बिमला सुवेदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बिमला सुवेदीको (जन्म वि.सं. २०३६ साल श्रावण २३) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध नेपाली राजनीतिज्ञ हुन्। वि.सं. २०४६ सालदेखि राजनीतिमा लाग्नुभएकि सुवेदीले २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका अर्जुननरसिंह के.सी. लाई पराजित गर्दै एकीकृत नेकपा माओवादीबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा विजयी हुनु भएको थियो। सुवेदीले २० हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका के.सीले १२ हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै नेकपा एमालेका राजेन्द्र प्रकाश लोेहनीले ६ हजार ७ सय ३० मत प्राप्त गर्नुभएको थियो।[१][२]

नुवाकोटकै कुमारी-३ मा सामान्य किसान परिवारमा बुबा गोमराज र आमा नीलकुमारी सुवेदीको कोखबाट जन्मनु भएकी सुवेदी २०४६ सालको राजनीतिक आन्दोलनबाट प्रभावित भएर वाम राजनीतिमा लागेको बताउनुहुन्छ। जनतामा भएको पार्टी आधार र संसदवादी दलहरूले विगतमा गरेका विसंगति पूर्ण काम नै आफ्नो विजयको आधार भएको सुवेदीको धारणा छ। २०५२ साल देखि नै पूर्णकालिन कार्यकर्ता हुनुभएकी सुवेदी जनयुद्धमा थालनीसगै भूमिगत हुनुभएको थियो। पार्टी भित्र प्रखर महिला वक्ताको रूपमा चिनिने सुवेदी माओवादी निकट महिला संघकी सचिवालय सदस्य तथा नेवा राज्य समितिकी पनि सदस्य हुनुहुन्छ। शिक्षा शास्त्र तर्फ प्रविणता प्रमाणपत्र तह सम्मको औपचारिक अध्ययन गर्नुभएकी सुवेदीले महिला र गरीब शोषितपीडितको मुक्तिको लागि लडिरहने बताउनुहुन्छ। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "बिमला सुवेदी", उज्यालो अनलाइन, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१९ 
  2. "संसदमा महिला सहभागिता", http://na.parliament.gov.np, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१९ 
  3. संविधान सभा निर्वाचन पोर्टल