ब्लुटुथ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ब्लुटुथ
Bluetooth
ब्लुटुथको लोगो
विवरण
विकासकर्ता ब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुप
प्रकाशन मिति १९९४; २३ वर्ष अघि (१९९४)
उद्योग मोबाइल पर्सनल एरिया नेटवर्क
हार्डवेर मोबाइल, कम्प्युटर, भिडियो गेम खेल्ने साधनहरू
दुरी दश देखी सय मिटरसम्म
वेवसाइट
वेवसाइट bluetooth.com


ब्लुटुथ एक बिनातार छोटो दुरिसम्म डेटा ट्रान्सफर गर्ने शिल्प बिज्ञान हो । ब्लुटुथले छोटो लम्बाइ भएको रेडियो वेब प्रयोग गरेर एक मोबाईलबाट अर्को मोबाईलमा डेटा ट्रान्सफर गर्छ । ब्लुटुथलाइ इरेक्सन नामक टेलिफोन बितरकले सन् १९९४ मा विकाश गरेको थियो । आजभोलि धेरै जसो मोबाइलमा यसको प्रयोग गरिन्छ र यो शिल्प बिज्ञान निक्कै प्रख्यात पनि छ । ब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुपले ब्लुटुथलाई चलाउने गर्छ, कुनै पनि संस्थाले ब्लुटुथसँग आधरित समान बनाउन ब्लुटुथका नियमहरू पालना गर्नुपर्छ ।

स्थापना[सम्पादन गर्ने]

ब्लुटुथको बारेमा सर्बप्रथम डा.निल्स रैडबेक्क( इरेक्सनको CTO ) र डा. जोहन उल्मनले कार्य सुरु गरेका थिए उनीहरु को लक्ष्य कुनै एक बिनातर संदेश आदनप्रादान गर्ने शिल्प बिज्ञान बनाउने थियो।

प्रयोगहरु[सम्पादन गर्ने]

Class Max. permitted power Typ. range
(m)
(mW) (dBm)
1 100 20 ~100
2 2.5 4 ~10
3 1 0 ~1
4 0.5 -3 ~0.5


Bluetooth Version Maximum Speed Maximum Range
3.0 25 Mbit/s
4.0 25 Mbit/s 200 feet(60.96 m)
5.0 50 Mbit/s 800 feet(243.84 m)

फाइदाहरु[सम्पादन गर्ने]

ब्लुटुथबाट चल्ने मोबाईल हेडफोन.

ब्लुटुथका धेरै फाइदाहरु छन,ती मध्ये केही फाइदाहरु यस प्रकार छन:

  • बिनातार एक मोबाइल बाट आर्को मोबाइल मा संदेश पठाउन मिल्ने
  • तार नभएको हेडफोन प्रयोग गर्न मिल्ने
  • बिनातार एक मोबाइल बाट अर्को मोबाईल मा सजिलै डेटा ट्रन्सफर गर्न मिल्ने
  • कमप्युटर का माउस कि-बोर्ड जस्ता सामान हरु तारबिना चलाउन मिल्ने
  • भिडियो गेमहरु दुइ जनाले खेल्न मिल्ने
  • USBर इंटरनेट प्रयोग गर्नु नपर्ने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]