ब्रहमवकटी राउला/रावला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

इतिहास परिचय[सम्पादन गर्ने]

शौनक गोत्रीय , सुर्यवंशी कत्युरी राजाकै वंशज मानिने समैजी कुलदेवता भएका यी ठकुरीहरुको उपस्थिति राजा निरयपाल (कत्युरी नरेश)का ताम्रपत्रमा देखिन्छ । यी अन्तर्गतकाहरू कुलदेवता समैजी मान्दछन । डोटी डडेल्धुरा क्षेत्रमा यिनको बसोबास भेटिन्छ । यी मध्ये आफ्नो स्तर बचाउन सक्नेहरू ठकुरी छन् । स्तर बचाउन नसक्ने गरिवहरू बिबादित छन् । राउला रावला शब्द राजपुत्रको प्रयावाची शब्द हो । जुम्लाका राजा बलिराजलाई रावल/राउला भनिएको छ । बझांगी सिंहका पूर्वज र अछामी ठकुरीका पूर्वजका ताम्रपत्र /अभिलेखमा पनि राउला शब्दले सम्बोधन गरिएको छ । डोटी , डडेल्धुरा र कुमाऊ क्षेत्रमा बसोबास गर्ने शौनक गोत्रीय रावल ,मल्ल, सिंह ,बम यही शाखा अन्तर्गतका मानिन्छन । ब्रहम /बम भन्ने शब्द प्रधानमन्त्रिसंग सम्बन्धित शब्द मानिन्छ भने वकोटी भन्ने शब्द न्यायलयसंग सम्बन्धित छ । डोटी पाल राज्यकालमा यो ब्रहम वकोटी राउला पद यिनैलाई दिईएको बताईन्छ । डोटी पालराज्य रैकाले बिजय गरेपछि गरिएको धितधरम(सम्झौता) पछि भने यो पदमा कत्युरी नरेशको प्रमुख शाखा नियुक्त बन्यो ।

डोटी, डडेल्धुरा र कुमाऊ क्षेत्रमा बसोबास[सम्पादन गर्ने]

डडेल्धुराको लामकंडे, चम्साल, कोटकाँडे, पिल्कोट , गुनपाल,कोरगाउ, धामीगाउ, जोरायल खार, सेकुनीका मल्ल,डोटी बोगटान क्षेत्रमा बसोबासगर्ने मल्ल अलाड़क्षेत्रमा बसोबासगर्ने सिंह ,बम यही कुल खानदानका हुन् भन्ने मान्यता छ । डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरुको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ । यस कारण टेडी ,निमौने, लुहाखडी, कैलाश ,जठे ,जिम्दार सहितका मष्टो अन्तरगतका देवता कुलदेवता मान्ने जुम्लाको रैका मल्ल राजा खान्दान भन्दा यिनको देवता फरक देखिन गएकोले यी नागिमल्ल वंशजका हुन् भनेर भन्न सकिदैन । जोरायलबाट गएको भन्नेकुरा सुब्बा दिलिपसिह र देव बहादुर मल्लबाट प्राप्त वंशावली भनेर पूर्णप्रकाश नेपाल यात्रीद्वारा लेखिएको र २०३५ सालमा प्रकाशन भएको, सेती अञ्चल दिग्दर्शनको पेज नं २८९÷२९०मा हेर्दा र पढदा पनि स्पष्ट हुन्छ ।

कुलदेवता[सम्पादन गर्ने]

डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी , खैगाड़को समैजी ,भेटा समैजी,गन्न समैजी , डोटी बोगटानका मल्लको जमनचौकाको समैजी , सिगारी समैजी, अलाडका सिंह, बमको दोको समैजी छन् । समैजी देवता कार्तिकेय (मोहन्याल) लाई मेरो शाई भनेर सम्बोधन गर्दछ । समैजी भन्दा मोहन्याल बलवान र सिनियर भएको कारण मोहन्यालको अनुमति लिएर समैजी नाच्ने गर्छ । देव कचहरीमा मोहन्यालको अगाडि मोहन्याल बाहेक अन्यलाई मोहन्यालको अनुमति बिना नाच्ने अधिकार हुँदैन । यो कुरा राजा निरयापालको दरवार मानिने डोटी निरोली कोट देखि पुर्व रहेको सुनैटाकमा हुने देबकचहरीमा देख्न सकिन्छ । समैजी कुलदेवता मान्ने अरुपनि धेरै भेटिन्छन । बाहुन ,छेत्री ,दलितहरू पनि कुलदेवता समैजी बताउछन ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]