बेत्रावती सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बेत्रावती सन्धि वि.सं १८४९ (सन् १७९२ )मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल –तिब्बत /चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो ।

युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो। भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो र नेपालले चीनसँग वेत्रावतीको सन्धी गर्नु पर्यो।


बेत्रावती सन्धिका प्रमुख धारा यस प्रकार छन् :

धाराहरु[सम्पादन गर्नुहोस्]

  • नेपाल र भोट बीच सदाकाल भातृत्व सम्बन्ध कायम गर्ने र आपसी मतभेदको समाधानको लागि ल्हासास्थित चीनियाँ अम्बालाई अनुरोध गर्ने ।
  • नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्षमा उपहार पठाउने, नेपालबाट जाने आउने व्यबस्था चीनबाट हुने र चीनबाट पनि उपहार पठाउने ।
  • नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने ।
  • नेपालमा तेश्रो मुलुकबाट आक्रमण भएमा चीनले नेपाललाई सहयोग गर्ने ।
  • नेपालले डिगर्चा मठबाट लुटेर ल्याएको सम्पति फिर्ता गर्ने तथा समर्पा लामाका वस्तुहरु र नोकर चाकर भोटलाई बुझाउने ।
  • नेपालले सन् १७८९ को सन्धि तथा मुद्रा सम्बन्धि सुबिधाको दावी गर्न नपाउने ।

परिणाम / असर[सम्पादन गर्नुहोस्]

  • समर्पा लामालाई नेपालले बुझाउनु पर्ने भएपछी उनले आत्महत्या गरे । नेपाल भोट सम्बन्ध झनै जटिल बन्यो । नेपालले समर्पा लामाको शव भोटलाई बुझायो ।
  • नेपाल चीनको संरक्षित राज्य सरह भयो ।
  • नेपालको सिक्का टक मुद्रा अब भोटले नचलाउने भए पछि नेपाललाई ठुलो आर्थिक क्षति भयो ।
  • बहादुर शाहको पतन भयो ।
  • नेपालको एकीकरण अभियानमा धक्का

कुटनीतिक आदान प्रदान[सम्पादन गर्नुहोस्]

सन्धि अनुसार नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्ष मा उपहार पठाउने, नेपालबाट जाने आउने व्यबस्था चीनबाट हुने र चीनबाट पनि उपहार पठाउने कुरा थियो । त्यसको लिखतमा नेपाली राजाले चीनलाई "मौसुफ" भनेर सम्बोधन गर्थ्यो भने चीनले नेपाललाई "तिमी" भनेर सम्बोधन गर्थ्यो ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. डा. प्रेम सिंह बस्न्यात अन्तर्वार्ता वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-११ मिति