ब्रहमदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
५२ ढोका भएको प्राचीन दरवार स्थल

ब्रह्मदेव प्राचीन नगरी ब्रह्मदेव मण्डी कत्युरी वंशजका राजा राजा ब्रह्मदेवको नामबाट स्थापना भएको हो । डोटी क्षेत्रमा वि.स.१४ औ शताब्दीमा राज्य गर्ने कत्युरी वंशजका पाल राजाका पूर्वज मानिने राजा ब्रह्मदेवको यो स्थान ऐतिहासिक स्थान हो । यो स्थान कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार क्षेत्रबाट उत्तरमा रहेको नयाँ ब्रह्मदेव भन्दा साडे चार किलो मिटर उत्तर महाकाली नदीको पूर्वी तटमा अवस्थीत छ । यहाँ ५२ ढोका भएको प्राचीन दरवार स्थल छ । यस स्थललाई भिमदत्तको सेना बसेको स्थानले पनि चिन्ने गरिन्छ । यो स्थान तत्कालीन डोटी राज्यकालमा पहाडी वाटो भएर व्यापार गर्ने स्थान तथा प्राचीन ब्रह्मदेव बजार भनिन्छ । यस स्थानको दक्षिण र पश्चिम भारतमा कालिका, माता पुर्नागिरी र सिद्धनाथ देवता स्थापित छन् । यसको संरक्षण भएको छैन् । त्यो स्थान भताभंग भएर झाडी जंगल भित्र रहेको छ । यही स्थानमा रहेको भन्सारबाट नेपाली इतिहासका किसान नेता भिमदत्त पन्तले घुस्याहा कर्मचारीलाई वोरामा हालेर वोराको मुख बाँधेर महाकाली नदीमा बगाएका थिए । ५२ ढोका रहेको उत्तर दक्षिण गरेर बनेको यहाँको त्यो भवन र ब्रह्मदेव मण्डीमा आगो लागेर जलेपछि यहाँको बजार यहाँबाट साडे चार किलोमिट दक्षिणमा रहेको ब्रहमदेव भन्ने नयाँ स्थानमा सरेको हो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. स्थलगत अध्यन, स्थानीय व्यक्तिहरुका भनाईमा आधारित