भक्त बहादुर शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एकिकृत नेकपा माओवादी विद्रोहबाट अति प्रभावित जिल्ला मध्येको जाजरकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत भक्तबहादुर शाह विजयी हुनुभएको हो। जनयुद्धबाट प्रशिक्षित जनता नै आफ्नो विजयको आधार रहेको शाह बताउनुहुन्छ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्थार्पना भए पछि राजनीतिमा प्रवेश गर्नुभएका शाह २०४९ सालमा जनमोर्चा नेपालको तर्फबाट जाजरकोट सदरमुकाम खलंगा गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

वि.स. २०५२ फागुन १ गते माओवादी विद्रोहको सुरू सँगै भूमिगत हुनु भएका शाहले जनमुक्ति सेनामा रहेर पनि काम गर्नु भएको थियो। माओवादी सेनाको ब्रिगेड कमिसार हुँदै उहाँ डिभिजन कमिसार पनि बन्नुभएको थियो।

भेरी कर्णाली राज्य समितिका सचिव शाह पिछडिएका वर्ग, क्षेत्र र जनताको हितमा संविधान लेख्नु नै आफ्नो भूमिका रहने बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]