बोटे जाति
| जम्मा जनसङ्ख्या | |
|---|---|
| भाषाहरू | |
| बोटे भाषा, नेपाली | |
| धर्महरू | |
| हिन्दु ८८%, प्रकृति ९.५%, इसाई २.०६%[२] | |
| सम्बन्धित जातीय समूह | |
| माझी, थारु, दनुवार, दराई जाति |
बोटे जाति नेपालका भित्री मधेश क्षेत्रका आदिवासी समूह हुन्।[३] उनीहरू बोटे भाषा बोल्छन्। बोटे मानिसहरू नदीहरूमा यात्रुहरूलाई डुङ्गाको प्रयोग गरि यातायात गराउनका लागि प्रसिद्ध छन्, जुन प्रायः रूखबाट तयार गर्ने गरिन्छ। उनीहरू नेपालका कालीगण्डकी, नारायणी र राप्ती नदीका किनारामा फैलिएका रहेका छन्। बोटे र मझी जातिहरूलाई 'पानीका राजा' भनेर चिनिन्छ। उनीहरूको पुर्ख्यौली पेशा माछा मार्ने, डुङ्गा चलाउने र नदीमा सुनको खोजी गर्ने हो।[४] बोटेहरू बोलचल र संस्कृति धेरै हिसाबले दानुवर, दराई, थारु र मझीसँग मिल्दोजुल्दो रहेको पाइन्छ।
उत्पत्ति
[सम्पादन गर्नुहोस्]बोटे मानिसहरूको उत्पत्ति बारे दुई सिद्धान्तहरू छन्। यो समुदायले मानिसहरूको यात्रा गर्नका लागि नदीमा बनाइएका अस्थायी पुलहरूका लागि रुखहरू वा डालीहरू राख्नेमा प्रसिद्ध थियो।[५] 'बोट'को अर्थ रुख हो, र सम्भवत: नेपाली बोल्नेहरूले तिनलाई बोटे भनेर भन्न थालेका हुन्। अर्को सिद्धान्तले उनीहरूको जमीन वा घर थिएन, र तिनीहरूले पानीको किनारमा रुखहरूको छायामा बसेका थिए, यसैले तिनीहरू बोटे भनेर चिनिएको भनेर प्रस्ताव गर्दछ, किनभने तिनको अस्तित्व नदी वरिपरि घुमिरहेको थियो।[४]
संस्कृति
[सम्पादन गर्नुहोस्]बोटेहरू मुख्य रूपमा डुङ्गा चलाउने काममा संलग्न छन्। बोटे समुदाय कालीगण्डकी, राप्ती, नारायणी र सुनकोशी जस्ता नदीका कन्दरामा बसोबास गर्छन्।[६] उनीहरू पाखा बोटे र पानी बोटे गरी दुई समूहमा विभाजित छन्। पाखा बोटे पहाड वा खेतीयोग्य जमिनमा बस्छन् र पानी बोटे नदीका किनारमा बस्दथे।[७] उनीहरूको प्राथमिक आर्थिक आधार पर्यटन हो। नेपालका विभिन्न स्थानमा बसोबास गर्नेमै पनि बोटे वा माझी जनताको रीतिरिवाज र पेशामा समानता छ।[८] उनीहरूको पोशाक मगर र गुरुङको पोशाकसँग समान हुन्छ तर उनीहरूको भाषाले भने अरूसँग भिन्नता बनाउँछ। नदीको किनारमा बस्नु, माछा मार्नु, डुङ्गा चलाउनु, सुनको खोजी गर्नु, खेती गर्नु र जनावर पाल्नु यिनीहरूको मुख्य पेशाहरू हुन्।[९][१०]
भाषा
[सम्पादन गर्नुहोस्]बोटे जाति बोटे भाषा बोल्दछन् जुन दनुवार र थारू भाषासँग मिल्दोजुल्दो छ। यो गुल्मी, नवलपरासी, चितवन, र तनहुँ जिल्लाहरूमा बोलिन्छ। २०६८ को जनगणना अनुसार, बोटे लाई आफ्नो मातृभाषा मान्ने ७,६८७ जना थिए।[१०]
धर्म
[सम्पादन गर्नुहोस्]धेरै बोटेले एक स्वदेशी अनुरूपको जीवात्मवादको अभ्यास गर्छन्, जहाँ धामीझाँक्री, पूर्वज पूजा, र शरीर खोप्ने कार्यहरू प्रमुख भूमिकामा हुन्छन् यद्यपि धेरैले हिन्दू भएको दाबी गर्छन्।[११] बोटेहरूले चाँदी पूजा, कल्याण पूजा, बायू पूजा, संसारि माई पूजा, बाजे बजै पूजा, जल पूजा, डुङ्गा पूजा र न्हवगी खाने पूजा जस्ता चाडपर्वहरू मनाउँछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ राष्ट्रिय तथ्याङ्क कार्यालय (२०२१), "National Population and Housing Census 2021, Caste/Ethnicity Report", नेपाल सरकार।
- ↑ Central Bureau of Statistics (२०१४), Population monograph of Nepal II, Government of Nepal।
- ↑ "Population Monograph of Nepal Volume II (Social Demography)"।
- 1 2 Times, Nepali (२०२०-१०-३१), "Chitwan’s Bote people in a changing world", nepalitimes.com, अन्तिम पहुँच २०२३-१२-२७।
- ↑ "Bote people"।
- ↑ "Livelihood Strategy of Bote Community: A Case Study of Bote Community of Patihani VDC of Chitwan"।
- ↑ "Livelihood Strategy of Bote Community: A Case Study of Bote Community of Patihani VDC of Chitwan"।
- ↑ "Bote community demands unhindered access to fish in Chitwan park rivers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-१२-२७।
- ↑ Sravasti (२०२०-०९-२६), "The Marginalised Bote Community of Chitwan, Nepal", Sravasti's (en-USमा), अन्तिम पहुँच २०२३-१२-२७।
- 1 2 "A SOCIOLINGUISTIC SURVEY OF THE BOTE LANGUAGE"।[स्थायी मृत कडी]
- ↑ Service, Himalayan News (२०२१-१०-३१), "Dashain loan pushes Bote people to go for gold hunt", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-२७।