हिन्द महासागर
| हिन्द महासागर | |
|---|---|
हिन्द महासागरको क्षेत्र | |
| स्थान | दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, पश्चिम् एसिया, उत्तरपूर्वी अफ्रिका, पूर्वी अफ्रिका, दक्षिण अफ्रिका र अस्ट्रेलिया |
| निर्देशाङ्क | २०°द ८०°पू / 20°S 80°E |
| प्रकार | महासागर |
| अधिकतम चौडाइ | ६,२०० माइल (१०,००० किमी) |
| सतहको क्षेत्रफल | ७,०५,६०,००० किमी२ (२,७२,४०,००० वर्ग माइल) |
| औसत गहिराइ | ३,७४१ मी (१२,२७४ फिट) |
| अधिकतम गहिराइ | ७,९०६ मी (२५,९३८ फिट) |
| Lua error in package.lua at line 80: module 'Module:Infobox dim' not found. | |
हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो महासागर हो र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ। उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ। विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ।
संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचीन हिन्दू ग्रन्थहरूमा यसलाई हिन्दू महासागर भनिएको छ। वैश्विक रूपले परस्पर जोडिएका समुद्रहरूका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ। हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ।
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरूमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ। सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ। मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ। कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलङ्का र इण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन।