बेहुली (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


बेहुली
निर्देशकशम्भु प्रधान
निर्माताइश्वरी फिल्मस्
सङ्गीतरञ्जित गजमेर
देशनेपाल
भाषानेपाली

बेहुली (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । शान्ति चित्र प्रोडक्सन र ईश्वरी फिल्मस्को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा प्रकाश अधिकारी, सुनिता खड्का, सुभद्रा अधिकारी, जीतेन्द्र महत अभिलाषी,ईश्वरी प्रधान, रेशराज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रञ्जित गजमेरको संगीत, कमल राईको नृत्य, कुसुम गजमेरको शब्द, चन्द्रप्रकाश घिमिरेको छायाङ्कन, नूतन प्रधानको कथा, पटकथा र संवाद रहेको छ । उदितनारायण झा र दीपानारायण झाको पाश्र्व स्वर रहेको छ । सम्पादन तथा निर्देशक शम्भू प्रधानको रहेको छ । वि.सं. २०४६ साल भाद्र ११ गते प्रथम प्रर्दशन गरिएको थियो । इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत २२ लाख रहेको छ । शम्भू प्रधान र प्रेमकाजी गुरुङ चलचित्रका निर्माता हुन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • सुनिता खड्का
  • प्रकाश अधिकारी

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

नेपाली चलचित्र उद्योग