भगत बहादुर वडुवाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सभासद् बडुवाल माओवादी थारुवान राज्य समिति सदस्य तथा कैलाली इन्चार्ज हुनुहुन्छ। ०४७ देखि राजनीतिमा लाग्नुभएका बडुवाल जनयुद्धका समयमामा ०५९ देखि ६२ सम्म जनमुक्ति सेनामा काम गर्नुभयो। उहाँ वाइसीएल केन्द्रीय कोषाध्यक्ष तथा जनमुक्ति सेनाको ब्रिगेड कमिसार पनि हुनुभयो। उहाँका सिंगो परिवार नै माओवादी जनयुद्धमा होमिएका छन्। उहाँकी श्रीमती कृष्णा ज्ञवाली, भाइ पनि राज्य समितिमा हुनुहुन्छ। उहाँ बेनी लगायत पश्चिममा सबैजसो ठूला युद्धमोर्चाहरूमा बडुवालले भाग लिनुभएको छ।

माओवादीले उठाएका एजेण्डा मध्ये उत्पीडित क्षेत्रका मुद्दालाई संविधानमै उल्लेख गराउन आफू लागिपर्ने बताउनुभयो। माओवादीकै एजेण्डा सविधानसभा भएको र जनमुखी एजेण्डा पनि बोकेकाले आफू त्यसको प्रतिनिधिको हैसियतले चुनावमा उठाइएकाले जनताले विजयी बनाएको बडुवालको कथन छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]