बुन्डेसटाक
जर्मन बुन्डेसट्याग ड्युस्चर बुन्डेसट्याग | |
|---|---|
| 20th Bundestag | |
| नेतृत्वकर्ता | |
| संरचना | |
| सिट | 736 |
Government (416)
विपक्षी दलहरू (320) | |
| निर्वाचन | |
| Mixed-member proportional representation | |
| 26 September 2021 | |
| 2025 or earlier | |
| बैठक स्थल | |
| Reichstag building Mitte, Berlin, Germany | |
| वेबसाइट | |
| www | |

युरोपको विकसित राष्ट्र जर्मनीको व्यवस्थापिकालाई बुन्देस्त्याग भनिन्छ । उक्त व्यवस्थापिकाको कार्यालय बर्लिनमा अवस्थित छ । बुन्देस्त्यागमा कम्तिमा ५९८ सदस्य हुन्छन् । हरेक चार वर्षमा जर्मनीमा निर्वाचन हुन्छ । यदि राजनीतिक दलले कुल मतको ५% मत प्राप्त गरे एक सिट पाउँछ । प्रत्येक मतदाताहरूले उम्मेद्धवार र पार्टीलाई गरेर जम्मा दुई मत खसाल्न पाउँछन् । ब्रिटिस हाउस अफ कमन्स र युएस हाउस अफ रिप्रेजेन्टेटिभ्समा जस्तै बुन्देस्त्यागमा पनि २९९ सदस्यहरूले निर्वाचन क्षेत्र निर्धारण गर्छ । अरू आधा सदस्यहरू राजनीतिक दलहरूले आफुले पाएको मत अनुसार छनौट गर्छन् । एउटा राजनीतिक दलले पाएको सिट संख्या अर्को राजनीतिक दलले पाएको मतमा निर्भर रहन्छ तर यदि एउटा पार्टीले निर्वाचन क्षेत्र सिट जितेमा उसैले ती सिटहरू राख्न पाउने प्रावधान छ । अतिरिक्त सिट वा अतिरिक्त म्यान्डेटका कारण कहिलेकाहीँ बुन्देस्त्यागमा ५९८ भन्दा बढी सदस्य हुन्छन् ।