सामग्रीमा जानुहोस्

बिहु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिहु
असमको बिहु
आधिकारिक नामबिहु
वैकल्पिक नामरोङ्गाली बिहु, काटी बिहु, भोगाली बिहु
अनुयायीअसमका मानिसहरू
प्रकारक्षेत्रीय लोक पर्व
समापनसमाप्ति फरक
मितिबोहाग, काटी र माघ महिनामा
आवृत्तिवर्षमा तीन पटक
सम्बन्धितबुसु डिमा

बिहु (असमिया: বিহু) भारतको असम राज्यको एक महत्वपूर्ण सांस्कृतिक चाड हो[] अप्रिलमा मनाइने 'रोङ्गाली' वा 'बोहाग बिहु', अक्टोबर वा नोभेम्बरमा मनाइने 'कोङ्गाली' वा 'काटी बिहु' र जनवरीमा मनाइने 'भोगाली' वा 'माघ बिहु' गरि बिहुका तीन प्रकारहरू छन्।[] यी पर्वहरूले तिब्बती–बर्मेली, आग्नेली र हिन्द–आर्य परम्पराहरूको संयोजन प्रस्तुत गर्छन्।[] असमका यी विशिष्ट पर्वहरूमा त्यहाँका सबै समुदायहरूले आफ्ना-आफ्ना सांस्कृतिक योगदान दिएको पाइन्छ।[]

रोङ्गाली बिहु तीनवटामध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ, जसलाई वसन्त ऋतुको आगमनको रूपमा मनाइन्छ। भोगाली बिहु वा माघ बिहु बाली कटनीपछि मनाइने पर्व हो, जसमा गाउँभर सामूहिक भोज आयोजना गरिन्छ। कोङ्गाली बिहु वा काटी बिहु भने अभावको समयसँग सम्बन्धित गम्भीर पर्व हो, जसमा मितव्ययिता र प्राणवादी परम्पराको झल्को पाइन्छ।[]

रोङ्गाली बिहु सबैभन्दा महत्वपूर्ण बिहु हो र यो असमी नयाँ वर्षमा मनाइन्छ। हिन्दु पात्रो र बौद्ध पात्रोअनुसार समय निर्धारण हुने हुनाले भारतीय उपमहाद्वीप, पूर्वी एसियादक्षिणपूर्व एसियाका अन्य क्षेत्रहरूसँग पनि सङ्गै मनाइन्छ।[] अन्य दुई बिहु पनि असमी समुदायका लागि विशेष छन्। अन्य केही भारतीय पर्वहरू जस्तै, बिहु कृषिसँग, विशेषगरी धानसँग सम्बन्धित छ। बोहाग बिहु बाली रोप्ने पर्व हो, काटी बिहु बाली संरक्षण र बोटबिरुवाको पूजा तथा प्राणवादी परम्परासँग सम्बन्धित छ भने भोगाली बिहु बाली टिप्ने पर्व हो।[][] असमीहरूले रोङ्गाली बिहु भोज, सङ्गीत र नृत्यका साथ मनाउँछन्। केहीले आफ्ना घरको बाहिरका पोलमा तामा, पित्तल वा चाँदीका भाँडाहरू झुण्ड्याउँछन् भने गाउँघरको सडकमा हिँड्ने बालबालिकाले फूलका मालाले नयाँ वर्ष स्वागत गर्छन्।[]

तीनवटै बिहु असमका परम्परागत पर्वहरू हुन्,[] र परिवारका ज्येष्ठप्रति सम्मान, उर्वरता र आमा देवीप्रतिको आस्था प्रकट गर्छन्। यि उत्सव र अनुष्ठानहरूमा दक्षिणपूर्व एसियाचिनियाँ-तिब्बती संस्कृतिहरूको प्रभाव देखिन्छ।[१०][११][१२] वर्तमान समयमा यी बिहु पर्वहरू असमका सबै समुदायका मानिसहरूले धर्म, जात वा सम्प्रदायको भेदबिना मनाउँछन्।[१३] साथै, असमेली प्रवासी समुदायले पनि विश्वका विभिन्न देशहरूमा यी पर्वहरू उल्लासपूर्वक मनाउने गर्छन्।

बिहु शब्दलाई बिहु नृत्यबिहु लोकगीत जनाउन पनि प्रयोग गरिन्छ।

बोहाग बिहु वा रोङ्गाली बिहु

[सम्पादन गर्नुहोस्]

असमको मुख्य बिहु पर्व वसन्त ऋतुको सुरुवातमा मनाइन्छ। यो सात दिनसम्म मनाइन्छ। चैत्र मसान्तको दिनदेखि सुरु भएर अर्को महिनाको ६ गतेसम्म यो उत्सव मनाइन्छ। सात दिनसम्म प्रत्येक दिन बिहुको फरकफरक नामका बिहु पर्वहरू मनाउने चलन रहेको छ जसले गर्दा यसलाई सात बिहु भनेर पनि चिनिन्छ। यस उत्सवमा कृषकहरूले धान उत्पादनका लागि जमिन तयार पारिरहँदा महिलाहरूले भने पिठा, नाडु आदि तयार गर्छन्। बिहुको पहिलो दिन गोरु बिहु मनाइन्छ। यस दिन गोरुहरूलाई नुहाइदिएर उनीहरूको पूजा गरिन्छ। त्यसको अर्को दिन मानुह बिहु अर्थात् मानव बिहू मनाइन्छ। यस दिन नयाँ लुगा लगाएर नयाँ वर्ष मनाइन्छ। ब्रह्मपुत्रको उत्तर तटमा 'गोसाई बिहु' नामको उत्सव मनाउँदै गर्दा देवताको मूर्ति सफा गरि प्रार्थना गरिन्छ। यस समयमा बिहु गीतको साथ बिहु नृत्यमार्फत युवक-युवतीहरूले उत्सव मनाउने गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "However, the festival to which utmost social importance is assigned by the people is Bihu, a festival that is neither pan-Indian in character nor observed with any religious fervour." (Barua 2009:213)
  2. Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: १३६, आइएसबिएन 978-0-14-341421-6
  3. "As folklorist Lila Gogoi (1988: 1) points out, Aryan, Austric, Mongolian, and Alpine elements are so closely intertwined in the Bihu festival that it is almost impossible to separate them analytically. Celebrated by almost all the communities of Assam, it is inspired by the seasonal changes and the commensurately changing agricultural cycles." (Goswami 2014:61)
  4. "Bihu was born as a uniquely Axomiya festival, to which almost every community of Assam could claim to have lent some elements, but none could assert sole ownership." (Goswami 2014:61)
  5. Sunita Pant Bansal (२००५), Encyclopaedia of India, Smriti Books, पृ: ६७, आइएसबिएन 978-81-87967-71-2
  6. Praphulladatta Goswami (१९६६), The springtime bihu of Assam: a socio-cultural study, Guwahati, ओसिएलसी 474819
  7. S. D. Sharma (२०१०), Rice: Origin, Antiquity and History, CRC Press, पृ: 56, 60–61, आइएसबिएन 978-1-4398-4056-6
  8. Goswami, Praphulladatta (१९६७), "Hindu and Tribal Folklore in Assam", Asian Folklore Studies (JSTOR) 26 (1): 19–27, जेएसटिओआर 1177697, डिओआई:10.2307/1177697
  9. 1 2 Christian Roy (२००५), Traditional Festivals: A Multicultural Encyclopedia, ABC-CLIO, पृ: 479–480, आइएसबिएन 978-1-57607-089-5
  10. Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: ७६, आइएसबिएन 978-0-14-341421-6
  11. Uddipana Goswami (२०१४), Conflict and Reconciliation: The Politics of Ethnicity in Assam, Routledge, पृ: 61–63, आइएसबिएन 978-1-317-55997-9
  12. Amaresh Datta (१९८८), Encyclopaedia of Indian Literature, Sahitya Akademi, पृ: 1277–1278, आइएसबिएन 978-81-260-1194-0
  13. "Culture of Assam - Government Of Assam, India", मूलबाट २५ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]