सामग्रीमा जानुहोस्

ब्रह्मपुत्र तट पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रह्मपुत्र तट पर्व
शैलीलोकसंगीत, आधुनिक
आरम्भजनवरी १५
समाप्तिजनवरी १६
आवृत्तिवार्षिक
स्थान(हरू)गुवाहाटी, असम
सक्रिय वर्ष१९XX–२००४, २०१२–वर्तमान[]
गतिविधिपरम्परागत संगीत, नृत्य, हस्तकला, खेलकुद आदि

ब्रह्मपुत्र तट पर्व गुवाहाटीको ब्रह्मपुत्र नदीको किनारमा आयोजना हुने एक सांस्कृतिक उत्सव हो। यो महोत्सव प्रत्येक वर्ष माघे सङ्क्रान्ति को अवसरमा जनवरी महिना तिर आयोजना गरिन्छ।[][]

यस पर्वको मुख्य उद्देश्य असमको परम्परागत संस्कृति, हस्तकला र स्थानीय खेलको प्रचार गर्नु हो। दक्षिण भारतमा आयोजना हुने विभिन्न उत्सवहरूबाट प्रेरित यो महोत्सव असमको संस्कृति, परम्परा र आधुनिकताको संगम स्थलका रूपमा चिनिन्छ।[]

यो पर्व आसाम दुङ्गा प्रतियोगिता केन्द्र र असाम प्रयटक बिकास बोर्ड को संयुक्त आयोजनामा गुवाहाटीमा मनाइन्छ।[][]

यो पर्वको अवधिमा ब्रह्मपुत्र नदीको किनारमा विभिन्न मेला र प्रतियोगिताहरू आयोजना गरिन्छ। यहाँ बिच क्रिकेट, बिच भलिबल, राफ्टिङ, क्यानुइङ, विंड सर्फिङ, कायाकिङ, हॉट एयर बेलूनिङ, प्याराग्लाइडिङ, ह्याङ्ग ग्लाइडिङ जस्ता आधुनिक खेलहरू सञ्चालन गरिन्छ। परम्परागत खेलहरूमा हात्ती दौड, कुखुरा लडाइँ, अण्डा प्रतियोगिता आदि पनि समावेश गरिन।छ।[][]

बालबालिकाका लागि चित्रकला प्रतियोगिता र सटपुट प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि आयोजना गरिन्छ। साथै परम्परागत असमेली हस्तकलाको प्रदर्शनी पनि गरिन्छ।[][]

  1. "ब्रह्मपुत्र तट महोत्सव", Tour My India (नेपालीमा), Tour My India, अन्तिम पहुँच २०२४-०७-१२ 
  2. २.० २.१ २.२ २.३ २.४ "ब्रह्मपुत्र तट पर्व", Maps of India (नेपालीमा), Maps of India, मूलबाट २०११-०१-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०७-१२ 
  3. ३.० ३.१ ३.२ ३.३ "ब्रह्मपुत्र महोत्सव", Bharat Online (नेपालीमा), Bharat Online, अन्तिम पहुँच २०२४-०७-१२