सामग्रीमा जानुहोस्

बोटे जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोटे जाति
जम्मा जनसङ्ख्या
 नेपाल ११,२५८[]
भाषाहरू
बोटे भाषा, नेपाली
धर्महरू
हिन्दु ८८%, प्रकृति ९.५%, इसाई २.०६%[]
सम्बन्धित जातीय समूह
माझी, थारु, दनुवार, दराई जाति

बोटे जाति नेपालका भित्री मधेश क्षेत्रका आदिवासी समूह हुन्।[] उनीहरू बोटे भाषा बोल्छन्। बोटे मानिसहरू नदीहरूमा यात्रुहरूलाई डुङ्गाको प्रयोग गरि यातायात गराउनका लागि प्रसिद्ध छन्, जुन प्रायः रूखबाट तयार गर्ने गरिन्छ। उनीहरू नेपालका कालीगण्डकी, नारायणीराप्ती नदीका किनारामा फैलिएका रहेका छन्। बोटे र मझी जातिहरूलाई 'पानीका राजा' भनेर चिनिन्छ। उनीहरूको पुर्ख्यौली पेशा माछा मार्ने, डुङ्गा चलाउने र नदीमा सुनको खोजी गर्ने हो।[] बोटेहरू बोलचल र संस्कृति धेरै हिसाबले दानुवर, दराई, थारु र मझीसँग मिल्दोजुल्दो रहेको पाइन्छ।

बोटे मानिसहरूको उत्पत्ति बारे दुई सिद्धान्तहरू छन्। यो समुदायले मानिसहरूको यात्रा गर्नका लागि नदीमा बनाइएका अस्थायी पुलहरूका लागि रुखहरू वा डालीहरू राख्नेमा प्रसिद्ध थियो।[] 'बोट'को अर्थ रुख हो, र सम्भवत: नेपाली बोल्नेहरूले तिनलाई बोटे भनेर भन्न थालेका हुन्। अर्को सिद्धान्तले उनीहरूको जमीन वा घर थिएन, र तिनीहरूले पानीको किनारमा रुखहरूको छायामा बसेका थिए, यसैले तिनीहरू बोटे भनेर चिनिएको भनेर प्रस्ताव गर्दछ, किनभने तिनको अस्तित्व नदी वरिपरि घुमिरहेको थियो।[]

बोटेहरू मुख्य रूपमा डुङ्गा चलाउने काममा संलग्न छन्। बोटे समुदाय कालीगण्डकी, राप्ती, नारायणी र सुनकोशी जस्ता नदीका कन्दरामा बसोबास गर्छन्।[] उनीहरू पाखा बोटे र पानी बोटे गरी दुई समूहमा विभाजित छन्। पाखा बोटे पहाड वा खेतीयोग्य जमिनमा बस्छन् र पानी बोटे नदीका किनारमा बस्दथे।[] उनीहरूको प्राथमिक आर्थिक आधार पर्यटन हो। नेपालका विभिन्न स्थानमा बसोबास गर्नेमै पनि बोटे वा माझी जनताको रीतिरिवाज र पेशामा समानता छ।[] उनीहरूको पोशाक मगर र गुरुङको पोशाकसँग समान हुन्छ तर उनीहरूको भाषाले भने अरूसँग भिन्नता बनाउँछ। नदीको किनारमा बस्नु, माछा मार्नु, डुङ्गा चलाउनु, सुनको खोजी गर्नु, खेती गर्नु र जनावर पाल्नु यिनीहरूको मुख्य पेशाहरू हुन्।[][१०]

बोटे जाति बोटे भाषा बोल्दछन् जुन दनुवारथारू भाषासँग मिल्दोजुल्दो छ। यो गुल्मी, नवलपरासी, चितवन, र तनहुँ जिल्लाहरूमा बोलिन्छ। २०६८ को जनगणना अनुसार, बोटे लाई आफ्नो मातृभाषा मान्ने ७,६८७ जना थिए।[१०]

धेरै बोटेले एक स्वदेशी अनुरूपको जीवात्मवादको अभ्यास गर्छन्, जहाँ धामीझाँक्री, पूर्वज पूजा, र शरीर खोप्ने कार्यहरू प्रमुख भूमिकामा हुन्छन् यद्यपि धेरैले हिन्दू भएको दाबी गर्छन्।[११] बोटेहरूले चाँदी पूजा, कल्याण पूजा, बायू पूजा, संसारि माई पूजा, बाजे बजै पूजा, जल पूजा, डुङ्गा पूजा र न्हवगी खाने पूजा जस्ता चाडपर्वहरू मनाउँछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. राष्ट्रिय तथ्याङ्क कार्यालय (२०२१), "National Population and Housing Census 2021, Caste/Ethnicity Report", नेपाल सरकार
  2. Central Bureau of Statistics (२०१४), Population monograph of Nepal II, Government of Nepal।
  3. "Population Monograph of Nepal Volume II (Social Demography)"
  4. 1 2 Times, Nepali (२०२०-१०-३१), "Chitwan’s Bote people in a changing world", nepalitimes.com, अन्तिम पहुँच २०२३-१२-२७
  5. "Bote people"
  6. "Livelihood Strategy of Bote Community: A Case Study of Bote Community of Patihani VDC of Chitwan"
  7. "Livelihood Strategy of Bote Community: A Case Study of Bote Community of Patihani VDC of Chitwan"
  8. "Bote community demands unhindered access to fish in Chitwan park rivers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-१२-२७
  9. Sravasti (२०२०-०९-२६), "The Marginalised Bote Community of Chitwan, Nepal", Sravasti's (en-USमा), अन्तिम पहुँच २०२३-१२-२७
  10. 1 2 "A SOCIOLINGUISTIC SURVEY OF THE BOTE LANGUAGE"[स्थायी मृत कडी]
  11. Service, Himalayan News (२०२१-१०-३१), "Dashain loan pushes Bote people to go for gold hunt", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-२७