बैसागु
बैसागु पर्वमा परम्परागत पोशाकमा नाच्दै बोडो युवतीहरू | |
| अनुयायी | बोडो जनजाति |
| प्रकार | समुदायिक |
| मिति | चैतको अन्तिम दिनदेखि वैशाख ६ गतेसम्म अप्रिलको मध्यतिर |
| आवृत्ति | वार्षिक |
बैसागु असमको बोडो समुदायको एक लोकप्रिय ऋतु–सम्बन्धि पर्व हो। बैसागुको अर्थ नयाँ वर्षको सुरुवात हो। ‘बैसा’ शब्दले नयाँ वर्ष र ‘गु’ वा ‘आगु’ शब्दले सुरुवात जनाउँछ। यो पर्व चैत महिनाको अन्तिम दिनदेखि वैशाख महिनाको छैठौँ दिनसम्म (अप्रिल महिनाको मध्यतिर) सात दिनसम्म मनाइन्छ।[१][२] बहाग बिहुसँग बैसागुको गहिरो सम्बन्ध रहेको छ।[३]
उत्सव
[सम्पादन गर्नुहोस्]बैसागु सात दिनसम्म मनाइन्छ। पहिलो दिनलाई ‘माखाउ’ वा ‘माछाउ’ भनिन्छ, जसको अर्थ गाई हो। दोस्रो दिनलाई ‘मानसी’ अर्थात् मानिस। त्यस दिन बाथोउ देवताको पूजा गरिन्छ र पुर्खाहरूप्रति श्रद्धा व्यक्त गरिन्छ। तेस्रो दिन ‘चाइमा’ अर्थात् कुकुर, चौथो दिन ‘ओमा’ अर्थात् सुँगुर, पाँचौँ दिन ‘दाउ’ अर्थात् कुखुरा, छैटौँ दिन हाँस वा अन्य चराहरूको नाममा समर्पित हुन्छ। सातौँ दिनमा बोडो समुदायका मानिसहरूले आफन्त र साथीहरूलाई भेट्ने काम गर्दछन्।[४]
सङ्गीत र नृत्य बैसागुको अभिन्न अङ्गहरू हुन्। युवायुवतीहरूले समूहमा बैसागु नाच गर्छन्। युवाहरूले चिफुङ (बाँसुरी), खाम (ढोल), चेरेन्दा, थोर्का (टका) बजाउँछन् र युवतीहरूले नाच गर्दछन्।[४]
परम्परा र विश्वास
[सम्पादन गर्नुहोस्]बैसागुसँग सम्बन्धित केही परम्परा र विश्वासहरू:
- बोडोहरू कृषिजन्य समुदाय हुन्। गाईसँग उनीहरूको गहिरो सम्बन्ध रहेको छ। त्यसैले पहिलो दिन गाईको नाममा समर्पित गरिन्छ। गाईलाई नदीमा नुहाइन्छ। त्यस दिन गाईको शरीरमा नुन लगाइँदैन भन्ने विश्वास छ। बेलुकी नजिकैको जङ्गलबाट जङ्गली तरकारीहरू ल्याएर विशेष तरकारी बनाइन्छ।
- पर्वका दिनहरूमा बोडोहरूले धान वा अन्न किनबेच गर्दैनन्।
- परिवारका महिलाहरूले घरमा बनाएको परम्परागत मदिरा र कुखुरा लिएर ओजारको घर (पुरोहित) जान्छन्। अहिले धेरैजसोले नगद पनि दिन्छन्। यसको साटोमा ओजाले ताबीज वा कवच दिन्छन्।
- बैसागुका अवसरमा चामलबाट परम्परागत मदिरा बनाई पाहुनालाई पियाइन्छ। यो प्रक्रिया ३–४ महिना अगाडि नै सुरु गरिन्छ।
- उत्सवको समयमा बोडोहरूले गाउँ–गाउँमा गीत–नाच प्रस्तुत गरेर दान सङ्कलन गर्छन्। नाचगान गर्न आएका मानिसहरूलाई घरधनीले खाली हात फर्काउन हुँदैन भन्ने पारम्पारिक विश्वास रहेको छ।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Baishagu Festival", Assam Info, Assam Info, अन्तिम पहुँच २३ जुलाई २०२०।
- ↑ "Bwisagu Festival of Bodo People", All About Assam, मूलबाट १५ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०२०।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १५ अप्रिल २०१९ वेब्याक मेसिन - ↑ "Bodoland celebrates spring festival with traditional gaiety", Northeast Now, अन्तिम पहुँच ३ डिसेम्बर २०२०।
- 1 2 3 Bipul Chandra Basumatary, "Customary Belief and Faiths of the Boros in Bwisagu Festival", International Journal of Research in Humanities and Social Studies, अन्तिम पहुँच ३ डिसेम्बर २०२०।[स्थायी मृत कडी]