बेलकोट गढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलकोट गढी
बेल्कोट
नुवाकोट जिल्लाको बेलकोट गाविस
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
साइट जानकारी
अवस्थाभग्नावशेष
साइट इतिहास
सिर्जनाकर्तापृथ्वीनारायण शाह
सामग्रीढुंगा
लडाइँ / युद्धनुवाकोट विजय

बेलकोट गढी नुवाकोट जिल्लाको बेलकोट गाविसमा अवस्थित ऐतिहासिक महत्त्वको स्थान हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको शुरुवातमा नुवाकोट आक्रमणका लागि बेल्कोट गढी निर्माण गरेका थिए । समुन्द्र सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा निर्मित बेल्कोट गढीलाई रणनीतिक एवं सामरीक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण मानिन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारीदुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । अग्लो डाडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ । बेल्कोटगढीबाट लाङटाङ, गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बतको केरुङ, काठमाडौँ, मकवानपुर जिल्ला, गोरखा सम्मको दृश्यावलोकन गर्न सकिने भएका कारण यसलाई पर्यटकीय स्थलका रूपमा समेत विकसित गर्न सकिने सम्भावना रहेको छ ।