको खर्चको लागि यही स्थानबाट सुन लगेका थिए। पछि स्वर्गारोहण गर्नभन्दा अघि आफूसँग भएका समस्त धन यसै स्थानमा गाडेर गएका थिए। अर्को प्रचलित लोकोक्तिको भनाई छ कि पाण्डवहरूले पिण्डेश्वरको यसै पवीत्र स्थानमा आएर नै महाभारतमा उल्लेखित प्रख्यात राजसुययज्ञ गरेका थिए। यज्ञको आगोले सुन पग्लने र सुनधातु माथि पाइला राख्न नहुने हुँदा भीमसेनले सभाउत्तर खाँदवारीबाट माटो ल्याई यस पर्वतलाई माथिबाट पुरेका थिए। त्यसै वेलादेखि विजयपुरको आजको यो रूप हुन आएको हो।

त्यस्तै अर्को लोकोक्तिले यहाँका रातो माटो र ढुंगाकोबारेमा भन्छ - वेदीकै आगोको कारण यहाँका माटो र ढुंगा पाकेर रातो भएका हुन्।

यसमा फेरि अर्को भनाइ पनि छ - पाण्डवहरू गुप्तबासमा रहँदा उनीहरूले यस सुवर्णमय पर्वतको पत्तो पाएका थिए। यस पवीत्र भूमीमा उनीहरूले यज्ञ गर्न चाहे। तर सुन जस्तो पवीत्र धातुमा टेक्न नहुने हुनाले भिमसेनले संखुवासभाबाट माटो ल्याई यसलाई पुरिदिए। त्यसपछि त्यही ठाउँमा वेदी वनाएर यज्ञ गरे। यज्ञ गरिसकेपछि उनीहरूले त्यस वेदीलाई पुरी दिए र माथिबाट शिविलंग स्थापाना गरे। त्यसै अवस्थादेखि यस क्षेत्रलाई वेदीपुर भनिन लाग्यो। उनीहरूले स्थापना गरेका शिविलंगलाई पाण्डवेश्वर भनियो र कालान्तरमा अपभ्रंश भई पिण्डेश्वर हुन गयो।

अर्को लोकआहानले थपेको छ कि यज्ञ गर्दा टाँगिएको त्यही चंदुवाको कारणले नै हालसम्म विजयपुरमा शीत पर्दैन।

जे होस् यी दुवै कथाले रुद्राक्षारण्यको जमीन सुनको भएको र सो जमीन पुर्नको लागि यसको पश्चिमोत्तरमा पर्ने संखुवासभाबाट माटो ल्याएको कुरा पुष्टी गर्न खोज्दछ। महाभारतले साक्ष नदिएको यो कथा यसै स्थानको उपज हो भन्नमा अत्युक्ति नहोला। महाभारतसँग सम्बन्धित यस क्षेत्रलाई यसको माहात्म्य गाइंदा केही बढ्ता महीमागान हुनु कुनै अस्वाभाविक कुरो हुँदैन। सभाउत्तर र विजयपुरको मिल्दोजुल्दो माटोलाई लिएर यस क्षत्रका जनजीब्रोले एउटा छुट्टै कथाको जन्म यसरी दिएको हुन सक्छ।

त्यो युग धर्ममा आस्था राख्ने युग थियो। प्रत्येक विचित्र कुराहरूको टुंगो आफ्ना सधारण मस्तिष्कले लगाउन नसक्दा कारणको रूपमा अलौकिक शक्तिहरूलाई मान्ने विश्वासमा बाँचेको युग थियो त्यो। यस्तो अवस्थामा विजयपुरको त्यो माटो जो छेउँछाउँका ठाउँहरूबाट नितान्त भिन्न छ र त्यही स्वरूपको माटो संखुवासभामा देख्छन् भने अनि त्यो पहाडको स्वरूप पनि केही चिज पुरेको जस्तो गरी अलग्गै ढीस्कोको रूपमा चुसुक्क उठेको छ भने त्यस वेलाका धर्मभीरु आध्यात्मिक जनमानसमा त्यस्तो अर्थ लाग्न जानु अस्वाभाविक हुँदैन। भौगोलिक वैचित्र्यले उनीहरूलाई यस्तै सोच्न लगाइ रहेका थिए। तपाईं स्वयं विजयपुमै गएर हेर्नुभयो भने तपाईले साँच्चै नै पाउनु हुनेछ कि त्यहाँ पाइने माटो यसको वरिपरि अरुतिर कतै पाइंदैन र विजयपुरको आकार पनि एउटा वेदी पुरेको ढीस्कोको रूपमा उठेको छ। यो सानो पर्वत चारैतिरबाट उठेको छ र यसको लमाई झण्डै एक कोशको छ। चौडाई नाम मात्रको छ।

माथि परेका पौराणिक महात्म्य आजका विजयपुरका नै हुन् भन्ने विशेष आधार रुद्राक्षारण्यमहात्म्य तथा यता पाइने किमवदन्तिहरू छन्। वेद उपनिषेद तथा अन्य पुराणहरूले वर्णन गरेका शिव कथा तथा समुन्द्रमन्थन आदिका प्रशंगसँग यसै स्थानसँग तादात्म्य गरी लोकआहानहरू प्रचलित भएको स्पष्ट हुन्छ। पाण्डवका हरेक कृतित्वलाई फूलबुट्टा भरेर माहात्म्य गान गर्ने महाभारतले कतैपनि सुनको पहाडको वर्णन भएको र भीमले कोसौं टाढादेखि त्यत्रो पहाड पुर्न माटो बोकी ल्याएको प्रशंग उल्लेख गरेको छैन। यसैबाट पनि यी आहानहरू यतैका स्थानीय उपज हुन् भन्ने ठाउँ रहेको छ। अझ उल्लेखनीय यो छ कि राजसुययज्ञको लागि पूर्वी देश सर गर्दै आउने भीमले सप्तनदी सप्तकोशी क्षेत्रका किराँतहरूलाई जितेको प्रशंग आउँदाआउँदै पनि यो सुनको पहाडकोबारेमा कतै उल्लेख गरेको पाइंदैन।

विजयपुरको उत्सर्ग विशेषतः सेनबंशी राजाहरूका राज्यकालमा बढेको हुनुपर्छ। प्रस्तुत प्रशंगमा परेका रुद्राक्षारण्यमहात्म्य धनकुटा कुरुलेगाउँका तारिणी प्रसाद बरालबाट हात परेको थियो र उहाँ बराल सेनबंशी राजाहरूका पुरोहितखाले हुनु भएको कुरा नरहरीनाथ तथा लक्ष्मी आचार्यले स्पष्ट गर्नु भएको छ।४ भन्न खोजिएको यही हो कि रुद्राक्षारण्यमहात्म्य सेनबंशी राजाहरूकै पालामा उनीहरूकै प्रयत्नमा रचित भएको थियो र रचयिताले विजयपुरलाई एउटा पुण्यभूमि बनाउन पुराण तथा वेदहरूको प्रशंगलाई सक्दो उपयोग गरेका थिए। उनै उल्लेखहरूको कारण विजयपुर सम्बन्धमा अनेक आहानहरू प्रचलित भए। अन्ततः यहाँका भूगोल तथा यसका विशेषताहरू सोही अनुरूप जनजिब्रोमा रङ्गिए।

तराइसँगै जोडिएको यस विजयपुरमा शीत नपर्ने र औलो नलाग्ने तथ्यबारेमा पनि यसको भौगोलिक स्थितिलाई हेर्नेवित्तिकै स्पष्ट हुन्छ। विजयपुर तराइसँगै जोडिएको एउटा सानो पहाड हो। तराइ भन्दा यो स्थान उच्च छ र याहाँ हावा पनि लाग्दछ।

लोकआहानले जोडेको छ कि याहाँ शीत नपरेको कारणले औलो लाग्दैन। शीतको कारणले औलो लाग्छ भन्ने कुरालाई विज्ञानले मान्यता दिएको छैन। विज्ञानले पुष्टी गरेको छ कि औलो एनेफिलिज भन्ने भाले लामखुट्टेद्वारा अन्य विरामीको रगत सद्दे मान्छेमा सरेर लाग्दछ। लामखुट्टेद्वारा यो रोग सर्छ भन्ने ज्ञान नहुँदा यस्तो निष्कर्ष जनमानसले निकालेको हुनुपर्छ। मदेशीतिर बाहिर शीत लाग्ने ठाउँमा लामखुट्टेले टोकी औलो लागेकै भएपनि अज्ञानतावश शीतलाई अवजस दिएको हुनुपर्छ।

विजयपुरमा शीत वनाउने तुवांलोलाई हावाले उडाएर लान्छ र याहाँ शीत पर्दैन। तथ्य यो पनि छ कि औलो सार्ने लामखुट्टॆहरू यसै हावाको कारणले याहाँ रहन पाउँदैन र पहाडी जमीन भएको कारणले पानी जम्न नपाई यसको बंशबृद्धी हुने संम्भवना पनि पूर्णतः शून्य रहेको छ। लामखुट्टे छैन र औलो पनि छैन। तर विश्वास गरिन्छ शीत छैन र औलो छैन। काकताली त्यस्तै परेको छ - लामखुट्टे पनि छैन र शीत पनि छैन।

यस पहाडको रातो माटोलाई लिएर पनि भौगोलिक निक्र्यौल यसरी गर्न सकिन्छ कि उहिले नै रुद्राक्षारण्यको समस्त १० योजन भूमी मदेशभन्दा उच्च ढाल परेको समतल रातोमाटोको भूमी थियो जसमा दुईवटा खोलाहरू सर्दू र सेउती दुई कुनाबाट बग्दथे। यीनै दुई खोलाहरूले दुईतिरबाट माथिल्लो रातोपत्र काटेर यो रातो पहाड मात्र रहन गयो। सर्दू र सेउतीको हालको प्रकृतिलाई हेर्दा पनि यो कुरा काल्पनिक मात्र अवश्यनै मान्न सकिन्न। भुगोलवीदहरूको लागि निश्चय नै यो चाखलाग्दो विषय छ।

--- सहायक ग्रन्थ लेख तथा श्रोत व्यक्तिहरू

१. कवि श्री लक्ष्मी आचार्य- देशको माटो देशको ढुंगा

२. कवि श्री लक्ष्मी आचार्य - रुदाक्षारण्य

३. कवि श्रीमनबज्राचार्य -भेट र प्रकाशीत÷अप्रकाशीत कृतिहरू

४. पण्डित दिनानाथ - लोककथा उक्ति

५. पण्डित जगन्नाथ उपाध्याय- भेटवार्ता

६. बहिदार सुरथ बहादुर थापा- भेटवार्ता