सामग्रीमा जानुहोस्

बेलायती भर्जिन टापु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलायती भर्जिन टापु
आदर्श वाक्य
भिजिलाते (ल्याटिन)
राष्ट्रिय गान: "गड सेभ द किङ"

क्षेत्रीय गीत: "ओ, ब्युटिफुल भर्जन आइल्यान्ड्स"
 बेलायती भर्जिन टापुको अवस्थिति (रातोमा)
 बेलायती भर्जिन टापुको अवस्थिति (रातोमा)
Location of {{{official_name}}}
सार्वभौम राज्य संयुक्त अधिराज्य
उपनिवेश अगाडिडच वेस्ट इन्डिज
बेलायती उपनिवेशसन् १६७२
छुट्टै उपनिवेशसन् १९६०
स्वशासनसन् १९६७
राजधानीरोड टाउन
१८°२५′५३″उ ६४°३७′२३″प / 18.43139°N 64.62306°W / 18.43139; -64.62306
Largest cityराजधानी
आधिकारिक भाषाहरूअङ्ग्रेजी
जातीय समूहहरू
(सन् २०१०[])
७६.९% अश्वेत
५.६% ल्याटिन अमेरिकी
५.४% श्वेत
५.४% मिश्रित
२.१% भारतीय
४.६% अन्य
सरकारसंसदीय आश्रित संवैधानिक राजतन्त्र
चार्ल्स तृतीय
• [प्रमुख
डेनियल प्रुस
• उपप्रमुख
डेभिड आर्चर
नटालियो ह्विट्ली
व्यवस्थापिकाप्रतिनिधि सभा
संयुक्त अधिराज्य सरकार
स्टेफन डुगाटी
क्षेत्रफल
• जम्मा
१५३ किमी (५९ वर्ग माइल)
• पानी (%)
१.६
उच्चतम उचाई
५२१ मिटर (१७०९ फिट)
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
३०,०३० (२२२औँ)
• सन् २०१० census
२८,०५४[]
• जनघनत्व
२६० /किमी2 (६७३.४ /वर्ग माइल) (६८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१७ अनुमानित
• जम्मा
$५० करोड[]
• प्रतिव्यक्ति आय
$३४,२००
मुद्राअमेरिकी डलर ($)
समय क्षेत्रयुटिसी-४:०० (आन्ध्र समय क्षेत्र)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगबायाँ
टेलिफोन कोड+१ -२८४
इन्टरनेट डोमेन.भिजी
वेबसाइटhttps://gov.vg/

बेलायती भर्जिन टापु[] वा आधिकारिक रूपमा भर्जिन टापु[] क्यारिबियनमा अवस्थित एक बेलायती समुद्रपार क्षेत्र हो। यसको पूर्वमा पोर्तो रिकोअमेरिकी भर्जिन टापु र उत्तर पश्चिमा एङ्गुइला पर्दछ। यी टापुहरू भौगोलिक रूपमा भर्जिन टापु द्वीपसमूहको भाग हुन् जुन लघुत्तम एन्टिल्सको लिवार्ड टापु र वेस्ट इन्डिजको भागमा अवस्थित छन्।

ब्रिटिस भर्जिन टापुहरू टोर्टोला, भर्जिन गोर्डा, एनेगाडा र जोस्ट भान डाइकका मुख्य टापुहरू सहित ५० भन्दा बढी अन्य साना टापुहरू र प्रवालीहरू मिलेर बनेको छ। लगभग १६ टापुहरूमा बसोबास गरिएको छ।[] यसको राजधानी, रोड टाउन हो जुन टोर्टोलामा पर्दछ जुन सबैभन्दा ठूलो टापु हो।[] यो लगभग २० किलोमिटर (१२ माइल) लामो र ५ किलोमिटर (३ माइल) चौडा छ। सन् २०१० को जनगणना अनुसार यी टापुहरूको जनसङ्ख्या २८,०५४ थियो, जसमध्ये २३,४९१ टोर्टोलामा बस्थे; हालको अनुमान अनुसार यहाँको जनसङ्ख्या ३५,८०२ (जुलाई २०१८) रहेको छ।[]

यस क्षेत्रको अर्थव्यवस्थामा पर्यटन र वित्तीय सेवाहरूको अत्यधिक प्रभुत्व छ। वित्तीय सेवाहरूको सन्दर्भमा, यो क्षेत्र कर चोरी र सम्पत्ति लुकाउनको लागि एक प्रमुख केन्द्रको रूपमा चिनिन्छ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ The BVI Beacon "Portrait of a population: 2010 Census published" p. 4, 20 November 2014
  2. "British Virgin Islands", द वर्ल्ड फ्याक्टबुक (२०२५ संस्करण), केन्द्रीय गुप्तचर संस्था, २२ अप्रिल २०२२।  (अभिलेख 2022 संस्करण)
  3. ३.० ३.१ ३.२ "British Virgin Islands", द वर्ल्ड फ्याक्टबुक (२०२५ संस्करण), केन्द्रीय गुप्तचर संस्था, अन्तिम पहुँच १३ जुलाई २०१९  (अभिलेख 2019 संस्करण)
  4. भर्जिन टापुको संविधान, सन् २००७, अनुसार यसको आधिकारिक नाम भर्जिन टापु हो।
  5. "Encyclopedia Britannica - BVI", अन्तिम पहुँच १३ जुलाई २०१९ 
  6. "Dirty money's hiding spots: How corruption funds disappear overseas -…", Transparency.org (अङ्ग्रेजीमा), २०२४-१२-१६। 
  7. "British Virgin Islands corruption scandal threatens its dependable tax haven reputation - ICIJ", ICIJ (en-USमा), २०२१-०१-२६। 
  8. Butts, Dylan (२०२४-१०-१६), "Overseas UK territories are the 'biggest enablers of corporate tax abuse,' tax advocacy group says", CNBC (अङ्ग्रेजीमा)। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
आधिकारिक वेबसाइट
विकिमिडिया सामग्री