बिराज महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिराज महर्जन
व्यक्तिगत जानकारी
पुरा नाम बिराज महर्जन
जन्म मिति (1990-10-01) १ अक्टोबर १९९० (उमेर ३३)
जन्म स्थान त्रीपुरेश्वर, नेपाल
उचाइ १.७६ मीटर
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङ्दी क्लब
सङ्ख्या
युवा करियर
एन्फा एकेडेमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७-२०१५ थ्री स्टार क्लब (११)
२०१५- मनाङ मर्स्याङ्दी क्लब
अन्तर्राष्ट्रिय करियर
२००८-  नेपाल ५८ (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०१७ फेब्रुअरी

विराज महर्जन (जन्म १८ सेप्टेम्बर १९९०) नेपालका एक फुटबल खेलाडी हुन् । नेपाल राष्ट्रिय फुटबल टिमका लागि २००८ मा उनले पहिलो उपस्थिति बनाए । नेपाल फुटबल टोलीका लागि चौथो सबैभन्दा धेरै पटक उनले कप्तानको पद सम्हालेका छन् । उनी नेपाल राष्ट्रिय फुटबल टोलीका नयाँ नियुक्त कप्तान हुन ।[१]

खेल जीवन[सम्पादन गर्नुहोस्]

विराज महर्जन एक नेपाली डिफेन्डर हुन्।उनि एन्फा एकेडेमीको उत्पादन हुन्।थ्री स्टार क्लब खेल्ने उनी सन् २००७-२०१५ सम्म उक्त क्लबबाट खेलेका थिए । हाल मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुट्बल खेल्छन। महर्जनले क्लबबाट ११ घरेलु गोल तथा नेपालका लागि १ गोलको योगदान समेत गरिसकेका छन् ।[२]

अन्तर्राष्ट्रिय खेल[सम्पादन गर्नुहोस्]

महर्जनले नेपाली टोलीमा २५ मार्च २००८ देखि खेल्न सुरू गरेका हुन्।कास्कीको पोखरामा भएको पाकिस्तान सँग भएको उक्त मैत्रीपूर्ण खेलमा नेपालले १-० को जीत निकाल्न सफल भएको थियो ।साथै उनी नेपालका लागि सर्वाधिक खेल उपस्थिति जनाउने खेलाडी समेत हुन्।उनी नेपालका लागि सबैभन्दा पहिले ५० क्याप खेल्ने खेलाडी समेत हुन्।उनले ५० औँ क्याप भारत विरूद्व २०१५ साफ च्याम्पियनसिपमा पुरा गरेका थिए। [३]

उनी नेपाली फुटबल टिमका एक सफल क्याप्टेन समेत हुन्।जसको कप्तानीमा नेपालले महत्त्वपूर्ण दुईवटा उपाधिहरू उचाल्न सफद भएको थियो ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. बिराज महर्जन नेसनल फुटबल टिम्स डटकममा
  2. "Biraj Maharjan", GoalNepal.com, अन्तिम पहुँच २४ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ अप्रिल २०१४ मिति
  3. "Nepal National Team Defender Biraj Maharjan Completes 50 Caps For Nepal", GoalNepal.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति

बाह्य कडी[सम्पादन गर्नुहोस्]