भक्तपुरका परम्परागत देशहरुको संक्षिप्त जानकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


एैतिहासिक नगर भक्तपुर जिल्लामा रहेको ठिमी नगर पालिका एैतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटकीय दृष्टिकोणले आफैमा निकै नै महत्त्वपूर्ण नगर हो। नेवारहरूको वस्तीको रूपमा रहेको यस नगरपालिकामा आफनै प्रकारको रहनसहन त छ नै साथै यहाँको परम्परागत पेशाले पनि यहाँको छुटै पहिचान बनाउन सफल भएको छ।मध्यपुर थिमि नगरका बासिन्दाहरूलृ आफ्नो जीवनयापनको लागि विभिन्न व्यवसाय सञ्चालन गरको पाइन्छ। मध्यपुर थिमि नगरको नगदेश क्षेत्र, बालकुमारी र लोकहन्थलीको हनुमन्ते फाँट, मनोहरा फाँट हरियो तरकारी खेतीको लागि ज्यादै प्रसिद्ध छ जसलाई हरियो तरकारीको बगैचा भनेर पनि चिनिन्छ। हाल हरियो तरकारी सागपात(तरकारी) खेती नै मुख्य नगदे बाली र आय श्रोतको रूपमा सञ्चालित छन्। अत्यन्तै परिश्रमी यहाँका किसानहरू विहान सबेरै देखि खेतमा गई काम गर्नु र उत्पादित तरकारीलाई बजारसम्म पुयाउनु यहाँका किसानको दिन चर्या हो। त्यसैले पहिले पहिले यहाँका किसानहरूका बालबालिकाहरूले आफ्नो बुबाको अनुहार चिन्दैन भन्ने कथन रहेको पाइन्छ। यहाँ उत्पादन गरिएका तरकारीहरू काठमाडौँ लगायत ललितपुरका नजीकै रहेको गाउँहरूमा प्रत्येक विहान आपुर्ति गर्ने गर्छन्। अर्गानिक खेतिमा लाग्न चाहने थिमी नगरपालिकाका कृषकहरूको लागि नगरपालिकाले नेपाल एकेडेमि अफ टुर एण्ड होटेल म्यानेजमेन्ट – नाथमा सँग सहकार्य गरेर इच्छुक कृषको लागि तालीमा सहभागिता गराउन पनि सकिन्छ। पर्यटन वर्ष २०११लाई लक्षित गरेर कृषि पर्यटनलाई पर्यटकीय प्याकेजको रूपमा प्रवद्र्धन गर्ने सरकारको योजना रहेको छ। कृषि पर्यटन मार्फत आन्तरिक तथा बाह्रय पर्यटक आकर्षणका लागि अर्गानिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्न लागिएको हो। कृषकले आवश्यकता जनाँएका ठाउँमा हुने अर्गानिक उत्पादनहरू तरकारीजन्य र फलफूल आदिको बारेमा तालीम दिई सफा र शुद्ध तरकारि उत्पादनमा नाथमले जोड दिन थालेको छ। गाउँ गाउँमा पुगेर लोकल गाइड तालीम, साना होटल तथा लज व्यवस्थापन तालीम, इको पर्यटन तथा होमस्टे व्यवस्थापन, उत्तरदायित्व तथा क्षमता विकास तालीम प्रदान गर्दै आउको नाथमले पर्यटन वर्ष २०११को सुरुवातसँगै कृषि पर्यटनको लागि समेत तालीम प्रदान गर्न थालेको छ। थिमी नगरपालिकाका किसानहरू अर्गानिक खेतिमा लाग्न चाहेता पनि सरकारले वास्ता नगरेको यहाँका किसानहरूको गुनासो रहेको छ। खेतमा जान नपर्ने फुर्सदको बेला, साझ विहान घरमा कपडा बुन्ने, बत्ति काट्ने धूप वाट्ने आदि कार्यहरूमा यहाँका महिलाहरू उयिोगी व्यवसाय सञ्चालन गरिरहेका छन्। प्रायजसो किसान तथा प्रथापति महिलाहरूले बुन्ने कपडाहरूमा फरिया( हाकुपटासि), खास्तो, बालाजनी – पटुका) र महिलाले लगाउने चोलो, लोग्ने मानिसहरूका लागि कपडा र बुटेदार पुन्ती र माथेमा कपडा हुन। थिमी नगरपालिकामा सञ्चालन भइरहेको परम्परागत पेशाहरू मध्ये माटाको भाडाँकुडा बनाउने पेशा पनि हो। थिमी, नगदेश र बोडेका प्राय सबै प्रजापतिहरू माटाका भाँडाकुडा बनाउने कार्यमा तल्लीन छन्। माटाका भाँडाकुडाहरूमा हाम्रो दैनिक जीवनको लागि आवश्यक, गाग्री, करुवा, सोमा, पाल्चा देखि ठूलठूला साइजको अगाः – पानी राख्ने भाँडो) अथल – लुगा धुने भाँडो ) आदि बनाइन्छ। यहि परम्परागत पेशालाई भने केही व्यवसायीले आधुनिकतामा परिमार्जन गरेर पनि आफ्नो व्यवसायलाई अघि सारेका छन्। परिमार्जिम यस माटोका भाँडाकुडामा ग्लेजिङ्गको प्रयोग गरेर दैनिक रूपमा उपयोग हुने चिया कप, प्लेट, विभिन्न सजावटका सामानहरू बनार्य समुद्रपारका देशहरूमा निर्यात समेत भइरहेको छ। यसरी ग्लेजिङ्ग गरेका सामानहरू जर्मन, जापान, अमेरिका, इङ्ल्यान्ड लगायत देशहरूमा निर्यात भइरहेको छ। छिमेकी देशहरूबाट आयाति प्लाष्टिकका सामानहरूको बढ्दो प्रयोग सँगै यस व्यवसायलाई केही हदसम्म विस्थापित हने अवस्थामा पुगको छ। परम्परागत पेशाको संरक्षणको लागि सम्बन्धित निकायले खासै पहल गरेको देखिदैन। यसरी परम्परागत पेशालाई परिमार्जित गरेर आधुनिक तरिकाले यस पेशालाई निरन्तरा दिन र व्यसाहीलाई प्रोत्साहन हुनेखालको सरकारले कुनै कार्य नगरेको यस क्षेत्रका व्यवसायीहरूको गुनासो रहेको छ। अन्य परम्परागत पेशा जस्तै थिमी नगरपालिकाको मुकुण्डो बनाउने पेशा र यहाँ तयार पारिने मुकुण्डो अन्तर्राष्ट्रि क्षेत्रमा निकै प्रसिद्ध रहेको छ। नेपाल संस्कृतिक रूपमा अत्यन्त धनी देश हो। यहाँ विभिन्न धार्मिक तथा सांस्कृतिक नृत्यहरू छन्।भक्तपुरमा नवदुर्गा नाच, महाकाली नाच, पचली भैरव नाच, दशवतार नाच, त्रिपुरासुर बध, देवी नाच, हात्तिनाच, लाखय् नाच, नीलबारहीनाच आदि पाइन्छन्। पौराणिक नृत्यहरू कुनै वर्षको एक चोटी र कुनै बाह्र वर्षको एकचोटि देखाउने गरिन्छ। यी देव गण नृत्य जति प्राचिन छ त्यतिकै पुरानो र परम्परागत पेशा हो देवी देवताको नाचमा प्रयोग गरिने विभिन्न देव देवीहरूका मुकुण्डो बनाउने पेशा। परम्परागत पेशा मध्यकै एक प्रमुख मानिने यस मुकुण्डो बनाउने पेशा हाल आएर विभिन्न समस्याको कारण संकटमा परेको छ। अष्टमातृका शाक्त सम्पद्रदायको अति विशिष्ट तथा महत्त्वपूर्ण पक्ष हो।नेपालमा शक्त धर्मको कुरा गर्दा लुम्विनीमा प्राप्त आमा शिशुको मूर्ति, नारी मुकुण्डो आदिलाई आधार मान्ने हो भने इशाको तेस्रो शताब्दिसम्म पुग्न सकिन्छ। यसरी गण नृत्य प्राचीनकालमा नै प्रचलनमा आइसकेको र सयसँगै क्रमश ब्यापक हुँदै गएको प्रष्ट हुन्छ। तान्त्रिक देवदेवीहरूको मध्य भैरव नाच अन्य ठाउँहरूमा पनि प्रचलनमा रहेता पनि यहाँको कला, नृत्य र हाउभाउका साथै देवदेवताका पहिरनमा पनि पृथकता देखिन्छ। अपितु ग्रन्थ, मूर्तिकला र अभिलेखहरूको अध्इयनले यी नाचहरू किरातकालमा नै शुर भैसकेको, लिच्छविकालमा परम्परा बसेको र मल्लकालीन अवस्थामा यसको सम्वद्र्धन भएको कुरा थाहाँ पाइन्छ। लामो इतिहास बोकेको यस मुकुण्डो कलाको प्रयोग पहिले विदेशीहरूले मात्र प्रयोग गर्दथ्यो भने हाल नेपालीहरूले पनि उपहार स्वरूप दिन यसको प्रयोग गर्न थालेको छ। थिमी नगरपालीकाले आफ्नो नगर भित्र रहेका परम्परागत पेशाको संरक्षण यसको प्रचार प्रसारको लागि विभिन्न प्रयासहरू गरिरहेका छन् ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]