भाइब कोडिङ
भाइब कोडिङ भनेको कृत्रिम बौद्धिकता (एआई) को सहयोगमा गरिने सफ्टवेयर विकास अभ्यास हो, जसमा सफ्टवेयर विकासकर्ताले ठूलो भाषा मोडल (एलएलएम) लाई प्रम्प्टमार्फत कुनै प्रोजेक्ट वा कार्यको विवरण दिन्छ, र त्यसपछि एलएलएमले स्वचालित रूपमा स्रोत कोड तयार गर्छ। भाइब कोडिङमा एआईद्वारा उत्पन्न गरिएको कोडलाई राम्रोसँग जाँच नगरी स्वीकार गर्न सकिन्छ, र परिवर्तनहरू गर्न परिणाम तथा पछिल्ला निर्देशनहरूमा भर पर्छ।[१][२]
यो शब्द फेब्रुअरी २०२५ मा कम्प्युटर वैज्ञानिक अन्द्रेज कार्पाथीद्वारा प्रचलनमा ल्याइएको हो, जो ओपनएआईका सह-संस्थापक र टेस्लामा पूर्व एआई प्रमुख हुन्। यो शब्दलाई मार्च २०२५ मा मेरियम-वेबस्टरले "स्ल्याङ र ट्रेन्डिङ" अभिव्यक्तिको रूपमा सूचीबद्ध गरेको थियो।[३] यो शब्दलाई २०२५ का लागि कोलिन्स अङ्ग्रेजी शब्दकोश द्वारा वर्षको शब्दको रूपमा चयन गरिएको थियो।[४][५]
भाइब कोडिङका समर्थकहरूका अनुसार यसले साधारण (अप्रशिक्षित) प्रोग्रामरहरूलाई पनि सफ्टवेयर इन्जिनियरिङका लागि आवश्यक विस्तृत तालिम र दक्षता बिना नै सफ्टवेयर बनाउन सक्षम बनाउँछ।[६][७] आलोचकहरूका अनुसार यस प्रक्रियामा जिम्मेवारीको अभाव हुन्छ, कोडलाई दीर्घकालसम्म सजिलै मर्मत गर्न गाह्रो हुन्छ, र बनेको सफ्टवेयरमा सुरक्षा कमजोरीहरू देखा पर्ने जोखिम बढी हुन्छ।[१][७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Edwards, Benj (५ मार्च २०२५), "Will the future of software development run on vibes?", Ars Technica (en-USमा), मूलबाट ६ मार्च २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२५, "The technique, enabled by large language models (LLMs) from companies like OpenAI and Anthropic, has attracted attention for potentially lowering the barrier to entry for software creation. But questions remain about whether the approach can reliably produce code suitable for real-world applications, even as tools like Cursor Composer, GitHub Copilot, and Replit Agent make the process increasingly accessible to non-programmers."
- ↑ "What is 'vibe code'? Former Tesla AI director Andrej Karpathy defines a new era in AI-driven development", The Times of India, २ मार्च २०२५, मूलबाट ४ मार्च २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२५, "Karpathy's "vibe coding" is a recognition of how sophisticated AI systems have evolved. In describing on X (formerly Twitter), he added that LLMs, like the Cursor Composer with Sonnet, are advancing to a degree that nearly eliminates the use of traditional coding mechanisms. Describing his own experience, Karpathy explained how he converses with AI tools almost in a passive manner—merely talking to them and having the AI handle the rest. This method eliminates manually typing code as well as keeping track of all the minute information in the program."
- ↑ "vibe coding", Slang & Trending (अङ्ग्रेजीमा), Merriam-Webster, ८ मार्च २०२५, अन्तिम पहुँच २ जुन २०२५, "Vibe coding (also written as vibecoding) (Vibecode/Vibecoder) is a recently-coined term for the practice of writing code, making web pages, or creating apps, by just telling an AI program what you want, and letting it create the product for you. In vibe coding the coder does not need to understand how or why the code works, and often will have to accept that a certain number of bugs and glitches will be present. The verb form of the word is vibe code."
- ↑ Garnsworthy, Jenny (६ नोभेम्बर २०२५), "Collins dictionary crowns AI buzz term Word of the Year", The Independent, अन्तिम पहुँच ६ नोभेम्बर २०२५।
- ↑ "'Vibe coding' named word of the year by Collins Dictionary", BBC News, ६ नोभेम्बर २०२५, अन्तिम पहुँच ६ नोभेम्बर २०२५।
- ↑ Lanz, Jose Antonio (२३ मार्च २०२५), "Vibe Coding: How Devs and Laymen Alike Are Using AI to Create Apps and Games", Decrypt.co।
- 1 2 Chowdhury, Hasan; Mann, Jyoti (१३ फेब्रुअरी २०२५), "Silicon Valley's next act: bringing 'vibe coding' to the world", Business Insider, मूलबाट २६ फेब्रुअरी २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मार्च २०२५।