भरतप्रसाद शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महोत्तरीका माओवादी सभासद् भरतप्रसाद साह 'किशन' माओवादी राज्य समिति सचिवालय सदस्य हुनुहुन्छ। ०४६ देखिर राजनीतिमा लाग्नुभएका ३५ वर्षीय साह एमालेबाट राजनीतिमा होमिनुभएको थियो। स्ववियूको सचिव र एमालेबाट गाविस अध्यक्ष भइसक्नुभएका साह ०५५मा माओवादीमा प्रवेश गर्नुभएको थियो। ०५६मा माआवादी महोत्तरी सदस्य हुनुभएका साह जनयुद्धका समयमामा महोत्तरी र सर्लाही कार्यक्षेत्र बनाउनुभयो।

अन्तरिम व्यवस्थापिका विधायकसमेत हुनुभएका साहका बाबा नेकपा मानन्धरमा सक्रिय हुनुहुन्थ्यो।

आइएस्सीसम्मको अध्ययन गर्नुभएका साहले जातीय, ७३ेात्रीय विभेदलाई अन्त गर्ने र आत्मनिर्णयको अधिकारसहितको सङ्घीय मुलुकलाई संस्थागत गर्ने नै उहाँको मुख्य एजेण्डा रहेको छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]