सामग्रीमा जानुहोस्

भक्तपुर दरबार क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भक्तपुर दरवार क्षेत्रबाट अनुप्रेषित)
काठमाडौँ उपत्यका
भक्तपुर दरबार क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
पचपन्नझ्याले दरबार
स्थाननेपाल
मापदण्डसांस्कृतिक: iii, iv, vi
स्रोत121
दर्जा प्राप्तसन् 1979 (३th शत्र)
विस्तारसन् २००६
खतरापूर्णसन् २००३- सन् २००७
क्षेत्रफल१६७.३७ हेक्टर
तटस्थ क्षेत्र७०.२९ हेक्टर
निर्देशाङ्क२७°४२′१४″N ८५°१८′३२″E / 27.704°N 85.309°E / 27.704; 85.309
भक्तपुर दरबार क्षेत्र मा पर्दछ नेपाल
भक्तपुर दरबार क्षेत्र
नेपालको नक्सामा स्थान

भक्तपुर दरबार क्षेत्र (नेवारी: ख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा 'ख्वो पा'मा अवस्थित छ।[] यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र (दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्र)[] रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरबार क्षेत्र भन्ने गरिएको छ। यो काठमाडौँ उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिने दरबार क्षेत्र हो।[]

भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए।

मुख्य आकर्षणहरू

[सम्पादन गर्नुहोस्]

पचपन्नझ्याले दरबार

[सम्पादन गर्नुहोस्]

पचपन्नझ्याले दरबार (नेवारी: ङेङापा झ्यः लायकू)को निर्माण राजा भूपतीन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजीत मल्लको शासनकालमा नेपाल सम्वत् ८२८ (विक्रम सम्वत् १७६५) मा भएको थियो।[][][]

वत्सल्य देवी मन्दिर

[सम्पादन गर्नुहोस्]

भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा वत्सल्य देवी मन्दिर हो। ढुङ्गाको उत्कृष्ट कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वत्सलय देवी रहेकी छिन्। यो मन्दिर आफ्नो चाँदीको ठूलो घण्टीको लागि लोकप्रिय र प्रसिद्ध रहेको छ। स्थानीय वासीको अनुसार यस मन्दिरको ठूलो घण्टी बजाएपछि परिसर क्षेत्रमा रहेका कुकुरहरू भुँक्ने र कराउने गर्दछन्। सन् १७३७ मा मल्ल राजा रणजीत मल्लद्वारा यो विशाल घण्टीलाई मन्दिरमा स्थापना गरिएको थियो र दैनिक निषेधाज्ञाको सूचना दिनको लागि यो घण्टीलाई बजाइने गरिएको थियो। यो घण्टीलाई प्रत्येक दिन बिहान तलेजु भगवतीको पूजा गर्दा बजाइने गरिन्छ।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bhaktapur Durbar Square nepalandbeyond.com वेब्याक मेसिन अभिलेखिकरण जनवरी ८, २०१३ मिति
  2. Cultural History of Nepal By Bhadra Ratha Bajracharya, Shri Ram Sharma, Shiri Ram Bakshiढाँचा:Incomplete reference
  3. "भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलहरू", जिसस भक्तपुर। 
  4. "भक्तपुरका दरबार र मन्दिर छुट्ट्याइँदै", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२९ 
  5. "भक्तपुर दरबार क्षेत्रको सम्पदा पुनः निर्माणमा तीब्रता", समाजको आवाज (नेपालीमा), २०१७-०४-०२, अन्तिम पहुँच २०२०-०९-२९ 
  6. "पचपन्नझ्याले दरबार सर्वसाधारणको लागि खुला", मातृभूमि खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२९ [स्थायी मृत कडी]
  7. "सम्पदाको सहर भक्तपुर !", इनेपाली, अन्तिम पहुँच २०२०-०९-२९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]