बिमला मिजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

४१ वर्षीया सभासद् मिजार माओवादी उदयपुर सदस्य पनि हुनुहुन्छ। सानै उमेरदेखि एमालेबाट राजनीतिमा लाग्नुभएकी मिजार जनयुद्ध थालनीसँगै माओवादीमा प्रवेश गर्नुभएको थियो। जनयुद्धमा संलग्नहरूलाई सुरक्षित गर्ने, खाना खुवाउनेलगायतका व्यवस्थापनमा उहाँको महत्वपूर्ण भूमिका रह्यो। सुरूमा गाउँमै दलित सङ्गठनमा रहेर काम गर्नुभयो। उहाँ ०६५ देखि मात्र माओवादी जिल्ला समितिमा पुग्नुभएको हो।

सुकुम्बासी परिवारका उहाँका श्रीमान् मजदुरी गर्नुहुन्छ भने उहाँका छोराछोरी वाइसीएलमा संलग्न छन्।

अहिलेसम्म पत्रिकामा मात्र महिला र दलितका अधिकार प्रचार गरिएको बताउँदै मिजारले अब संविधानमै त्यसलाई लेखाउने उहाँको मूल एजेण्डा रहेको बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]