भरतकुमारी रेग्मी शर्म

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद शर्मा माओवादी दैलेख सचिवालय समिति सदस्य हुनुहुन्छ। ०४५ देखि नेमकिपाबाट राजनीतिमा लाग्नुभएकी शर्मा ०५६मा माओवादीमा प्रवेश गर्नुभएको थियो। ८ वर्षसम्म शिक्षण पेशा गर्नुभएकी शर्मा ०५८ देखि जनयुद्धमा पूर्णकालीन भएर होमिनुभएको थियो। शर्मा अखिल नेपाल शिक्षक संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाँको ससुरा, नन्द, श्रीमान् गरी तीन जना जनयुद्धमा मारिनुभएको छ। एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएकी शर्माका आफ्नो छुट्टै एजेण्डा नभएको पार्टीको एजेण्डालाई नै लिएर संविधानमा लेखाउन पहल गर्ने बताउनुहुन्छ। जनताको नयाँ दिन ल्याउने जनयुद्ध चलेको र त्यसमा आफू पनि सहभागी भएकीले जनताले आफूलाई विजयी बनाएको शर्माको भनाइ छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]