सामग्रीमा जानुहोस्

भरतपुर गोल्डकप २०७६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरतपुर गोल्डकप २०७६
भरतपुर गोल्डकपको आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिवैशाख २४ गतेदेखि जेठ ४ गतेसम्म
टोलीहरू१२
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेतासङ्कटा क्लब (१th उपाधि)
उप-विजेताझापा ११
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू)अमित तामाङ (सङ्कटा)
उत्कृष्ट गोलरक्षकराजाबाबु थापा (सङ्कटा)

भरतपुर गोल्डकप चितवनको भरतपुरमा पहिलो पटक आयोजना भएको एक फुटबल प्रतियोगिताको हो। यो प्रतियोगिता एजे इन्टरनेशनलले नारायणगढ क्याम्पाचौरमा वैशाख २४ गते देखि जेठ ४ गते सम्म सञ्चालन गरेको थियो। यस प्रतियोगितामा ए डिभिजन लिगका सात र मोफसलका पाँच गरी १२ टोलीहरूको सहभागिता रहेको थियो। हाल यस प्रतियोगितालाई पुरानो मेडिकल कलेज भरतपुरले प्रायोजन गरेको छ भने सह प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसन भिसा सेन्टर तथा सहयोगी संस्थाको रूपमा एन्फा, राष्ट्रिय खेलकुल परिषद चितवन, एष्ट्रल युथ सोसाइटी, भरतपुर महानगरपालिका र गोल नेपाल रहेका छन्।

प्रतियोगिताको विजेता बन्दै सङ्कटा क्लबले रु ६ लाखसहित गोल्डकप र मेडल र द्वितीय भएको झापा ११ले रु तीन लाख नगद पुरस्कार हात पारेका थिए। प्रतियोगितामा चार विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ४० हजार र प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीहरूले (म्यान अफ द म्याच)लाई रु १० हजार प्रदान गरिएको थियो।[] प्रतियोगिताको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले एक समारोहबीच उद्घाटन गरेका थिए[] भने विजयी टोली र खेलाडीलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पुरस्कार र कप प्रदान गरेकी थिइन्।[]

ए-डिभिजन लिगको क्लब सङ्कटाले रमपम झापा–११ लाई ३–० ले पराजित गर्दै सीएमएस भरतपुर गोल्डकप २०७६ फुटबल प्रतियोगिताको विजेता बनेको थियो।[][]

सहभागी टोलीहरू

[सम्पादन गर्नुहोस्]
भरतपुर गोल्डकप २०७६ का सहभागी क्लबहरू

क्वाटरफाइनल छनोट चरण

[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]

च्यासल युथ क्लब २-१ नेपाल पुलिस क्लब

[]


नेपाल आर्मी क्लब (सडनडेथमा नेपाल आर्मी पराजित) चितवन ११


झापा ११ १-० च्यासल युथ क्लब

चितवन ११ ०-०
(२-४)
सङ्कटा क्लब


झापा ११ ०-३ सङ्कटा क्लब

[]

व्यक्तिगत पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
पुरस्कार विधा विजेताहरू[] क्लब
उत्कृष्ट गोलरक्षक नेपाल राजाबाबु थापा सङ्कटा क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी नेपाल सुन्दास चौधरी चितवन ११
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल संजोग राई झापा ११
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी नेपाल निशान लिम्बु झापा ११
सर्वोत्कृष्ट खेलाडी नेपाल अमित तामाङ सङ्कटा क्लब

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "बैशाख २४ देखि भरतपुर गोल्डकप हुँदै", नेपाली नेप्से, ११ बैशाख २०७६, बुधबार ०८:३७, अन्तिम पहुँच ६ जेठ २०७६[स्थायी मृत कडी]
  2. "भरतपुर गोल्डकप शुरु", इन हेडलाइन्स, ११ बैशाख २०७६, बुधबार, अन्तिम पहुँच ६ जेठ २०७६[स्थायी मृत कडी]
  3. 1 2 रमेशकुमार पौडेल (जेष्ठ ४, २०७६), "भरतपुर गोल्डकपको उपाधि सङ्कटालाई", कान्तिपुर डेल्ली, अन्तिम पहुँच जेष्ठ ५,२०७६ उद्दरण त्रुटी: Invalid parameter "डेल्ली" in <ref> tag. The supported parameters are: dir, follow, group, name.
  4. राजधानी संवाददाता (२ जेठ २०७५), "संकटा विजेता", राजधानी डेल्ली, अन्तिम पहुँच ५ जेठ २०७६ अभिलेखिकरण २०१९-०५-२१ वेब्याक मेसिन
  5. "भरतपुर गोल्डकप फुटबल प्रतियोगिता २०७६ उपाधि सङ्कटा क्लबलाई", रेडियो नेपाल, २०७६ जेठ ५ आइतबार, अन्तिम पहुँच जेठ ६, २०७६[स्थायी मृत कडी]
  6. "च्यासल भरतपुर गोल्डकपको क्वार्टरफाइनलमा", हाम्रो खेलकुद, शुक्रबार, वैशाख २७, २०७६, अन्तिम पहुँच ८ जेठ २०७६[स्थायी मृत कडी]
  7. "भरतपुर गोल्डकप : उपाधिका लागि आज सङ्कटा र झापा ११ भिड्दै", इ-पूर्व, चितवन, जेठ ४, अन्तिम पहुँच ८ जेठ २०७६ अभिलेखिकरण २०२१-०२-२५ वेब्याक मेसिन