बिश्वदिप लिङदेन लिम्बु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




एमाले नेता केपी ओलीलाई हराएर सभासद् बन्नुभएका लिम्बु माओवादी बागी उम्मेदवार पनि हुनुहुन्थ्यो। माओवादीले जनमोर्चा नेपालका युक्त भेटवाललाई समर्थन गरेको थियो। ०४६ देखि एमाले अखिलबाट राजनीतिमा लाग्नुभएका लिम्बु ०५५मा माओवादीमा प्रवेश गर्नुभएको थियो।

०५६ देखि पूर्णकालीन हुनुभएका लिम्बु जनमुक्ति सेनामा काम गर्नुभयो। उहाँ जनमुक्ति सेनाको कम्पनी कमाण्डर हुनुभयो। लिम्बु पार्टीको गाउँ सचिव हुँदै एरिया, जिल्ला र हाल माओवादी झापा सचिवालय सदस्य हुनुहुन्छ। उहँ किरात राष्टिय मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ।

मध्यम बर्गीय लाहुरे परिवारमा जन्मनुभएका लिम्बुका युवा वर्गको हकलाई सविधानमै समेट्नु उहाँको मुख्य एजेण्डा हो। माओवादीको जनमुखी कार्यदिशाका कारण र जनताको लागि ज्यान फालेर जनयुद्धमा होमिएकाले पनि जनताले जिताएको उहाँको भनाइ छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]