बुढा (थर)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अछाम या पश्चिमी भेकमा पाईने , पुरातन बर्गिकरण अनुसार क्षत्रीय जातीमा पर्ने थर। बुढा थर सैनिक दर्जाका रूपमा प्राप्त पदवी हो । मध्यकालमा कर्णाली सेरोफेरोका बाइसे राज्यहरूमा बुढा पदवी सैनिक दर्जाका रूपमा दिइने गरिन्थ्यो र पछि उक्त पदवी नै थरका रूपमा प्रयोग भई बुढा थर क्षेत्री जातिको रूपमा रहेको हो । बुढा क्षेत्री अछामको साथसाथै दैलेख जुम्ला जाजरकोट बाजुरा मुगु हुम्ला लगायत जिल्लाहरूमा बसोवास रहेको जाति हो । मुख्य पेशा कृषि अपनाएको यस जातिलाई क्षेत्री जातिको वर्गीकरणमा राखिएको भएपनि बुढा थर लेख्ने मगरहरु पनि रहेका छन् । कतिपयलाई बुढा जनजातिको वर्गीकरणमा पर्छ भन्ने भ्रम रहने गरेको पनि पाइन्छ ।

बुढा थर लेख्ने क्षेत्री जातिहरूको पुरातन बसोवासको क्षेत्र वाइसे चौविसे राज्य अन्तर्गत जुम्ला र दैलेखको दुल्लुलाई राजधानी बनाई राज्य गर्ने ठकुरीवंशी राजाहरुकै सेनाका विविध पदवीहरु मध्ये बुढा पनि एउटा सैनिक दर्जा एवं पदवी हो । उक्त पदवी पाउनेहरूले बुढा थर लेख्ने प्रचलन सुरु गरे र कालान्तरमा बुढा थर रहन गएको हो[स्रोत नखुलेको]