बुधनीदेवी महतो नुनिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




महोत्तरीबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् बुधनीदेवी महतो नुनिया 'नुनिया समाज'की एक मात्र महिला सभासद् हुनुहुन्छ। तराईका अल्पसंख्यक आदिवासीको रूपमा आफूलाई सरकारलाई मान्यता दिन सरकारलाई दबाब दिदैआएका नुनिया जातिको पहिचान र अस्तित्वलाई संविधानमा सुनिश्चित गर्ने र तराईका महिला तथा तराईका जातिका अधिकारलाई संविधानमै लेख्न पहल गर्ने बुधनीदेवीका संविधानमा लेखाउने मुख्य एजेण्डा छन्। माओवादीको जनयुद्धले उठाएका मुद्दा र जनताको पक्षमा काम गर्ने आफ्नो दृढ संकल्पका कारण आफूलाई जनताले जिताएको महतोको तर्क छ।

०५५ देखि मात्र राजनीतिमा आउनुभएकी बुधनी सामान्य साक्षर मात्र हुनुहुन्छ। बिगतमा मजदुरी गरी गुजारा चलाउने बुधनीका ०५५ देखि ०६२ सम्म भूमिगत राजनीति गर्नुभयो। ३६ वर्षीया बुधनी महोत्तरीको ल७३मनीया -८ लक्षमनीया वासी हुनुहुन्छ। चुल्हाइ र दुलारी देवीकी छोरी बुधनीका दुई छोरा दुई छोरी छन्।[१]

सन्दर्भ[सम्पादन गर्ने]