बेलायती सिंहासनको उत्तराधिकारी

बेलायती सिंहासनको उत्तराधिकारी वंश, लिङ्ग,[टिप्पणी १] वैधानिकता र धर्मद्वारा निर्धारण गरिन्छ। सामान्य कानून अन्तर्गत, शिरपेच सार्वभौमका सन्तानहरूले वा सन्तान नभएको अवस्थामा सार्वभौमको निकटतम पार्श्व रेखाले उत्तराधिकारमा पाउँछन्। अधिकारको विधेयक १६८९ र अधिकारको बन्दोबस्त ऐन १७०१ ले सिंहासनको उत्तराधिकारलाई ह्यानोभरकी सोफिया (फाल्ज की राजकुमारी सोफिया) का वैध प्रोटेस्टेन्ट वंशजहरूमा सीमित गर्दछ जो "चर्च अफ इङ्ल्यान्डसँग सम्पर्क मा छन्।[१] क्याथोलिकसँग विवाह गर्नेहरूलाई सन् १६८९ देखि अयोग्य मानिएको थियो तर सन् २०१५ मा कानून संशोधन गरिएपछि यो प्रतिबन्ध हटाइएको थियो। रोमन क्याथोलिक भएका कारण बाहिर राखिएकाहरूका प्रोटेस्टेन्ट वंशजहरू भने उत्तराधिकारका लागि योग्य हुन्छन्।[२]
राजा चार्ल्स तृतीय सन् २०२२ देखि सिंहासनमा छन् भने उनका उत्तराधिकारी जेठा छोरा राजकुमार विलियम हुन्। विलियमका तीन सन्तानहरू;राजकुमार जर्ज, राजकुमारी सार्लोट र राजकुमार लुई जन्मको क्रम अनुसार त्यसपछिको रोलक्रममा छन्। उत्तराधिकारको पाँचौँ स्थानमा राजाका कान्छा छोरा राजकुमार ह्यारी, ससेक्सका ड्युक छन् भने छैटौँमा ह्यारीका जेठा सन्तान राजकुमार आर्ची छन्। सन् २०१५ मा लागू भएको पर्थ सम्झौता अनुसार, उत्तराधिकारको रोलक्रममा रहेका पहिलो छ जनालाई मात्र विवाह गर्नुअघि सार्वभौमको सहमति आवश्यक पर्दछ; यस्तो सहमति बिना विवाह गरेमा, उनीहरू र उनीहरूका सन्तानहरू उत्तराधिकारका लागि अयोग्य हुनेछन्। सार्वभौम राज्यहरू मध्ये राष्ट्रप्रमुख एकै व्यक्ति हुने र उत्तराधिकारको क्रम पनि एउटै हुने राज्य संयुक्त अधिराज्य हो जुन राष्ट्रमण्डल राज्य अन्तर्गत पर्दछ। सन् २०११ मा, तत्कालीन १६ वटा राज्यका प्रधानमन्त्रीहरूले उत्तराधिकारको नियमहरू संशोधन गर्न सर्वसम्मतिले सहमति जनाएका थिए। पुरुष-प्राथमिकता ज्येष्ठाधिकारलाई खारेज गरिएपछि २८ अक्टोबर २०११ पछि जन्मेका पुरुषहरूले उत्तराधिकारको क्रममा आफ्ना दिदीहरूलाई उछिन्न पाउने छैनन्। साथै क्याथोलिकसँगको विवाहमा लगाइएको प्रतिबन्ध पनि हटाइएको थियो। यद्यपि राजा वा रानी अझै पनि चर्च अफ इङ्ल्यान्डका अनुयायी हुनुपर्ने व्यवस्था छ। प्रत्येक राज्यको संविधान अनुसार आवश्यक कानूनहरू पारित भएपछि, यी परिवर्तनहरू २६ मार्च २०१५ देखि लागू भएका थिए।
वर्तमान उत्तराधिकारको रोलक्रम
[सम्पादन गर्नुहोस्]उत्तराधिकारको रोलक्रमको कुनै आधिकारिक र पूर्ण विवरण राखिएको छैन। अलि टाढाका पार्श्व रेखाहरूमा कति व्यक्तिहरू उत्तराधिकारका लागि योग्य छन् भन्ने कुरा निश्चित छैन। सन् २००१ मा, अमेरिकी वंशावलीविद् विलियम एडम्स रिट्विज्नरले रोमन क्याथोलिकहरूलाई नहटाई उत्तराधिकारको क्रममा इलेक्ट्रेस ह्यानोभरकी सोफियाका ४,९७३ जीवित वंशजहरूको सूची तयार पारेका थिए।[३] सन् २०११ जनवरीमा सो सूची अद्यावधिक गर्दा ५,७५३ जना पुगेका थिए।[४] दुवै सूचीको अन्तिम स्थानमा (नम्बर ४,९७३ र ५,७५३ मा) जर्मनीको रोस्टोककी एक थेरापिस्ट कारिन भोगेल (जन्म १९७३) थिइन्।[५]
सन् २०२६ सम्ममा, बेलायती सरकारले एन्ड्र्यु माउन्टब्याटन-विन्डसरलाई उत्तराधिकारको क्रमबाट हटाउन कानून बनाउने बारे विचार गरिरहेको छ, जसका लागि सबै राष्ट्रमण्डफ राज्यहरूको सहमति आवश्यक पर्नेछ।[६] क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डका सरकारहरूले यस्तो कदमको समर्थन गर्ने बताएका छन्।[७][८][९]
तल दिइएको व्याख्यात्मक सूचीले यस उत्तराधिकार क्रमको पहिलो भागलाई समेट्छ, जुन राजा चार्ल्स तृतीयका जिजुबुबा राजा जर्ज पाँचौँका छोराहरूका वंशजहरूमा सीमित छ। छड्के अक्षर मा लेखिएका व्यक्तिहरूलाई सङ्ख्या दिइएको छैन किनभने कि त उनीहरूको मृत्यु भइसकेको छ वा स्रोतहरूका अनुसार उनीहरू उत्तराधिकारबाट वञ्चित छन्।[टिप्पणी २]
| चिह्न | सूचीको लागि स्रोत वा उत्तराधिकारबाट वञ्चित गरिएको टिपोट |
|---|---|
| वर्तमान सम्राट (राजा) | |
| पूर्व सम्राट/साम्राज्ञी | |
| B | बेलायती राजतन्त्रको आधिकारिक वेबसाइट, "उत्तराधिकारी" अनुसार सूचीबद्ध,[१०] फेब्रुअरी २०२५ अनुसार[उद्यतन] |
| D | : डे-ब्रेट्स वेबसाइट (२९ जनवरी २०२५ अनुसार[उद्यतन]): "द लाइन अफ सक्सेसन"[११] |
| W | विटअकर्स अलमन्याक २०२१[१२] |
| M | यी व्यक्तिहरू रोमन क्याथोलिकसँग विवाह गरेका कारण वञ्चित थिए। पर्थ सम्झौता लागू भएपछि २६ मार्च २०१५ मा यो प्रतिबन्ध खारेज गरि उनीहरूलाई उत्तराधिकारको क्रममा पुन: बहाल गरिएको थियो। |
| X | रोमन क्याथोलिक भएका कारण वञ्चित। पर्थ सम्झौता पछिका परिवर्तनहरूले यस बहिष्कारलाई असर गर्दैन। |
जर्ज पाँचौँ (सन् १८६५–१९३६)
एडवर्ड आठौँ (सन् १८९४–१९७२)
जर्ज छैटौँ (सन् १८९५–१९५२)
रानी एलिजाबेथ द्वितीय (सन् १९२६–२०२२)
राजा चार्ल्स तृतीय (जन्म. सन् १९४८)
- (१) वेल्सका राजकुमार विलियम (जन्म. सन् १९८२) B D W
- (२) वेल्सका राजकुमार जर्ज (जन्म. सन् २०१३) B D W
- (३) वेल्सकी राजकुमारी सार्लेट (जन्म. सन् २०१५) B D W
- (४) वेल्सका राजकुमार लुई (जन्म. सन् २०१८) B D W
- (५) राजकुमार ह्यारी, ससेक्सका ड्युक (जन्म. सन् १९८४) B D W
- (६) ससेक्सका राजकुमार आर्ची (जन्म. सन् २०१९) B D W
- (७) ससेक्सकी राजकुमारी लिलिबेट (जन्म. सन् २०२१) B D
- (१) वेल्सका राजकुमार विलियम (जन्म. सन् १९८२) B D W
- (८) एन्ड्र्यु माउन्टब्याटन-विन्डसर (जन्म. सन् १९६०) B D W
- (९) राजकुमारी बिएट्रिस (जन्म. सन् १९८८) B D W
- (१२) राजकुमारी युजेनी (जन्म. सन् १९९०) B D W
- (१५) राजकुमार एडवर्ड, एडिनबर्गका ड्युक (जन्म. सन् १९६४) B D W
- (१६) जेम्स, वेसेक्सका अर्ल (जन्म. सन् २००७) B D W
- (१७) लेडी लुई माउन्टब्याटन-विन्डसर (जन्म. सन् २००३) B D W
- (१८) एन, राजकुमारी रोयल (जन्म. सन् १९५०) B D W
- (१९) पिटर फिलिप्स (जन्म. सन् १९७७) B D W
- (२२) जारा टिन्डल (विवाह पूर्व फिलिप्स; जन्म. सन् १९८१) B D W
- राजकुमारी मार्गरेट, स्नोडनकी काउन्टेस (सन् १९३०–२००२)
- (२६) डेभिड आर्मस्ट्रङ्ग-जोन्स, स्नोडनका दोस्रो अर्ल (जन्म. सन् १९६१) D W
- (२७) चार्ल्स आर्मस्ट्रङ्ग-जोन्स, भाइकाउन्ट लिनली (जन्म. सन् १९९९) D W
- (२८) लेडी मार्गरिटा आर्मस्ट्रङ्ग-जोन्स (जन्म. सन् २००२) D W
- (२९) लेडी सारा चाटो (विवाह पूर्व आर्मस्ट्रङ्ग-जोन्स; जन्म. सन् १९६४) D W
- (३०) सामुएल चाटो (जन्म. सन् १९९६) D W
- (३१) आर्थर चाटो (जन्म. १९९९) D W
- (२६) डेभिड आर्मस्ट्रङ्ग-जोन्स, स्नोडनका दोस्रो अर्ल (जन्म. सन् १९६१) D W
- राजकुमार हेनरी, ग्लौसेस्टरका ड्युक (सन् १९००–१९७४)
- (३२) राजकुमार रिचर्ड, ग्लौसेस्टरका ड्युक (जन्म. सन् १९४४) D W
- (३३) अलेक्जेन्डर विन्डसर, अल्स्टरका अर्ल (जन्म. सन् १९७४) D W
- (३६) लेडी डेभिना विन्डसर (जन्म. सन् १९७७) D W
- (३९) लेडी रोज गिलम्यान (विवाह पूर्व विन्डसर; जन्म. सन् १९८०) D W
- (३२) राजकुमार रिचर्ड, ग्लौसेस्टरका ड्युक (जन्म. सन् १९४४) D W
- राजकुमार जर्ज, केन्टका ड्युक (सन् १९०२–१९४२)
- (४२) राजकुमार एडवर्ड, केन्टका ड्युक (जन्म. सन् १९३५) D W
- (४३) जर्ज विन्डसर, सेन्ट एन्ड्रयूजका अर्ल (जन्म. सन् १९६२) M D W
- एडवर्ड विन्डसर, लर्ड डाउनप्याट्रिक (जन्म. सन् १९८८) X D W
- लेडी मारिना विन्डसर (जन्म. सन् १९९२) X D W
- (४४) लेडी अमेलिया विन्डसर (जन्म. सन् १९९५) D W
- लर्ड निकोलस विन्डसर (जन्म. सन् १९७०) X D W
- (४५) अल्बर्ट विन्डसर (जन्म. सन् २००७) X? D W [टिप्पणी ३]
- (४६) लियोपोल्ड विन्डसर (जन्म. सन् २००९) X? D W [टिप्पणी ३]
- (४७) लुइस विन्डसर (जन्म. सन् २०१४) X? D W
- (४८) लेडी हेलेन टेलर (विवाह पूर्व विन्डसर; जन्म. सन् १९६४) D W
- (४३) जर्ज विन्डसर, सेन्ट एन्ड्रयूजका अर्ल (जन्म. सन् १९६२) M D W
- (५३) केन्टका राजजकुमार माइकल (जन्म. सन् १९४२) M D W
- (५४) लर्ड फ्रेडरिक विन्डसर (जन्म. सन् १९७९) D W
- (५७) लेडी गेब्रिएला किङ्गस्टन (विवाह पूर्व विन्डसर; जन्म. सन् १९८१) D W
- (५८) राजकुमारी अलेक्जेन्ड्रा, द अनरेबल लेडी ओगिल्भी (जन्म. सन् १९३६) D W
- (५९) जेम्स ओगिल्भी (जन्म. सन् १९६४) D W
- (६२) मारिना ओगिल्भी (जन्म. सन् १९६६) D W
- (४२) राजकुमार एडवर्ड, केन्टका ड्युक (जन्म. सन् १९३५) D W
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ २८ अक्टोबर २०११ मा वा सोभन्दा अघि जन्मेका पुरुषहरू उत्तराधिकारको क्रममा आफ्ना ठूला दिदीहरू भन्दा अगाडि आउँछन्।[१]
- ↑ सन्तान नभएका केही मृतक व्यक्तिहरूलाई सूचीमा समावेश गरिएको छैन, उदाहरणका लागि संयुक्त अधिराज्यका राजकुमार जोन र ग्लौसेस्टरका राजकुमार विलियम।
- 1 2 अल्बर्ट र लियोपोल्ड विन्डसर सन् २०१५ सम्म बेलायती राजतन्त्रको आधिकारिक वेबसाइटमा र Whitaker's Almanack को २०१३ संस्करणमा एस्टेला टेलर (जन्म २००४) पछि र उत्तराधिकारका लागि योग्यको रूपमा सूचीबद्ध थिए; MSN News, र २०१५ र २०२१ का विटअकर्स अलमन्याक ले उनीहरूलाई लेडी अमेलिया विन्डसर पछि र लेडी हेलेन टेलर अघि सूचीबद्ध गरेका छन्। उनीहरूलाई क्याथोलिकका रूपमा बप्तिस्मा दिइएको थियो र २०१२ भन्दा अघिका संस्करणहरूमा सूचीमा समावेश गरिएको छैन। डेब्रेट्सका अनुसार उनीहरू वयस्क भएपछि उत्तराधिकारको क्रममा उनीहरूको स्थानको पुन: मूल्याङ्कन गरिनेछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "Succession", Official website of the British monarchy, मूलबाट १३ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२२।
- ↑ Bogdanor (1995), p. 55.
- ↑ Reitwiesner, W. A., "Persons eligible to succeed to the British Throne as of 1 Jan 2001", wargs.com, मूलबाट ९ जुन २००५-मा सङ्ग्रहित।
- ↑ Lewis, David, "Persons eligible to succeed to the British Throne as of 1 Jan 2011", wargs.com, मूलबाट १७ मे २०११-मा सङ्ग्रहित।
- ↑ Sonne, Paul (२७ अप्रिल २०११), "Last in the Line of Succession, Ms. Vogel Is Glad She Isn't Queen", Wall Street Journal (en-USमा), आइएसएसएन 0099-9660, मूलबाट २७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०२२।
- ↑ Wheeler, Richard; Eardley, Nick (२० फेब्रुअरी २०२६), "Government considers removing Andrew from royal line of succession", BBC News, अन्तिम पहुँच २४ फेब्रुअरी २०२६।
- ↑ Nimoni, Fiona (७ मार्च २०२६), "Canada's PM calls for Andrew to be removed from line of succession", BBC News, अन्तिम पहुँच ७ मार्च २०२६।
- ↑ Davies, Maia (२३ फेब्रुअरी २०२६), "Australia backs removing Andrew from royal line of succession", BBC News, अन्तिम पहुँच २३ फेब्रुअरी २०२६।
- ↑ Atkinson, Simon; Wilson, Tabby (२३ फेब्रुअरी २०२६), "New Zealand backs removing Andrew from royal line of succession", BBC News, अन्तिम पहुँच २४ फेब्रुअरी २०२६।
- ↑ "सक्सेसन", ११ फेब्रुअरी २०२५ मा प्राप्त
- ↑ "Line of Succession • Debretts", debretts.com।
- ↑ Whitaker's Almanack, 2021. Oxford: Rebellion, आइएसबिएन ९७८-१-७८१०-८९७८-१, p. 26