सामग्रीमा जानुहोस्

भद्र (कृष्णकी पत्नी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भद्र
अष्टभार्याको सदस्य
भद्र र कृष्णका अन्य अष्टभार्याहरू, मैसुर चित्रकला।
आबद्धदेवी, अष्टभार्या, लक्ष्मी
वासस्थानद्वारका
धर्मग्रन्थहरूभागवत पुराण, महाभारत
वंशावली
अभिभावकहरूधृष्टकेतु (पिता)
श्रुतकीर्ति (माता)
जीवनसाथीकृष्ण
सन्तानहरूसङ्ग्रामजित्, बृहत्सेन, शूर, प्रहरण, अरिजित्, जय, सुभद्र, वाम, आयु र सत्यक (पुत्रहरू)
वंशयदुवंश (विवाह पश्चात्)

भद्र [] हिन्दु पौराणिक कथाहरूमा उल्लिखित एक पौराणिक पात्र तथा भागवत पुराण अनुसार हिन्दु देवता कृष्णका आठ प्रमुख रानीहरू अर्थात् अष्टभार्यामध्येकी एक हुन्।[] भागवत पुराण ले उनलाई कृष्णकी आठौँ पत्नीको रूपमा मान्दछ भने कतिपय ठाउँमा उनलाई सातौँ पत्नीको रूपमा पनि वर्णन गरिएको छ। विष्णु पुराणहरिवंश ले अष्टभार्याको सूचीमा भद्रको नाम उल्लेख नगरेपनि उनलाई 'धृष्टकेतुकी छोरी' वा 'केकेयकी राजकुमारी' भनेर सम्बोधन गरिएको पाइन्छ।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

भागवत पुराण मा उनलाई केकेय राज्यकी राजकुमारी भएकोले 'कैकेयी' उपनाम दिइएको छ। उनी राजा धृष्टकेतु र उनकी पत्नी श्रुतकीर्तिकी छोरी हुन्। उनकी आमा श्रुतकीर्ति कुन्तीकी बहिनी र वसुदेव (कृष्णका पिता) की पनि बहिनी भएकोले भद्र कृष्णकी फुपूकी छोरी थिइन्। भद्रका जेठा दाजु सन्तर्दनको नेतृत्वमा रहेका उनका पाँच भाइहरूले भद्रको विवाह कृष्णसँग गराइदिएका थिए।[][] अर्को एउटा ग्रन्थमा, उनले एक स्वयम्भर समारोहमा कृष्णलाई आफ्नो पतिको रूपमा रोजेको वर्णन गरिएको छ। एक पटक कृष्ण र उनका रानीहरू कुन्ती, उनका छोराहरू पाण्डव र उनीहरूकी साझा पत्नी द्रौपदीलाई भेट्न हस्तिनापुर गएका थिए। कुन्तीको निर्देशन अनुसार द्रौपदीले भद्र र अन्य रानीहरूलाई उपहार दिएर सम्मान र पूजा गर्छिन्। भद्रले पनि द्रौपदीलाई आफ्नो विवाह कृष्णसँग कसरी भयो भन्ने कथा सुनाउँछिन्।[][]

भागवत पुराण का अनुसार भद्रका; सङ्ग्रामजित्, बृहत्सेन, शूर, प्रहरण, अरिजित्, जय, सुभद्र, वाम, आयु र सत्यक नाम गरेका दस पुत्रहरू हुन्छन्।[][] हिन्दु धर्मग्रन्थ महाभारत को मौसल पर्व, जसले कृष्णको मृत्यु र उनको वंशको अन्त्यको वर्णन गर्दछ, र भागवत पुराण दुवैले भद्र र अन्य सात प्रमुख रानीहरूको विलाप र त्यसपछि कृष्णको चितामा फाल हालेर आत्मदाह (हेर्नुहोस् सती) गरेको उल्लेख गरेका छन्। भागवत पुराण ले सबै रानीहरू सती गएको उल्लेख गरे पनि महाभारत मा भद्रसहित केवल चार रानीहरूले मात्र सती गएको उल्लेख पाइन्छ।[१०][११]

लोकप्रिय संस्कृतिमा

[सम्पादन गर्नुहोस्]

डाक्टर केभी कृष्णकुमारीले तेलुगु भाषामा भद्र कल्याणम् (अर्थ: भद्रको विवाह) नामक पुस्तक लेखेकी थिइन्। उनले यो पुस्तक सत्य साईको ८०औँ जन्मोत्सवको अवसरमा उनलाई नै समर्पण गरेकी थिइन्। यस पुस्तकमा उनले भद्रलाई महालक्ष्मी (विष्णुकी पत्नी) को रूपमा र कृष्णसँगको उनको विवाह (सातौँ पत्नीको रूपमा) लाई "सौन्दर्य, भक्ति र प्रेमको सङ्गम" को रूपमा वर्णन गरेकी थिइन्।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. www.wisdomlib.org (२००९-०४-११), "Bhadra, Bhadrā, Bhādra: 51 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१३
  2. Mani, Vettam (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: ६२, आइएसबिएन 978-0-8426-0822-0
  3. Horace Hayman Wilson (१८७०), The Vishńu Puráńa: a system of Hindu mythology and tradition, Trübner, पृ: 82–3, अन्तिम पहुँच २० फेब्रुअरी २०१३
  4. Prabhupada, "Bhagavata Purana 10.58.56", Bhaktivedanta Book Trust, मूलबाट १७ अक्टोबर २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण १७ अक्टोबर २०१० वेब्याक मेसिन
  5. Prabhupada, "Bhagavata Purana 9.24.38", Bhaktivedanta Book Trust, मूलबाट १८ सेप्टेम्बर २००९-मा सङ्ग्रहित। अभिलेखिकरण १८ सेप्टेम्बर २००९ वेब्याक मेसिन
  6. V. R. Ramachandra Dikshitar (१९९५), The Purana Index, Motilal Banarsidass, पृ: 534, आइएसबिएन 978-81-208-1273-4, अन्तिम पहुँच २१ फेब्रुअरी २०१३
  7. Prabhupada, "Bhagavata Purana 10.71.41-42", Bhaktivedanta Book Trust, मूलबाट २००६-०९-११-मा सङ्ग्रहित। अभिलेखिकरण २००६-०९-११ वेब्याक मेसिन
  8. "The Genealogical Table of the Family of Krishna", Krsnabook.com, अन्तिम पहुँच ५ फेब्रुअरी २०१३
  9. Prabhupada, "Bhagavata Purana 10.61.17", Bhaktivedanta Book Trust, मूलबाट २१ अक्टोबर २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण २१ अक्टोबर २०१० वेब्याक मेसिन
  10. Kisari Mohan Ganguli, "Mahabharata", Sacred-texts.com, अन्तिम पहुँच १८ मार्च २०१३
  11. Prabhupada, "Bhagavata Purana 11.31.20", Bhaktivedanta Book Trust, मूलबाट १३ जुन २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण १३ जुन २०१० वेब्याक मेसिन
  12. Bhadra Kalyanam by Dr. K. V. Krishna Kumari, Archive. org, अन्तिम पहुँच ९ फेब्रुअरी २०१३