बिरल उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बिरल
বিরল
—  उपजिल्ला  —
बिरलको स्थान-बङ्गलादेशको नक्सामा
बिरल
बिरल
बाङ्लादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
देश बंगलादेश बाङ्लादेश
विभाग रङ्पुर विभाग
जिल्ला दिनाजपुर
क्षेत्रफल
 - जम्मा ३५२.१६ किमी (१३६ वर्ग मी)
जनसङ्ख्या (सन् १९९१)
 - जम्मा २०४,४२०
 जनघनत्व
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट बिरल उपजिल्लाको आधिकारिक नक्सा

बिरल (बाङ्ला: বিরল) बाङ्लादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

बिरल बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३१' देखि २५°४६' उत्तर अक्षांश र ८८°२६' देखि ८८°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। बिरल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३५२.१६ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई बोचागञ्जकहारोल उपजिल्लाले उत्तर, दिनाजपुर सदर उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण,दिनाजपुर सदर उपजिल्लाले र पुनर्भाह नदीले पूर्व र बोचागञ्ज र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। ताङ्गन, नाल र कराई बिल यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्ने]

सन् १८५५ देखि १८५६ सम्म यस उपजिल्लामा सन्थल जनजातिले आन्दोलन गरेका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने १३ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको बिजोरसँग अन्तर्गत पर्ने बहाला गाउँमा ३७ जना सर्वसाधारणहरूको गोली हानि सामूहिक हत्यम गरेका थिए। १५ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको बगुडाखारी गाउँमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ ३० बङ्गलादेशी लडाकुहरू मारिएका थिए भने त्यसको बाहेक पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको बहाबाल भन्ने स्थानमा प्रत्यक्ष गोली हानाहान हुँदा १०० पाकिस्तानी सेनाहरूको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २३१४७६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११९३३३ छ भने महिलाको जनसङ्ख्या ११२१४३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६७१९३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६०२८४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ११२२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २८४६ रहेको छ। यस उपजिल्लामा सन्थल, मुण्डा, मालो, महाली, उराँव जनजाति बसोबास गर्छन्। यस उपजिल्लामा ४३४ मस्जिद, ८२ मन्दिर र ४ चिहानहरू रहेका छन्।बिरल जामे मस्जिद, मुन्सीपाडा जामे मस्जिद, मुल्लाक दिवानको चिहान, सेनदिधी काली मन्दिर, मेहेराबाई जामे मस्जिद आदि यस उपजिल्लाका प्रमुख तथा लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.६६% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०९% ले पोखरी, ०.३६% ले टुटी र २.८९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७५.१०% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। बिरल उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, १० सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्र र १ आँखा अस्पताल रहेका छन्। १८८७ र सन् १९९१ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो। [३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, तोरी, आलु, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, लिची, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग,चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, लिची, मकै, प्याज लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, तिल, खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.४५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१६% मजदुरीमा, उद्योग तथा व्यापारमा १.०३% वाणिज्यमा १२.०१%, सञ्चार तथा यातायातमा २.८६%, निर्माण क्षेत्रमा १.७३%, सुविधामा ४.४६%, धार्मिक सेवामा ०.१७%, वैदेशिक रोजगारी तथा भाडामा ०.१३% र अन्यमा ४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

बिरल थानको स्थापना सन् १९१५ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ११ सङ्घ परिषद्/वडा, २४१ मौजा/महल्ला र २३५ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३९.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.०% छ भने महिलाको साक्षरता दर ३२.८% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, ४८ माध्यमिक विद्यालय, १५७ प्राथमिक विद्यालय र १७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बिरल डिग्री क्याम्पस (सन् १९७२), बिरल कन्या क्याम्पस (सन् १९९४), धुकुर्जहरा क्याम्पस (सन् १९९४), मइनुल हासाल क्याम्पस (सन् १९४८), बिरोजा उच्च विद्यालय (सन् १९४०), उत्तर विष्णुपुर भिएमएससी उच्च विद्यालय (सन् १९४५), बिरल पाइलट उच्च विद्यालय (सन् १९९४), मुन्सीपाडा उच्च विद्यालय (सन् १९६०), कारलन मधावती उच्च विद्यालय (सन् १९६८), बिरल पाइलट कन्या उच्च विद्यालय (सन् १९७७), कानाइबाडी उच्च विद्यालय, मोहना-मङ्गरपुर उच्च विद्यालय, बिरल सरकारी प्राथमिक विद्यालय, दिवानदिधी दखिल मदरसा, मङ्गरपुर सिनियर मदरसा आदि।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. एमडि मिजानुर राहमन, "बिरल उपजिल्ला", in सिराजुल इस्लाम, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश, बाङ्लादेशको एसियाली समाज। 
  2. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. "बिरल उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]