भाइ दाइ सानुलाल श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



भाइ दाइ (सानुलाल श्रेष्ठ) काठमाडौंका पुराना नेता हुनुहुन्छ। उहाँ २०११ सालमै कम्युनिष्ट पार्टीको जिल्ला सदस्यसम्म हुनुभएको थियो। त्यहिबेलादेखि राजनीतिबाट अलग रहनुभयो। भाइ दाइ अहिले भजनकिर्तन र समाजसेवामा दिन बिताउनुहुन्छ।
उहाँको जन्म १९८६ भदौ कृष्ण पक्ष एकादशीका दिन काठमाडौं जिल्लाको अट्कुनारायण थानमा भएको हो। सानुलालका पिताको नाम हरिलाल र माताको जगतमाया हो। उहाँका चार दाजुभाइ र पाँच दिदीबहिनी जन्मनुभयो। उहाँ साहिलो हो। कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई काठमाडौंमा यताबाट उता पुर्‍याउने, सुरक्षा दिने, बस्ने ठाउँ मिलाउने गर्नुहुन्थ्यो। पुष्पलाललाई उहाँले शहीद गंगालालको भाइ भनेर चिन्नुभयो र पछि आफ्नै नेता मान्नुभयो। पुष्पलालले विभिन्न पुस्तक दिनुभयो र अनुवाद गर्न लगाउनुभयो। उहाँलाई नेपाली भाषा आउँदैनथ्यो। राजनीतिमा लाग्ने र नेपाली भाषा सिक्ने मौका पनि पुष्पलालकै प्रेरणाबाट मिल्यो।
उहाँले राणाविरोधी आन्दोलनमा काम गरेका धेरै मानिसले अझै पनि आदर गर्छन्।