भानुभक्तीय रामायणका पाठभेदहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मतिप्रसाद ढकालले तयार गरेको “भानुभक्तीय रामायणका पाठभेदहरू” नामक अनुसन्धानात्मक पुस्तक कमलमणि दीक्षितले २०६३ माघमा प्रकाशनमा ल्याएका हुन् । दुई खण्डमा विभक्त यस पुस्तकको पहिलो खण्डमा द्रष्टागत पाँच लेखहरू समावेश गरिएका छन्‚ जसमा सूर्यविक्रम ज्ञवाली‚ कमल दीक्षित‚ शिवराज आचार्य‚ रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र मुक्तिनाथ आचार्यले ‌‌औ‌‌ल्याएका पाठभेदहरूको समीक्षा गरिएको छ । त्यस्तै दोस्रो खण्डमा हस्तलिखित रामायण‚ बालकाण्डको सर्वप्रथम संस्करण‚ डमरुवल्लभ संस्करण‚ विष्णुमाया संस्करण‚ साझाको संस्करण र भानुभक्तीय रामायणेतर रचनाका पाठभेदहरूको समीक्षात्मक अध्ययन प्रस्तुत गरिएको छ । यसमा सङ्कलित ११ लेखहरूमा भानुभक्तीय रामायणका ५८८ र रामायणेतर रचनाका २०६ ‌‍ओटा पाठभेदहरूको अध्ययन प्रस्तुत गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]