बिबिसी
व्यवसाय प्रकार | सरकारी स्वामित्वक निगम, सार्वजनिक प्रसारण |
|---|---|
| उद्योग | प्रसारण |
| पूर्ववर्ती | ब्रिटिस ब्रोडकास्टिङ कम्पनी |
| स्थापित | १ जनवरी १९२७ |
| स्थापनाकर्ता | जोन रिथ (मुख्य निर्देशक) जर्ज भिलियर्स (प्रबन्धक) |
| केन्द्रीय कार्यालय | लन्डन, इङ्ल्यान्ड , |
सेवा क्षेत्र | विश्वव्यापी |
| सेवाहरू | टेलिभिजन, रेडियो, अनलाइन |
| आम्दानी | 5,900,000,000 pound sterling (31 मार्च 2025) |
परिचालन आय | 290,000,000 pound sterling (31 मार्च 2021) |
| -112,000,000 pound sterling (31 मार्च 2025) | |
| मालिक | द क्राउन (सार्वजनिक स्वामित्व) |
कर्मचारी सङ्ख्या | 21,508 (31 मार्च 2025) |
| वेबसाइट | bbc.co.uk |
बिबिसी अर्थात ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (अङ्ग्रेजी: British Broadcasting Corporation) दर्शक सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो प्रशारण संस्था हो। बिबिसीका लागि संयुक्त अधिराज्यभित्र नै २६,००० कर्मचारी छन् भने यसको बजेट ४ अरब पाउन्ड स्टर्लिङ अर्थात ७.८ अरब अमेरिकी डलर भन्दा बढी छ।[१][२]। बिबिसीको मुख्यालय लन्डनमा छ भने यसको प्रमुख काम भनेको संयुक्त अधिराज्य, च्यानल आइल्यान्ड र आइल अफ म्यानमा सार्वजनिक प्रसारण गर्नु हो। यो ब्रिटिस राजकीय घोषणा बमोजिम प्रसारणको निम्ति संचालित छ।[३] यो एक स्वायत्त सार्वजनिक प्रशारक हो [४] जसको मुख्य आयस्रोत बेलायतका प्रत्येक टेलिभिजन धनीहरूबाट अनिवार्य उठाइने वार्षिक कर हो।[५][६]।
आफ्नो मुख्य क्षेत्र बाहेक विश्वभरिका श्रोताहरूका लागि बिबिसीले रेडियो मार्फत बिबिसी विश्व सेवा सञ्चालन गर्दछ। बिबिसीको विश्व सेवा अनुमानित सोह्र करोड श्रोताहरूले सुन्छन्। सन् २००५ मा यो सेवा ३३ भाषाहरूमा प्रसारण गरिन्थ्यो [७] जसमध्ये नेपाली भाषा पनि एक हो। बिबिसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जुन ७ तारीखमा सुरु भएको थियो। पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुँदै दैनिकरूपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे नेपालभरका १३० वटाभन्दा बढी एफएमहरूमा वेब-साइट नेपाली सेवा सुन्न सकिन्छ।[८]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "About the BBC – What is the BBC", BBC Online, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१०।
- ↑
फार, सूजन; क्राउस, एलिस (सम्पादकहरू) (१९९६), मिडिया एन्ड पलिटिक्स इन जापान, यूनिभर्सिटी अफ हवाई प्रेस, पृ: p.5, आइएसबिएन 0824817613।
|coauthors=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Andrews, Leighton (२००५), "A UK Case: Lobbying for a new BBC Charter", in Harris, Phil; Fleisher, Craig S., The handbook of public affairs, SAGE, पृ: 247–48, आइएसबिएन 9780761943938।
- ↑ "BBC website: About the BBC – What is the BBC", अन्तिम पहुँच १४ जुन २००८।
- ↑ "BBC Annual Report & Accounts 2008/9: FINANCIAL PERFORMANCE", मूलबाट ३० अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०। वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २००९ मिति
- ↑ "TV Licensing: Legislation and policy", अन्तिम पहुँच १२ फेब्रुअरी २०१०। वेब्याक मेसिन अभिलेखिकरण २९ जनवरी २०१० मिति
- ↑ BBC World Service, "Annual Review 2005–2006: A year in brief" (PDF), अन्तिम पहुँच २१ जनवरी २००७।
- ↑ http://www.bbc.co.uk/nepali/institutional/2010/06/000000_about_us.shtml