बेलवारी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेलवारी नगरपालिका
देश नेपाल
राज्यपूर्वाञ्चल
जिल्लाकोशी
जिल्लामोरङ
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरज्ञानेन्द्र सुवेदी
 • उप मेयरढाका देवी पराजुली
क्षेत्रफल
 • जम्मा७०.१ किमी (२७.१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३१,६४७
 • घनत्व४५०/किमी (१,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-२१
वेबसाइटwww.belbarimun.gov.np

बेलवारी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] साविक बेलवारी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो। बेलवारी नगरपालिका घोषणा गर्दा बेलवारीकसेनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेलवारी पनि नगरपालिका बनेको हो।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन।[६]

जनसङ्ख्या[सम्पादन गर्ने]

यो नगरपालिका बेलवारीकसेनी मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ३१,६४७ रहेको छ।[१][२][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "वेलवारी नगरपालिका" 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. ४.० ४.१ "जिल्ला विकास समितिको कार्यालय, मोरङ" 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

ढाँचा:नेपालका नगरपालिकाहरू