बेदकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेदकोट
लिङ्गेश्वरधाम क्षेत्र - बेदकोट नगरपालिका, कञ्चनपुर
लिङ्गेश्वरधाम क्षेत्र - बेदकोट नगरपालिका, कञ्चनपुर
आदर्श वाक्य(हरू): 
समृद्ध वेदकोट नगरको आधार, कृषि उद्योग पर्यटन र पूर्वाधार
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
वडा संख्या१०
स्थापना२०७२ असोज १
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गनगर कार्यपालिका
 • प्रमुखअशोक कुमार चन्द (नेकपा (एमाले))
 • उपप्रमुखशुशिला सिंह नेकपा (एमाले)
क्षेत्रफल
 • जम्मा१५९.९२ किमी (६१.७५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४९,४७९
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटbedkotmun.gov.np

बेदकोट नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा सुडादैजी यी २ गाउँ विकास समितिहरूलाई समेटेर बेदकोट नगरपालिका घोषणा गरिएको हो।[४] बेदकोट नगरपालिकाको केन्द्र सुडा गाउँ विकास समितिको शिशैया बजार क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सुडादैजी यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बेदकोट नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बेदकोट नगरपालिकाको जनसङ्ख्या ४९,४७९ रहेको छ।[५] यहाँको प्रसिद्ध धार्मिक स्थल मानिने बैजनाथ धाम यहि बेदकोट नगपालिका वडा न ३ मा पर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]