भगवती निम्न माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भगवती निम्न माध्यमिक विद्यालयकाे स्थापना वि.सं.२०५९ मा प्राथमिक विद्यालयका रूपमा भएकाे हाे । २०६८ देखि निम्नमाध्यमिक तहकाे कक्षा सञ्चालन हुँदै अाएर २०७० वैशाखदेखि यसले कक्षा अाठकाे पनि स्वीकृति प्राप्त गरिसकेकाे देखिन्छ । हाल विद्यालयमा कार्यरत शिक्षक दरबन्दीमध्ये सरकारी अनुदान प्राप्त ४, प्रा.वि.राहत २, निजीस्राेत ३, बालविकास १ र कर्मभारी १ समेत जम्मा ११जना शिक्षक कर्मचारी कार्यरत रहेकाे पाइन्छ ।
यस क्षेत्रमा विद्यालय स्थापना हुनुमा यहाँकाे भाैगाेलिक परिवेश, जनचेतना, जनसङ्ख्या बृद्धि, अन्य विद्यालय दुरी धेरै टाढा हुनु जस्ता कारण रहेका पाइन्छन् । यस क्षेत्रकाे पशुपति प्रा.वि.लाफादी सुरुङ्गा र बिरिङ खाेलाकाे चपेटामा परेका बेला खाेला वारी र पारीका जनताले अाअाफ्ना तिर विद्यालय लाने हाेडबाजी चल्याे । साेही समयमा तत्कालीन जिशिअ सुशील पाण्डेकाे सहयाेग र यस क्षेत्रका अगुवा व्यक्तित्व डिल्लिराम सेलवाल तथा अन्य केही शिक्षाप्रेमी महानुभावहरूकाे सक्रियतामा यस विद्यालयकाे स्थापना भएकाे देखिन्छ । [१] [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विद्यालयकाे संक्षिप्त इतिहास (२०७२), कनपा, झापा ः भगवती निम्न माध्यमिक विद्यालय
  2. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]