बुजू धुरी
| बुजू धुरी | |
|---|---|
| Buju Duri | |
| सर्वोच्च विन्दु | |
| उचाइ | २,२०० मी (७,२०० फिट) |
| भूगोल | |
| स्थान | Sunchhahari Rural Municipality 7 |
समुन्द्री सतहबाट करिव २२०० मिटरको उचाईमा रहेको बुजू धुरी सुनछहरी गाउँपालिकाको केन्द्रबिन्दुमा पर्दछ । स्थानिय मगर खाम भाषावाट बुजू भन्नाले बज्यै वा हजुरआमा भन्ने अर्थ लाग्छ भने धुरी भन्नाले डाँडाको टुप्पो वा उच्च स्थानलाई जनाउँदछ । बुजू धुरी र कोठी भिर आपसमा किला गाडेको जस्तै उभिएको छ र सो बुजू धुरीबाट कोठिभिरको धुरी सम्म धागा वा स्थानिय अल्लो र बाँगोको रेसावाट तानेर कपडा बुनि अथवा स्थानिय भाषामा बल्ला बुनी धुरीको पश्चिमतिर रहेका जेलबाङ गाउँ वरपरका सबै गाउँलाई बल्ला वा कपडा पुर्याएको र कपडा वा बल्ला बुन्न समेत सिकएको भनी स्थानिय मगरहरुले बजुलाई मानि सो अनुरुप नाम रहन गएको भन्ने भनाई छ । परापूर्वकालमा जलजलास्थित भामा गुफामा बस्ने १२ भाई बराह र १७ बहिनी बुजू मध्ये १ एक जना यहि आएर बसेको भन्ने मान्यता नि रहेको छ । [१]
बिशेषता
[सम्पादन गर्नुहोस्]बुजू धुरीलाई धार्मिक आस्थाको रुपमा नि हेर्ने गरिन्छ यहाँ जेठ पुर्णिमाको दिन स्थानिय र बिभिन्न ठाउँबाट आस्था बोकी यो ठाउँ वा वरपर पुजा गर्ने गरिन्छ । यो धुरी वरपर फलाम खानी, सुन खानी र तामा खानी पनि रहेको भन्ने गरिन्छ । यो धुरीबाट उत्तरतर्फ धवलागिरी हिमश्रङखला अन्तर्गतका धवलागिरी हिमाल, अन्नपुर्ण हिमाल I, अन्नपुर्ण हिमाल II र माछापुच्छ्रे हिमालको काखैमा जन्तरे, जलाकी, तिलाचन र कोठीभिर पहाडहरु लत्तरम्म देखिन्छ ।[२] पश्चिमतर्फ ओखरेनी, धरमपानी र तिनकिल्ला जस्ता अग्ला अग्ला पहाडहरु आँखै अगाडि देखिन्छन् । सुनछहरी गाउँपालिकाको सबै वडा नियाल्न वा अबलोकन गर्नको लागि यो उपयुक्त ठाउँ हो ।[३] पूर्बि रोल्पाको ब्यापारिक केन्द्र सुलिचौर, खुंग्रि र प्यूठान समेतबाट स्थानिय पर्यटक वा आन्तरिक पर्यटकको लागि पदयात्रा, पिकनिक स्थल, स्थानिय मगर जातिको परम्परागत जिबनशैली नियाल्न र प्रकृतिसँगै गुराँस काफलहरुसँग रमाउनको लागि यो उपयुक्त स्थान रहेतापनि प्रचार प्रचार वा बाटो जतिलताका कारण यो ठाउँमा कमै मात्रमा पुगेको पाइन्छ । यहि बाटो भएर मिजाखोर, ओपा, सुनफलुप हुँदै जलजला जाने रुट हुँदाहुँदै पनि बाटो कठिनाईले गर्दा कम मात्रमा मात्र गएको पाईन्छ । यो बुजू धुरी वरपर बिभिन्न प्रकारका जडिबुटीहरु पनि पाईन्छ ।[४]
कसरी पुग्ने
[सम्पादन गर्नुहोस्]सुलिचौरबाट करिब २० कि.मी. को दुरीमा सुलिचौर-जेलबाङ मोटरबाटो हुँदै खिबाङको बिबाङ डाँडासम्म बाईक वा गाडिमा आउन सकिन्छ र त्यसपछि करिब ३ घण्टाको याबाङ दह, गिच्चे हुँदै गोरेटो बाटो र सिँढीवाटो गरेर पुगिन्छ बुजू धुरी ।[५]
सन्दर्भ सामग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ "सुनछहरी गाउँपालिका | गाउँ कार्यापालिकाको कार्यालय पोबाङ रोल्पा, लुम्बिनी प्रदेश , नेपाल", sunchhaharimun.gov.np, अन्तिम पहुँच २०२५-०४-२३।
- ↑ "जेलवाङ", विकिपिडिया (नेपालीमा), २०२५-०४-१५, अन्तिम पहुँच २०२५-०४-२३।
- ↑ "जेलवाङ", विकिपिडिया (नेपालीमा), २०२५-०४-१५, अन्तिम पहुँच २०२५-०४-२३।
- ↑ "Filming Sites", film.gov.np, अन्तिम पहुँच २०२५-०४-२३।
- ↑ "बजु धुरी Baju Duri · 9QFJ+M97, जेलवाङ 22100, नेपाल", बजु धुरी Baju Duri · 9QFJ+M97, जेलवाङ 22100, नेपाल (ne-USमा), अन्तिम पहुँच २०२५-०४-२३।