बिमला नेपाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बिमला नेपाली

दाङ, धर्ना गाविस निवासी ३० वर्षीया विमला नेपाली समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। नेपाल दलित संघका केन्द्रीय सदस्य नेपाली यस अघि सो संघको दाङ जिल्ला कार्यसमिति सदस्य रहिसक्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट आई.ए. सम्मको अध्ययन गरेकी नेपाली आफ्नो क्याम्पसमा ने.वि. सङ्घ इकाइ सदस्य हुनुहुन्थ्यो। आफ्ना दाई, बुबा, मामा सबै राजनीतिमा संलग्न भएकाले पारिवारिक बातावरणबाट प्रेरित भएर उहाँ स्कूल पढ्दादेखि, नौ वर्षको उमेरमै राजनीतिमा लाग्नुभएको हो। यसबीच पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उहाँ पक्राउ र हिरासतमा पर्नुभएको छ। राजनीतिका साथै समाजसेवा समेत उहाँको रुचिको क्षेत्र हो। व्यक्तिगत तवरमा र सामाजिक संस्थाहरू मार्फत पनि उहाँले सामाजिक हितका कार्य गर्दै आउनुभएको छ। सैद्धान्तिक निष्‍ठा, लगनशीलता र पार्टीमा खट्ने स्वभावले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको विश्लेषण छ। संविधानसभामा दलित समुदायको उत्थानका मुद्दाहरूलाई विशेष प्राथमिकताका साथ उठाउने उहाँको अठोट छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]