सामग्रीमा जानुहोस्

भारतीय राष्ट्रिय विकासशील समावेशी गठबन्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय राष्ट्रिय विकासशील समावेशी गठबन्धन
छोटो रूपइन्डिया
लोकसभाको नेताराहुल गान्धी लोकसभाका विपक्षी दलको नेता
राज्यसभाको  नेतामल्लिकार्जुन खड्गे राज्यसभा विपक्षी दलको नेता
संस्थापक
स्थापना१७ जुलाई २०२३; २ वर्ष पहिले (२०२३-०७-17)
पूर्वकालीनसंयुक्त प्रगतिशील गठबन्धन
संयुक्त विपक्ष
राजनीतिक स्थानकेन्द्रपन्थी[]
रङहरू    (आधिकारिक)
  (वैकल्पिक)
भानिआ स्थितिआवश्यक छैन
गठबन्धन३७ राजनीतिक दलहरू
* क्षेत्रीय गठबन्धनहरू
संयुक्त गणतान्त्रिक मोर्चा वा वाम लोकतान्त्रिक मोर्चा (केरल)
निरपेक्ष प्रगतिशील गठबन्धन (तमिलनाडुपुदुच्चेरी)
मणिपुर प्रगतिशील निरपेक्ष गठबन्धन (मणिपुर)
महाविकास आघाडी (महाराष्ट्र)
संयुक्त मोर्चा (पश्चिम बङ्गाल)
महागठबन्धन (झारखण्ड) (झारखण्ड)
महागठबन्धन (बिहार) (बिहार)
लोक सभामा सिट
२३५ / ५४३
[][][][][] [][]
राज्‍य सभामा सिट
८० / २४५
विधान सभामा सिट
१,६६० / ४,०३६
विधान परिषद्मा सिट
१०२ / ४२३
सरकारमा रहेका राज्य तथा केन्द्रशासित प्रदेशहरूको सङ्ख्या
९ / ३१

भारतीय राष्ट्रिय विकासशील समावेशी गठबन्धन भारतको केही राजनीतिक दलहरूको ठूलो बहुपक्षीय राजनीतिक गठबन्धन हो, जसको नेतृत्व देशको सबैभन्दा ठूलो विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले गरिरहेको छ। यो गठबन्धन सन् २०२४ को भारतीय आम निर्वाचनमा भारतीय जनता पार्टीद्वारा नेतृत्व गरिएको सत्ताधारी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकारको विचारधारा र शासनको विपक्षमा रहेको छ। सन् २०२४ को आम निर्वाचनमा कुल ५४३ मध्ये २३५ सिटहरूमा जीत हासिल गर्न सफल भएको थियो जसमध्ये यसले उत्तर प्रदेश, महाराष्ट्र, र पश्चिम बङ्गाल जस्ता राज्यहरूमा बहुमत सिटहरू प्राप्त गरेको थियो।

एक विपक्षी मोर्चाको रूपमा स्थापित भारतीय राष्ट्रिय विकासशील समावेशी गठबन्धनलाई यसको अर्को नाम इन्डियाले पनि चिनिन्छ। जसलाई २८ पार्टीका नेताहरूले सन् २०२४ को लोकसभा निर्वाचनमा सहभागिता जनाउन घोषणा गरेका थिए। यस गठबन्धनको नाम बेङ्गलुरुमा भएको बैठकमा प्रस्ताव गरिएको र सहभागी २८ पार्टीहरूले सर्वसम्मत रूपले यसलाई पारित गरेका थिए। केही स्रोतहरूले यो नामको राख्नु पछाडिको श्रेय भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीलाई दिइएको बताउँदा अन्यले भने यस नामको श्रेय पश्चिम बङ्गालको मुख्यमन्त्री र तृणमूल काङ्ग्रेसकी नेत्री ममता बनर्जी दिन्छन्।

भारतीय संसदमा विपक्षी सांसदहरूलाई निलम्बन गरिएको विषयमा विरोध जनाउनका लागि राष्ट्रिय स्तरमा प्रदर्शनहरू सुरु हुँदै गर्दा यस गठबन्धनले सन् २०२३ डिसेम्बर २२ का दिन मा आफ्नो पहिलो संयुक्त कार्यक्रमको आयोजना गरेको थियो। काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे, पार्टी नेता राहुल गान्धी, भारतीय कम्युनिस्ट पार्टीका अध्यक्ष शरद पवार, कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम येचुरी सहित अन्य नेताहरूले नयाँ दिल्लीको जन्तर मन्तरमा 'लोकतन्त्र बचाऊ' र 'संविधान बचाऊ' भन्ने नारासहित सांसदहरूको निलम्बनको विरोधमा प्रदर्शन गरेका थिए।[][] सन् २०२४ मार्च ३ का दिन गठबन्धनले पहिलो संयुक्त र्‍याली ३ बिहारको पटनामा आयोजना गरेको थियो। उक्त र्‍यालीमा खड्गे, राहुल गान्धी, राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव, बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, वरिष्ठ वामपन्थी नेता सीताराम येचुरी र दोरिसामी राजा उपस्थित थिए। उक्त सभामा खड्गेले बिहारका मुख्यमन्त्री नीतिश कुमारमाथि बारम्बार गठबन्धन परिवर्तन गरेको भन्दै र भारतको गरीब र बहुसङ्ख्यक जनताहरूलाई बेवास्ता गर्दै रोजगारी सिर्जना गर्ने आफ्नो वचन पूरा नगरेकोमा भारतीय जनता पार्टीको समेत आलोचना गरेका थिए।.[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Congress gets a toehold in Bihar after 20 years", Daijiworld, २०२४-०६-०६, अन्तिम पहुँच २०२४-०६-०६ 
  2. "Independent MP Vishal Patil meets Rahul Gandhi, extends support to Congress", The Indian Express, २०२४-०६-०६, अन्तिम पहुँच २०२४-०६-०६ 
  3. https://theprint.in/politics/often-in-crosshairs-of-factional-politics-how-sangli-took-congress-ls-tally-to-triple-digits/2122591/
  4. https://www.amarujala.com/bihar/bihar-news-after-bihar-lok-sabha-election-results-2024-congress-party-welcomes-purnea-mp-pappu-yadav-2024-06-05
  5. https://www.deccanherald.com/elections/india/lok-sabha-elections-2024-with-support-of-3-independent-mps-india-now-has-237-seats-3062152
  6. https://www.indiatvnews.com/uttar-pradesh/rahul-gandhi-rae-bareli-visit-thank-people-of-constituency-for-his-lok-sabha-election-victory-2024-latest-updates-2024-07-09-940897
  7. "AAP exits INDIA bloc, alleges secret BJP-Congress deal", Mathrubhumi News, २०२५-०६-०४, अन्तिम पहुँच २०२४-०६-०६ 
  8. "India Political Updates: Kharge, Rahul, Sharad Pawar & Yechury join I.N.D.I.A bloc stir", Deccan Herald, मूलबाट २२ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१२-२२ 
  9. "Save Democracy: INDIA bloc leaders stage protest against bulk suspension of MPs from Parliament", The Economic Times, २०२३-१२-२२, आइएसएसएन 0013-0389, मूलबाट २२ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१२-२२ 
  10. "INDIA bloc slams BJP's 'lies' at its rally in Bihar", Hindustan Times, २०२४-०३-०३, अन्तिम पहुँच २०२४-०३-०५ 
  1. यस गठबन्धनका सदस्य दलहरूमा दक्षिणपन्थी राजनीतिदेखि चरम वामपन्थी राजनीतिसम्म समावेश छन्

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]