बोइङ
![]() | |
![]() भर्जिनियामा रहेको केन्द्रीय कार्यालय भवन | |
पूर्व नाम |
|
---|---|
व्यवसाय प्रकार | पब्लिक |
आइएसआइएन | US0970231058 ![]() |
पूर्ववर्ती | United Aircraft and Transport Corporation ![]() |
स्थापित | जुलाई १५, १९१६ | सिएटल अमेरिकामा
स्थापनाकर्ता | विलियम इ. बोइङ |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | संसारभरी |
आम्दानी | ![]() |
परिचालन आय | ![]() |
![]() | |
कुल सम्पत्ति | ![]() |
कुल इक्विटी | ![]() |
कर्मचारी सङ्ख्या | ![]() |
वेबसाइट | boeing |
बोइङ कम्पनी, वा बोइङ (//ˈboʊɪŋ//ुमॆन्न) एक अमेरिकी बहुराष्ट्रिय कम्पनी हो, जसले विमान, रोटरक्राफ्ट, रकेट, उपग्रह, र क्षेप्यास्त्रहरू डिजाइन, निर्माण, र विश्वभर बिक्री गर्छ।[१] साथै, कम्पनीले विमान पट्टा र उपकरण सम्भार सेवा पनि प्रदान गर्छ। बोइङ विश्वकै ठूला एयरोस्पेस निर्माताहरू मध्ये एक हो। सन् २०२२ को राजस्वका आधारमा यो विश्वको चौथो ठूलो रक्षा ठेकेदार हो र डलर मूल्यका हिसाबले अमेरिकाको सबैभन्दा ठूलो निर्यातकर्ता हो।[२] बोइङको स्थापना विलियम ई. बोइङ ले १५ जुलाई १९१६ मा सिएटल, वाशिङ्टन मा गरेका थिए। हालको बोइङ कम्पनी १ अगस्ट १९९७ मा म्याकडोनेल डग्लससँगको विलयको परिणाम हो।
सन् २०२३ सम्म, बोइङ कम्पनीको केन्द्रीय कार्यालय भर्जिनियाको अर्लिङ्टन काउन्टीस्थित क्रिस्टल सिटी क्षेत्रमा रहेको छ। कम्पनी तीन प्रमुख विभागहरूमा विभाजित छ:
- बोइङ कमर्शियल एयरप्लेन
- बोइङ डिफेन्स, स्पेस एण्ड सेक्युरिटी
- बोइङ ग्लोबल सर्भिसेस
सन् २०२१ मा, बोइङले ६२.३ अर्ब डलरको बिक्री गरेको थियो। फर्च्युन ५०० सूची (२०२०) मा बोइङ ५४औं स्थान मा थियो, भने फर्च्युन ग्लोबल ५०० सूची (२०२०) मा १२१औं स्थानमा थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]उत्पत्तिहरू
[सम्पादन गर्नुहोस्]बोइङ कम्पनीको सुरुवात सन् १९१६ मा भएको थियो, जब अमेरिकी काठ उद्योगपति विलियम ई. बोइङले सिएटल, वाशिङ्टनमा प्यासिफिक एयरो प्रोडक्ट्स कम्पनी स्थापना गरेका थिए। त्यसअघि, उनले कोनराड वेस्टर्भेल्टसँग मिलेर "B&W" सीप्लेन निर्माण गरेका थिए। सन् १९१७ मा, कम्पनीको नाम बोइङ एयरप्लेन कम्पनी राखियो। पछि, सन् १९२८ मा विलियम बोइङले बोइङ एयरप्लेन एण्ड ट्रान्सपोर्ट कर्पोरेशन स्थापना गरे। सन् १९२९ मा, कम्पनीको नाम फेरि युनाइटेड एयरक्राफ्ट एण्ड ट्रान्सपोर्ट कर्पोरेशन राखियो। त्यसपछि, कम्पनीले एभिओन, चान्स भट, सिकोरस्की एभिएसन, स्टेयरम्यान एयरक्राफ्ट, प्राट एण्ड ह्विट्नी, र ह्यामिल्टन मेटलप्लेनजस्ता धेरै विमान निर्माताहरू अधिग्रहण गर्यो।
सन् १९३१ मा, समूहले आफ्नो चार साना एयरलाइन्सहरूलाई गाभेर युनाइटेड एयरलाइन्स बनायो। सन् १९३४ मा, विमान निर्माणलाई हवाई यातायातबाट अलग गर्न आवश्यक भयो। त्यसैले, युनाइटेड एयरक्राफ्ट एण्ड ट्रान्सपोर्टको विघटनपछि, बोइङ एयरप्लेन कम्पनी तीन प्रमुख समूहहरू मध्ये एक बन्यो। बाँकी दुई संस्था युनाइटेड एयरक्राफ्ट (पछिल्लो समय युनाइटेड टेक्नोलोजिज) र युनाइटेड एयरलाइन्स बने।
सन् १९६० मा, बोइङले भर्टोल एयरक्राफ्ट कर्पोरेशन किन्यो, जुन त्यस समयमा सबैभन्दा ठूलो स्वतन्त्र हेलिकोप्टर निर्माता थियो। सन् १९६० र १९७० को दशकमा, कम्पनीले आफ्नो व्यवसाय अन्तरिक्ष यात्रा, समुद्री जहाज, कृषि, ऊर्जा उत्पादन, र यातायात प्रणाली जस्ता विभिन्न क्षेत्रहरूमा विस्तार गर्यो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bernal, Kyle (डिसेम्बर २३, २०२२), "What Are the Top Boeing Government Contracts?", executivegov.com (en-USमा), मूलबाट जुन १४, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ८, २०२३।
- ↑ "The SIPRI Top 100 arms-producing and military services companies in the world, 2022" (अङ्ग्रेजीमा), SIPRI, मूलबाट मार्च ७, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०२-१६।