बुद्धि राम गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लमजुङको श्रीभञ्ज्याङमा २०१७ साल माघमा जन्मेका माओवादी सभासद् बुद्धिराम तमुले २०३९ सालदेखि कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो। गोपीराम र भुन्टी गुरुङका छोरा तमुले माओवादी निकटको तमु राष्टिय मुक्ति मोर्चाका जिल्ला सदस्य हुँदै २०५८ सालमा त्यस्को केन्द्रीय सदस्य हुनुभयो।

तमु २०५९ सालमा माओवादी पार्टीको लमजुङ जिल्ला समितिको सदस्य र तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष बन्नु भएको थियो। उहाँ २०६० सालमा तमुवान स्वायत्त प्रदेशका सदस्यहुँदै २०६४ सालमा राज्य समितिका सदस्य बन्नु भयो।

माओवादी पार्टी प्रति जनताले गरेको विश्वास नै आफ्नो विजयको कारण भएको तमु बताउनुहुन्छ। शोषित पीडित जनताको पक्षमा संविधान लेख्ने तमुको लक्षय रहेको छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]