ब्राह्मणबाडिया उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ब्राह्मणबाडिया
ব্রাহ্মণবাড়িয়া
—  जिल्ला  —
देश बङ्गलादेश बाङ्लादेश
विभाग चट्टग्राम विभाग
सदरमुकाम ब्राह्मणबाडिया
क्षेत्रफल
 - जम्मा १,९२७.११ किमी (७४४.१ वर्ग मी)
जनसङ्ख्या (सन् २०११)[१]
 - जम्मा २,८४०,४९८
 जनघनत्व १,४७४/किमी (३,८१७.६/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+०६:००)
हुलाक अङ्क ३४००
वेबसाइट brahmanbaria.gov.bd

ब्राह्मणबाडिया (बाङ्ला: ব্রাহ্মণবাড়িয়া জেলা) बाङ्लादेशको पूर्वी मध्ये भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला चट्टग्राम विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

ब्राह्मणबाडिया जिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २३°३९' देखि २४°१६' उत्तर अक्षांश र ९०°४४' देखि ९१°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। ब्राह्मणबाडिया जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९२७.११ वर्ग किलोमिटर अोगटेको छ। यस जिल्लालाई किशोरगञ्जहबिगञ्ज जिल्लाले उत्तर, कुमिल्ला जिल्लाले दक्षिण, हबिगञ्ज जिल्ला र भारतको त्रिपुरा राज्यले पूर्व, मेघना नदी, किशोरगञ्ज, नरसिङ्दीनारायणगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ। मेघना, तितार र बुरी यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बाङ्लादेश मुक्ति अभियान सन् १९७१ मा सुरु भएको थियो भने तात्कालिक समयमा ब्राह्मणबाडिया जिल्ला क्षेत्र २ मा अवस्थित थियो।[३] तात्कालिक समयमा यस जिल्लाका आकछिना, आखाउडा, कनलीकच्छा, आडाइबाडी, इब्रहीमपुर, कुल्लापाथर, चन्द्रपुर, चारगाछ, चेकपोस्ट सडक, झगडाब, तारागण, तुल्लापाडा, देबग्राम, दरुइन, दुर्गारामपुर, दशदोना, नवीनगर, मिरपुर, लतोवामुडा, शाहवाजपुर, हरियारह र क्षडणाल आदि प्रमुख युद्ध स्थल थिए।[४] १४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहानमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु आबुल होसेन, शाहजाहान, ल्यान्स नायेक आहाई, सुबेदार सिबाजुल इसलाम र सिपाही आब्दुल रहमानको मृत्यु भएको थियो।[५][६] १८ अप्रिल १९७१ का दिन बङ्गलादेशी लडाकु बीर श्रेष्ठ सिपाही महम्मद मुस्ताफा कमल दरुन गाउँको एक युद्ध स्थलमा मारिएका थिए। वीर श्रेष्ठ मुस्ताफा कमलको चिहान यसै गाउँमा अवस्थित छ।[७] ५ मे १९७१ का दिन मुरसीदको नेतृत्वमा रहेको बङ्गलादेशी लडाकुको एक समूहले सराइलमा स्थित शाहबाजपुरमा रहेको पाकिस्तानी सेनाको एक सैनिक किल्लामा आक्रमण गरेका थिए[३] जसमा कारण ९ पाकिस्तानी सेनाको मृत्यु र १ लडाकु घाइते भएका थिए। २२ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच यस जिल्लाको कसबा उपजिल्लामा प्रत्यक्ष गोली हानाहान हुँदा थुप्रै लडाकुहरू मारिएका थिए भने अर्को युद्धमा ४९ लडाकुहरू सहिद भएका थिए।[८] ९ डिसेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले अशुगञ्ज भैरव रेलवे मार्ग अन्तर्गतको एक पुलमा क्षति पुर्‍एका थिए भने पाकिस्तानी सेनाले क्षति पुर्‍एको ठाउँमा बङ्गलादेशी लडाकुले सैनिक किल्ला खडा गरेका थिए। [९][१०][११][१२][१३]यस जिल्लाको नसिरनगर उपजिल्ला अन्तर्गतको फुलबारीमा पाकिस्तानी सेनासँगको युद्धमा १७ लडाकु र एक राजाकारको ज्यान गएको थियो। बङ्गलादेशी लडाकुले राखेको धरापमा परि दुई पाकिस्तानी सेना सवार सवारीसाधन ध्वस्त भएको थियो जहाँ पाकिस्तानी सेनाका उच्च अधिकारी सहित केही पाकिस्तानी सेनाको मृत्यु भएको थियो। उक्त घटनाको केही दिन पश्चात् पाकिस्तानी सेनाले यस जिल्लाको बानचरमपुर उपजिल्लाको उजान चर सङ्घ अन्तर्गतको कृष्णपुर गाउँमा केही सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। १५ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेनाले यस जिल्लाको नसिरनगर सदर उपजिल्लाका केही गाउँहरूका सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए।[१४][१५][१६][१७] [१८][१९] पाकिस्तानी सेनाले पछि ब्राह्मणबाडिया सदर उपजिल्लाका कउटाली, पारातालम, सिङ्गलविल, रामराइल जस्ता ठाउँहरूका २०४ सर्वसाधारणहरूको हत्यम गरेका थिए। पाकिस्तानी सेनाले सराइलको बितघरमा ७० जनाको हत्या गरेका थिए।[२०][२१]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३९८२५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२०५५५२ छ भने महिलाको जनसङ्ख्या ११९२७०२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१९५५८३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०१८४३ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८७, इसाई धर्मको ९० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५५१ रहेको छ।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.६२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३८% मजदुरीमा, उद्योग तथा व्यापारमा १.६६% वाणिज्यमा १६.२३%, सञ्चार र यातायातमा २.५९%, निर्माण क्षेत्रमा १.३९%, सुविधामा ७.७०%, धार्मिक सेवामा ०.३३%, वैदेशिक रोजगारी तथा भाडामा ३.६८% र अन्यमा १०.४२% रहेका छन्।[१]

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय ब्राह्मणबाडिया जिल्लाको स्थापना सन् १९८४ मा भएको थियो। पूर्व कालमा यो जिल्ला कुमिल्ला जिल्लाको ( पूर्व त्रिपुरा जिल्ला) एक भागको रुपमा स्थापित थियो। ब्राह्मणबाडिया सहरलाई सन् १८६९ मा नगरपालिकामा परिणत गरिएको थियो। ब्राह्मणबाडिया जिल्लामा ४ नगरपालिका, ३९ वडा, ९७ महल्ला, ८ उपजिल्ला, ९८ सङ्घ परिषद्, १०८१ मौजा र १३२९ गाउँहरू रहेका छन्। यस जिल्लाका ८ उपजिल्लाहरू मध्ये सबैभन्दा ठूलो उपजिल्ला ब्राह्मणबाडिया सदर (४४०.५७ वर्ग किलोमिटर) हो जसले जिल्लाको कुल क्षेत्रफल मध्ये २३.८६% अोगटेको छ भने सबैभन्दा सानो उपजिल्ला आशुगञ्ज (६९.५९ वर्ग किलोमिटर) हो।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ३९.४६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.२६% छ भने महिलाको साक्षरता दर ३६.६९% रहेको छ। यस जिल्लामा १ कानुन क्याम्पस, १ आयुर्वेदिक क्याम्पस, ३९ क्याम्पस, १ नर्सिङ शिक्षण संस्था, १ प्राथमिक शिक्षक शिक्षण संस्था, २१९ माध्यमिक विद्यालय, ११३० प्राथमिक विद्यालय, ४ व्यवसायीक शिक्षण संस्था, १ महिला घरेलु उद्योग शिक्षण संस्था, ६३ बाल उद्धान केन्द्र र ३६४ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ब्राह्मणबाडिया सरकारी क्याम्पस (सन् १९४८), ब्राह्मणबाडिया सरकारी महिला क्याम्पस (सन् १९६४), नविनगर सरकारी क्याम्पस (सन् १९६९), सहिद स्मृति क्याम्पस (सन् १९७२), बनचारमपुर डिग्री क्याम्पस (सन् १९७३), सराइल डिग्री क्याम्पस (सन् १९८४), नसिरनगर उच्च माध्यमिक विद्यालय (सन् १९८७), ब्राह्मणबाडिया उच्च विद्यालय (सन् १८६०), आनन्द सरकारी उच्च विद्यालय (सन् १८७५), सराइल आनन्द सरकारी उच्च विद्यालय (सन् १८९४), नवीनगर पाइलट उच्च विद्यालय (सन् १८९६), गुनियक उच्च विद्यालय (सन् १८९७), कसबा सरकारी उच्च विद्यालय (सन् १८९९), श्यामग्राम मोहिनी किशोर उच्च विद्यालय (सन् १९००), रामकानाइ उच्च विद्यालय (सन् १९०१), चातालपुर वाजपद्दिन उच्च विद्यालय (सन् १९०२), देवग्राम पाइलट उच्च विद्यालय (सन् १९०५), शाहबाजपुर बहुभाषिक उच्च विद्यालय (सन् १९०७), नियाज महम्मद उच्च विद्यालय (सन् १९१४), कैतला जिदेश्वरी उच्च विद्यालय (सन् १९१८), कुटि अटलविहारी उच्च विद्यालय (सन् १९८), फान्दाडेक पण्डित उच्च विद्यालय (सन् १९१९), बाङ्लादेश रेलवे सरकारी उच्च विद्यालय (सन् १९२०), जामशेरपुर उच्च विद्यालय (सन् १९२३), सातवर्ग उच्च विद्यालय (सन् १९३१), सरकारी नमुना कन्या उच्च विद्यालय (सन् १९३६), मिसन प्राथमिक विद्यालय (सन् १९१०), ब्राह्मणबाडिया उद्योगिक विद्यालय (सन् १९४१), अदमपुर फजिल मदरसा (सन् १९१७), राधानगर कालिकापुर रहमानिया दाखिल मदरसा (सन् १९९३) आदि।[२२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "Population Census 2011: Brahmanbaria Table C-01", केन्द्रिय तथ्याङ्क विभाग, मूलबाट २३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  2. "ব্রাহ্মণবাড়ীয়া জেলা", बाङ्लापिडिया, अन्तिम पहुँच मङ्सिर २०७६ 
  3. ३.० ३.१ https://web.archive.org/web/20130616005013/http://www.brahmanbaria.gov.bd/node/653781
  4. "Songs from the River called Titas", Aug ६,२०१६। 
  5. "বি-বাড়িয়ার স্থলে ‘ব্রাহ্মণবাড়িয়া’ এক বছরেও কার্যকর হয়নি" 
  6. "কালের", Kantho 
  7. "একাত্তরের মুক্তিযুদ্ধ, রক্তাক্ত মধ্য আগস্ট ও ষড়যন্ত্রময় নভেম্বর", ঢাকা: সাহিত্য প্রকাশ, ফেব্রুয়ারি ১৯৯৮, आइएसबिएन 9844651441 
  8. "তোমাদের এ ঋণ শোধ হবে না" 
  9. "Prothom Alo - Most popular bangla daily newspaper", archive.prothom-alo.com 
  10. "তোমাদের এ ঋণ শোধ হবে না" 
  11. "তোমাদের এ ঋণ শোধ হবে না" 
  12. http://bn.banglapedia.org/index.php?title=কামাল,_বীরশ্রেষ্ঠ_মোহাম্মদ_মোস্তফা
  13. "অপারেশন মুকুন্দপুর: অশ্রুসিক্ত জেনারেল", बाङ्ला न्युज, ढाका, डिसेम्बर १९, २०११। 
  14. "Prothom Alo - Most popular bangla daily newspaper", archive.prothom-alo.com 
  15. "তোমাদের এ ঋণ শোধ হবে না" 
  16. "তোমাদের এ ঋণ শোধ হবে না" 
  17. http://bn.banglapedia.org/index.php?title=কামাল,_বীরশ্রেষ্ঠ_মোহাম্মদ_মোস্তফা
  18. Lieutenant General M Harun-Ar-Rashid (डिसेम्बर १६, २००४), "Attack on Kalachara", द डेली ष्टार, ढाका। 
  19. "অপারেশন মুকুন্দপুর: অশ্রুসিক্ত জেনারেল", बाङ्ला न्युज, ढाका, डिसेम्बर १९, २०११। 
  20. http://www.amaderbrahmanbaria.com/bd/2015/09/21/ছানামূখী-ব্রাহ্মণবাড়িয়া/[dead link]
  21. "ব্যস্ততায় কাটছে ব্রাহ্মণবাড়িয়ার মিষ্টি কারিগরদের", ढाका। 
  22. "শিক্ষা প্রতিষ্ঠানসমূহ", मूलबाट ১ নভেম্বর ২০১৫-मा सङ्ग्रहित। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]