बैङ्क नोट
| प्रतिभूति |
|---|
बैङ्क नोट (जसलाई उत्तर अमेरिकी अङ्ग्रेजीमा बिल वा नोट शब्दले पनि चिनिन्छ) बैङ्कहरूद्वारा जारी गरिने वा माग अनुसार बाहकहरूलाई भुक्तान गर्न योग्य कागजी पैसाको एक प्रकार हो जसलाई मुद्रण गरेर वितरण गरिन्छ। बैङ्क नोटहरूलाई मूलतः व्यावसायिक बैङ्कहरूले जारी गर्दथे जसले कानुनी रूपमा उक्त नोटहरूलाई जारी गर्दा बैङ्कको प्रमुख तहबिलदार समक्ष पेश गर्दा कानुनी मुद्रामा (सामान्यतया सुन वा चाँदीको सिक्का) फिर्ता गर्नुपर्ने कानुनी जिम्मेवारी बेहोर्दथे। यी व्यापारिक नोटहरू जारी गरिएको बैङ्कद्वारा बजारमा प्रयोग गरिने अङ्कित मूल्यमा मात्र कारोबार हुने गर्दछ। यस्ता व्यावसायिक बैङ्क नोटलाई केन्द्रीय बैङ्क वा मौद्रिक अधिकारीहरूले जारी गरेका राष्ट्रिय बैङ्क नोटहरूले प्रतिस्थापित गरिसकेका छन्। बैङ्क नोट शब्द (सङ्कलकहरू सहित) कागजी मुद्रालाई जनाउन प्रयोग गरिने भएतापनि बैङ्कहरूद्वारा जारी नगरिएका सरकारी नोटहरूलाई बैङ्क नोट भनेर मान्न सकिँदैन।[१]]
इतिहास
[सम्पादन गर्नुहोस्]बैङ्क नोटका लागि प्रयोग गरिने सामग्रीहरू
[सम्पादन गर्नुहोस्]कागजको बैङ्क नोटहरू
[सम्पादन गर्नुहोस्]
हालसम्म, धेरैजसो बैङ्क नोटहरू प्रति वर्ग मिटर ८० देखि ९० ग्राम तौल भएको कपासको कागजबाट बनाइन्थ्यो। कपासलाई कहिलेकाहीँ लिनेन, अबाका वा अन्य कपडा फाइबरसँग मिसाइन्छ। सामान्यतया बैङ्क नोटमा प्रयोग गरिने कागज साधारण कागजभन्दा फरक हुन्छ। यो धेरै लचिलो हुनुका साथै खिइने र च्यातिने प्रतिरोध हुन्छ, (कागजी नोटको औसत आयु दुई वर्ष हुन्छ),[२] र यसमा पराबैंगनी प्रकाशमा साधारण कागजलाई थोरै चम्काउने सामान्य एजेन्टहरू पनि हुँदैनन्। धेरैजसो छाप्ने र लेख्ने कागजभन्दा फरक, बैङ्क नोट कागजलाई थप बलियो बनाउन पानीको सट्टा पोलिभिनिल अल्कोहल वा जिलेटिन मिसाइएको हुन्छ। प्रारम्भिक चिनियाँ बैङ्क नोटहरू मलबेरीको बोक्राबाट बनेको कागजमा छापिएका थिए। जापानी बैङ्क नोटमा मित्सुमाता (एजवर्थिया क्राइसान्था) र अन्य फाइबरहरू प्रयोग गरिन्छ।[३]
पोलिमर बैङ्क नोट
[सम्पादन गर्नुहोस्]
अन्य सामग्रीहरू
[सम्पादन गर्नुहोस्]वर्षौंदेखि, कागज बाहेक अन्य धेरै सामग्रीहरू बैङ्क नोटहरू छाप्न प्रयोग गरिएको छ। रेशम र छालाजस्ता सामग्रीहरू सहित विभिन्न कपडाहरू नोट छपाईको लागि प्रयोग गरिन्छ।
नष्ट
[सम्पादन गर्नुहोस्]बैङ्क नोटहरू दैनिक प्रयोगबाट झुत्रो भएपछि यो प्रवाहबाट हटाइन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "banknote", Merriam-Webster, अन्तिम पहुँच २२ जनवरी २०२५।
- ↑ "The Banknote Lifecycle – from Design to Destruction", De La Rue, मूलबाट २०१२-०५-१३-मा सङ्ग्रहित। अभिलेखिकरण २०१२-०५-१३ वेब्याक मेसिन
- ↑ "Banknote Production Process", www.npb.go.jp, [Japanese] National Printing Bureau, मूलबाट १७ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अप्रिल २०१८।